मेशिनले महिलाको ज्यान लियो

विराटनगर, असोज १७
मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित ईस्ट एसिया प्लाष्टिक ईन्डस्ट्रिजको टुलिटर प्लान्ट ब्लो मेशिनमा टाउको ठोक्किदा एक महिलाको ज्यान गएको छ । दिउँसो २ बजेको समयमा सोही ईन्डस्ट्रिजमा काम गर्ने खोटाङ बाक्सिला घर भई हाल बुढीगंगा गाउँपालिका–३ बस्दै आएकी ३४ बर्षीय सरिता तामाङको बोतल टिप्न भुईमा निहुरिएको बेला स्वचालित मेशिनले टाउकोमा ठोक्किदा मृत्य भएको हो । मेशिनले ठोक्किएर गम्भीर घाईते भएकी तामाङको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा १ घण्टापछी मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top