×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

चोर शब्दमा संसदमा बबाल, रेकर्डबाट हटाउन माग, भयो चर्काचर्की

१५ असार २०८२

१५ असार , काठमाण्डौ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानविन आयोगको माग गर्दै लगातार संसदमा हुँदै आएको अवरोध आजपनि जारी रह्यो, प्रतिपक्षी दल रास्वपा र राप्रपाले बहिष्कार गरेका छन् ।

Advertisement
Advertisement

तर उनीहरुले आजको प्रतिनिभिसभाको बैठक छाड्नु अघि भने संसदमा चोर शब्दका कारण बबण्डर मच्चिएको छ । यही विषयलाई लिएर सभामुखले समेत सांसदहरुलाई आफ्नो जिम्मेवारी र भूमिकाको स्मरण गराउँदै उत्तरदायित्व स्मरण गराएका छन् ।

बैठकमा हंगामा हुने विषय भने सुमिरे टुुर एन्ड ड्राभल्स बनेको छ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं सांसद डीपी अर्यालले सुमिरे टुुर एन्ड ड्राभल्ससम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।

आइतबार (असार १५) बसेको संसद् बैठकमा उनले सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाको उक्त अभिव्यक्ति हटाउन माग गरेका हुन् ।

शनिबार बैठकमा खतिवडाले सुमिरेले भिजिट भिसाका नाममा बदमासी गरिरहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका थिए । “सुमिरे टुुर एन्ड ड्राभल्स मेरो हो । मेरो समय ठिक चलेको छ । अरूको घडी बिग्रिएको छ भने के भनौँ,” अर्यालले भने, “कसैको निराधार आरोप संसद्को रेकर्डबाट हटिनुपर्छ ।”

रामहरि खतिवडाले सुमिरे टूर एन्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा नेपालीहरूलाई पठाउँदै आएको भनेर विषय उठाएका थिए । ‘सुमिरे टुर एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो ?,’ खतिवडाले भनेका थिए, ‘विगत दश वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौं मान्छे पठाएर अर्बौं पैसा त्यहाँबाट लिएर संसद्मा प्रतिनिधित्व गर्ने र संसद्मा सांसद किनेर पार्टीमा प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ ।’

आइतबार खतिवडालाई जवाफ दिँदै डोलप्रसादले भने, ‘हो म गर्वका साथ भन्छु– सुमिरे टुर एन्ड ट्राभल्स मेरो कम्पनी हो ।’ आफू नेपालमै केही गरेर खाने मान्छे रहेको चोरेर खाने मान्छे नरहेको उनले बताए ।

‘मेरो समय ठिकै चलेको छ सभामुख महोदय, अरुको घडीको समय बिग्रेको छ भने म के भनौं ?,’ अर्यालले छेडखान गरे । आफ्नो कम्पनिबाट भिजिट भिसामा गएकाहरू नेपाल नफर्किएको उदाहरण नरहेको पनि उनले बताए ।

आफ्नो कम्पनीले काम गर्दै आएको र गलत नगरेको उनको भनाइ छ । ‘हामीले कस्तो समाज निर्माण गरेछौं र गर्दैर्छौं ? यहाँ काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिड्नुपर्ने !,’ अर्यालले असन्तुष्टि जनाए ।

आफूहरूले भिजिट भिसाको नाममा भरहेको मानव तस्करीको विषय संसदमा ३२ दिन देखि उठाइरहेको स्मरण गर्दै उनले विषयान्तर गर्नको निम्ति अनावश्यक लान्छना लगाउने काम भएको भनेर सभामुखको ध्यानाकर्षण गरे ।

विषयान्तर गराउने प्रयास अन्तर्गत निराधार आरोप लगाउने कार्य स्वीकार्य हुन नसक्ने अर्यालको चेतावनी छ । राजनीतिलाई पेशा बनाएर वर्षौंदेखि राज्यको दोहन गर्नेहरूले पेशा व्यवसाय गरेर खानेमाथि अनावश्यक आरोप लगाएको भनेर उनले सभामुखले त्यस्ता अभिव्यक्तिउपर ख्याल गर्नुपर्ने माग राखे ।

‘मेरो कम्पनीबाट मात्र एक जना मान्छे भिजिट भिसामा जापान होइन, संसारको कुनै देश गएको छ र हामीले पैसा लिएका छौं र फर्किएका छैनन् भने प्रमाण पेश गर्न म चुनौती दिन्छु,’ अर्यालले भने, ‘होइन भने निराधार आरोप संसद्को रेकर्डबाट हट्नुपर्छ । म यसमा सभामुखज्यूबाट रुलिङको माग गर्दछु ।’

भिजिट भिसा प्रकरणमा आफूहरूको आन्दोलन जारी रहने पनि उनले बताए । बैठकमा खतिवडाले पनि अर्यालले यसअघि बोलेको ‘चोरको खुट्टा काट् भन्दा फुत्त खुट्टा उचालियो’ उचालियो भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे ।

“कुनै माननीय सदस्यको नाम लिएको थिएन । चोरको खुट्टा काट् भन्दा फुत्त खुट्टा उचालियो, यस्ता शब्द रेकर्डबाट हटाइयोस्,” खतिवडाले भने । पहिले अर्यालले बोल्ने समय पाएका थिए ।

उनले बोल्दा नियमापत्ति जनाउँदै खतिवडाले बोलेका हुन् । लगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले भने अर्याल र खतिवडा दुवैका उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे ।

चोर चन्ने अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाएका हुन् । त्यसलगत्तै सभामुखले दुवैलाई सम्बोधन गरे । उनले खतिवडालाई जिम्मेवारीसाथ बोल्न सुझाव दिए ।

उनले भनेः माननीयज्यूहरुले आफूले बोलेको विषयमा जिम्मेवारीसाथ बोल्नुपर्छ र त्यसप्रति जवाफदेही हुनुपर्छ ।  गैरसंसदीय भाषा, एक अर्कालाई आरोप लान्छाना लगाउने र नाम किटेर भन्ने कुरालाई सामान्यतया रेकर्डबाट हटाउने नियमावली र परम्परा छन् ।

यसको मतलब प्रत्येक कुरा सभामुखलाई देखाएर आफूले बोलेका कुराको छिनोफानो गराउनु उचित हुन्छ कि हुँदैन ? प्रत्येक सदस्यले आफूले बोलेको कुरा जिम्मेवारीसाथ प्रमाणित हुने गरी बोल्नुहुने विश्वास लिन्छु ।

जनप्रतिनिधिले त्यही विश्वासका साथ राख्न अनुरोध छ । लगत्तै राप्रपाका ज्ञानेन्द्र शाहीले भिजिट भिसाका विषयमा आफ्ना अडान दोहोर्याएका थिए ।

उनले बोलेसँगै राप्रपाका सांसदहरु पनि बाहिरिएका थिए । लगत्तै नेपाली काग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदमा समय लिएर बोल्ने आरोप लगाउने र संसद बैठक छाड्ने गरेको भन्दै उनीहरुलाई आगामी बैठकमा बोल्न समेत नदिन माग गरे ।

उनले भने, अहिले संसदमा दैनिक संसदीय कारवाही सुरू भएपछि नियमितरूपमा उठ्ने, गालीगलौज गर्ने, व्यक्तिगत लाञ्छना लगाउने, यो प्रक्रिया चलिरहेको छ । चोर भन्ने, फटाहा भन्ने, मानव बेचुवा भन्ने यो प्रक्रियाको सुरूवात भएको छ । यसलाई अन्त्य गर्नैपर्छ । यो हुन्जेलसम्म संसदको मर्यादा कायम रहन सक्दैन ।

भिजिट भिसाका विषयमा संसदको ध्यानाकर्षण भइसकेको र समिति बनिसकेको अवस्था हो । यो अवस्थामा दैनिक समय प्रदान हुन्छ, त्यसको दुरुपयोग गरेर जुन ढंगले अभिव्यक्ति दिने प्रक्रियाको आरम्भ भएको छ, त्यसपछि म सभामुखज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

यो प्रथालाई अन्त्य गर्नुपर्छ । होइन भने यो संसद गालीगलौजमै सकिन्छ । हामीले पनि त्यही ढंगले प्रतिवाद गर्नुपर्ने हुन्छ । यो प्रक्रियालाई बन्द गर्ने हो भने यस्तो अभिव्यक्ति गर्ने सांसदहरूलाई बोल्नबाट वञ्चित गर्नुपर्छ ।

भिजिट भिसा प्रकरणलाई लिएर नियमितरूपमा संसद्मा विरोध जनाउँदै आएका रास्वपा र राप्रपाका सांसद आज पनि बैठक कक्षबाट बाहिरिएका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद् अवरोध गर्दै आइरहेको छ ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top