US VISA पाउन फेसबुक पोष्ट निर्णायक, सुरु भो क्याच एण्ड रिभोक

१६ असार, काठमाडौं ।

Advertisement

अमेरिकाको भिसा पाउनका लागि अब पहिलो निर्णायक सामाजिक संजाल फेसबुक हुने भएको छ । अमेरिकाले एआई मार्फत फेसबुक पोष्ट चेक गरेर बिदेशीको भिसा अस्वीकृत वा खारेज गर्ने क्याच एण्ड रिभोक कार्यक्रम सुरू गरेको छ।

एआईबाट हमास, इरानको समर्थन र यहुदी , इजरायल बिरूद्ध गरिएका पोष्टहरू÷ कमेन्टहरू यही सफ्टवेयरद्वारा जॉच हुने छन् र प्रमाणित भए भिसा रद्द गरिने र नयॉ भिसा पनि नदिने निर्णय गर्न सक्नेछ।

Advertisement

वरिष्ठ विदेश मन्त्रालयका अधिकारीहरूले समाचार संस्था एक्सियोसलाई बताएअनुसार, विदेश मन्त्री मार्को रुबियोले हमास वा अन्य तोकिएका आतंकवादी समूहलाई समर्थन गर्ने विदेशी नागरिकहरूको भिसा रद्द गर्न ’समात र खारेज गर’ क्याच एण्ड रिभोक नामक एआई संचालित प्रयास सुरु गरेका छन्।

यो प्रयासबाट हजारौं विद्यार्थी भिसा धारकहरूको सामाजिक सञ्जाल खाताहरूको एआई–सहायताले समीक्षा गरिन्छ । अधिकारीहरूका अनुसार, सामाजिक सञ्जाल खाताहरूको समीक्षामा विशेष गरी हमासले अक्टोबर ७, २०२३ मा इजरायलमा गरेको आक्रमणपछि व्यक्त गरिएका कथित आतंकवादी सहानुभूतिहरूको प्रमाण खोजिनेछ ।

Advertisement

अधिकारीहरूले आन्तरिक डाटाबेसहरू जाँच गर्ने योजना बनाएका छन्, जसमा बाइडेन प्रशासनको समयमा कुनै भिसा धारकलाई पक्राउ गरिए पनि देशमा बस्न अनुमति दिइएको थियो कि थिएन भनेर हेरिनेछ।

उनीहरूले इजरायल विरोधी प्रदर्शनका समाचारहरू र यहुदी विद्यार्थीहरूले दायर गरेका मुद्दाहरूको पनि जाँच गरिरहेको बताएका छन्, जसमा कथित रूपमा यहुदी विरोधी गतिविधिमा संलग्न विदेशी नागरिकहरूलाई कुनै कारबाही नगरिएको उल्लेख छ।

विदेश मन्त्रालयले न्याय र गृह सुरक्षा मन्त्रालयसँग मिलेर काम गरिरहेको छ, जसलाई एक वरिष्ठ विदेश अधिकारीले “सरकारको सम्पूर्ण शक्ति र अधिकारको प्रयोग“ भनेका छन्।

कुनै विदेशीका लागि भिसा जारी गर्ने कन्सुलर अधिकारीले पक्राउ वा निलम्बनको सूचना पाएपछि भिसा खारेज गर्ने निर्णय गर्छन्। सन् १९५२ को आप्रवासन तथा राष्ट्रियता ऐनले विदेश मन्त्रीलाई खतरा मानिने विदेशीहरूको भिसा खारेज गर्ने अधिकार दिएको छ ।

यो कुरा रुबियोले अक्टोबर ७ को आठ दिनपछि सिनेटर हुँदा उठाएका थिए। ट्रम्पले पनि जनवरी ३० मा हमास–समर्थक गतिविधिमाथि लक्षित एक कार्यकारी आदेशसँग सम्बन्धित व्हाइट हाउसको तथ्य–पत्रमा यस्तै भावना व्यक्त गरेका थिए।

उनले उल्लेख गरेका थिए, जिहादी–समर्थक प्रदर्शनमा सामेल भएका सबै आवासीय विदेशीहरूलाई हामी सचेत गराउँछौं। हामी तिमीहरूलाई फेला पार्नेछौं र हामी तिमीहरूलाई देश निकाला गर्नेछौं।“

यता अमेरिकी दूतावास काठमाडौंले जुलाई ३ मा विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट खोल्ने भएको छ । ट्रम्प प्रशासनले विद्यार्थी भिसाका नयाँ अन्तरवार्ता अप्वाइन्टमेन्ट सुचारु गर्ने निर्णय गरेसँगै अमेरिकी दूतावास काठमाडौंले पनि भिसा अप्वाइन्टमेन्टका स्लटहरु खुलाउने भएको हो ।

अमेरिकी दूतावास काठमाडौंले यस अगाडि पनि मासिक रुपमा विद्यार्थी भिसाका अप्वाइन्टमेन्ट स्लटहरु खोल्दै आएकोमा ट्रम्प प्रशासनले विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट नलिने निर्णय गरेसँगै त्यस्ता अप्वाइन्टमेन्ट स्लटहरु खोल्न रोकेको थियो ।

तर अब विदेश मन्त्रालयले सामाजिक सञ्जाल चेकजाँच कडा बनाउनेगरी भिसा सुचारु गर्न दूतावास र कन्सुलेटहरुलाई निर्देशन दिइसकेको छ ।

अमेरिकी दूतावास काठमाडौंले अप्वाइन्टमेन्ट स्लटहरु खोलेको सूचनासँगै विद्यार्थी भिसा एफ, एम वा जे गैर आप्रवासी श्रेणीका भिसाका लागि आवेदन दिने सबै व्यक्तिहरूलाई आफ्ना सबै व्यक्तिगत सामाजिक सञ्जाल खाताहरूको गोपनीयता सेटिङलाई ‘सार्वजनिकमा परिवर्तन अनुरोध दोहोराएको छ ।

यसले पहिचान र अमेरिका प्रवेश योग्यता पुष्टि गर्न आवश्यक जाँच प्रक्रियालाई सहज बनाउने दूतावासको भनाई छ ।यस अगाडि पनि दूतावासले सामाजिक सञ्जालहरु पब्लिक बनाउन अनुरोध गर्दै प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित निर्णय भएको प्रष्ट पारेको थियो ।

यो निर्णयसँगै फेसबुक एकाउन्ट लक गरेका, ट्वीटर, टिकटक वा इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरु फ्लोअर्सहरुलेमात्र देख्न पाउनेगरी प्राइभेट गराएकाहरुले ती सामाजिक सञ्जालहरु पब्लिक मोडमा नराखी अमेरिकाको भिसा आवेदन दिएको खण्डमा उनीहरुको भिसा अस्वीकृत हुनसक्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top