गोरखाको ऐतिहासिक लिगलिगे राजा छान्ने दौड २८ गते

१६ असोज ७५, बुधबार

गोरखा,असोज १७
गोरखाको ऐतिहासिक लिगलिगे राजा छान्ने दौड प्रतियोगिता यही असोज २८ गते हुने भएको छ । लिगलिग कोट विकास अभियानले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै हरेक वर्ष हुँदै आएको प्रतियोगिता यही असोज २८ गते गर्ने जानकारी दिइयो ।

गोरखाको चेपेघाटबाट शुरु हुने दौड लिगलिगकोट दरबारमा आएर टुङ्गिनेछ । दौड १३।८ किमीको हुनेछ । प्रतियोगिताको विजेतालाई रु ६० हजार १०० सहित लिगलिगेको राजा घोषित गरिने पत्रकार सम्मेलनमा अभियानका महासचिव सन्तोष देवकोटाले जानकारी दिए ।

यस्तै विजेतालाई श्रीपेच, पगरी, ट्रफी प्रदान गर्नाका साथै एक रात राजाका रुपमा राखिने आयोजकले जनाएको छ । राजालाई मोटरमा राखेर नगर परिक्रमा गरिने उनले जानकारी दिए ।

Advertisement

प्रतियोगितामा दोस्रो हुनेले रु ३५ हजार १००, तेस्रो हुनेले रु २५ हजार १००, चौथो हुनेले रु १२ हजार १०० र पाँचौँ हुनेले रु सात हजार १०० पुरस्कार पाउनेछन् । लिगलिगे दौडअन्तर्गत नै पाँच किलोमिटरको समावेशी महिलातर्फको विजेताले रु २० हजार पाँच, दोस्रोले रु १२ हजार पाँच र तेस्रो हुनेले रु सात हजार पाँच पुरस्कार पाउनेछन् ।

विसं १९१६ मा द्रव्य शाह राजा बनेपछि हुन छाडेको लिगलिगे दौड पछिल्लो आठ वर्षयता हुँदै आएको छ । प्रतियोगिताका लागि आउने खेलाडीका लागि खाने–बस्ने व्यवस्था आयोजकले नै गर्नेछन् । यस्तै खेलाडीका लागि रु सात लाखको बीमासमेत गरिएको आयोजकले जनाएको छ ।

Advertisement

नेपाल एकीकरण अघिको बाइसे–चौबिसे साना राज्यमध्ये लिगलिग कोट राज्यमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो । पहिले दौड जुन अभिप्रायबाट शुरु भएको भए पनि अहिले आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट ल्याउन प्रतियोगिता आयोजना गरिएको अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए ।

विसं १६०४ मा शुरु भएको दौडलाई पछिल्लो समय २०६७ बाट पुनः निरन्तरता दिन थालिएको हो । राजा द्रव्य शाहको उदयपछि तत्कालीन समयमा दौडको अन्त्य भएको इतिहास छ । पहिलो लिगलिगे दौडमा दलसुर घले मगर विजयी भई राजा भएको जनविश्वास छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top