सेवा प्रवाहलाई प्रभावकारी बनाउन मेरोमाइक्रोफाइनान्सद्वारा नयाँ कर्मचारीलाई पूर्व–सेवाकालीन तालिम

१७ असार ८२, बुधबार
१८  असार , काठमाडौं ।
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेवा प्रवाहलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले ३६ जना नवनियुक्त कर्मचारीहरूका लागि तीनदिने पूर्व–सेवाकालीन तालिम सम्पन्न गरेको छ।
लिखित परीक्षा तथा अन्तर्वार्ताबाट छनोट भएका कनिष्ठ सहायकहरूलाई संस्थाको मूल्य, मान्यता र कार्यप्रणालीबारे दीक्षित गर्न काठमाडौंमा उक्त तालिम आयोजना गरिएको हो।
तालिमको समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले लघुवित्त क्षेत्रको मर्म भनेकै सेवाभाव भएको  बताए ।
उनले  नवनियुक्त कर्मचारीहरूलाई सकारात्मक सोच, उच्च अनुशासन र जिम्मेवारीबोधका साथ काम गर्न निर्देशन दिए। “तपाईंहरू बजारमा संस्थाको प्रतिनिधिको रूपमा मात्र नभई, जनताको असल सेवकका रूपमा आत्मविश्वासका साथ प्रस्तुत हुनुहोस्,“ दाहालले  भनेका छन् ।
कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल, वरिष्ठ प्रबन्धक राजु प्रसाद पुडासैनी, जनशक्ति तथा प्रशासन विभाग प्रमुख सेर बहादुर गुरुङ लगायत केन्द्रीय कार्यालयका अन्य पदाधिकारीहरूको उपस्थिति थियो, जसले नयाँ कर्मचारीहरूलाई हौसला प्रदान गरेको थियो।
तालिम विभागका प्रमुख उमेश मान डङ्गोलले सहजीकरण गरेको यो कार्यक्रम संस्थाको जनशक्ति विकास योजनाको एक महत्वपूर्ण हिस्सामा रुपमा लिइएको  मेरोमाइक्रोफाइनान्सले जनाएकोछ  ।
हाल देशभर १४९ शाखा कार्यालय र १९ अनुगमन कार्यालयमार्फत लाखौं सदस्यलाई लघुवित्त सेवा पु¥याइरहेको मेरोमाइक्रोफाइनान्सले दक्ष र अभिप्रेरित कर्मचारीमार्फत वित्तीय पहुँच विस्तार गर्ने र सेवाको गुणस्तर बढाउने लक्ष्य लिएको छ।
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top