×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

कम्बोडियाली नेतालाई काका भन्दा थाइल्याण्डको सरकार ढल्यो

१८ असार २०८२
१८  असार , काठमाडौं ।
केही साताहरुदेखि निरन्तर सडक प्रदर्शन र विरोधको सामना गरिरहेकी थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा अन्ततः मंगलबार निलम्बनमा परिन् । उनलाई संवैधानिक अदालतले मंगलबार निलम्बन गरेको छ ।
अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणबारे छानबिन सुरु गर्दै निलम्बन गरेको हो । सिनावात्राको कुर्सी खोसिनुमा उनले कम्बोडियाली पूर्वनेता हुन सेनसंग काका भनेर सम्बोधन गर्नु प्रमुख कारण हो ।
उनले फोनमा कम्बोडियाली नेतासंग कुरा गरेकी थिइन्, जुन लिक भएपछि उनको कुर्सीमाथि आपत आइलागेको हो । उनीविरुद्ध राष्ट्रहित विपरितको काम गरेको भन्दै मानिसहरु सडकमा आए ।
मामिला कोर्टमा पुग्यो र अन्ततः उनी सस्पेन्ड भइन् । लिक भएको फोन कलअनुसार शिनावात्रामाथि आरोप छ कि उनले आफ्ना काकासंग कुरा गर्दै आफ्नै सेनाविरुद्ध बोलेकी छन् ।
बोर्डरमा तैनाथ थाई सैन्य कमांडरको नियतमाथि उनले प्रश्न गरेकी हुन् । प्रधानमंत्रीको आफ्नै सेनासंग  मतभेद रहेको यसले खुलाएको  छ । फोन कलमा सिनावात्रा भन्छिन्, ‘अंकल म निकै दबावमा छुँ । कृपया उनीहरुको कुरा नसुन्नु ।
उनले उनीहरु भनेकोमा थाई जनरल पनि सामेल छन्, जो बोर्डरमा तैनाथ थिए । उनले अगाडि भनिन्, उ अर्थात ती जनरल खाली देखावटी गरिरहेका छन् र यस्तो कुरा गरिरहेका छन् कि जुन देशको हितमा छ्रन । तर सत्य त यो हो कि हामी शांति चाहान्छौं’ ।
यही फोन कल लिक भएपछि सिनावात्राविरुद्ध  जनआक्रोश बढेको हो । मानिसहरुले भनेका छन्, शिनावात्रालाई आफ्नो सेनामाथि विश्वास छैन, उनले प्रधानमन्त्रीको कुर्सीबाट हट्नु पर्छ ।
यो काण्डपछि सिनावात्राको पार्टीलाई दिएको समर्थन कयौं दलहरुले फिर्ता लिए । सरकार अल्पमतमा पर्यो । ३६ सांसदहरुले अदालतमा रिट दायर गरे र सुनवाइपछि अन्ततः संवैधानिक अदालतले पेतोंगटार्न सिनावात्रालाई निलम्बन गरेको हो ।
यसमा सबैभन्दा मुख्य प्रश्न के हो भने आखिर यो फोन कल कहाँबाट लिक भयो ? यसमा हुन सेनले दाबी गरेका छन् कि उनले यो रेकर्डिंग ८० राजनेताहरुसंग साझा गरेका थिए, त्यहीबाट लिक भएको हो ।
यसपछि सिनावात्राले भनिन, अब म हुन सेनसंग निजी कुरा गर्नेछैन । किनभने उनीबाट भरोसा उठ्यो । साथै सिनावात्राले उक्त फोनवार्ताको उद्देश्य ‘देशकै भलाईका लागि भएको’ दाबी गर्दै जनतासमक्ष माफी मागेकी छन् ।
‘मेरो आफ्नै स्वार्थका लागि फोन गर्ने कुनै मनसाय नै होइन,’ उनले भनेकी छन्, ‘अराजकताबाट कसरी बच्ने, लडाइँबाट कसरी बच्ने र बढीभन्दा बढी जनताको ज्यान कसरी जोगाउने भन्नेबारेमा मात्र सोचेकी थिएँ, यदि त्यो फोनवार्तालाई ध्यानपूर्वक सुन्ने हो भने त्यसमा मेरो कुनै खराब मनसाय थिएन भन्ने बुझ्न सकिन्छ ।’
३८ वर्षीया पेटोङटार्नलाई उनका बुवा एवं पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले शाही मानहानिको आरोपमा फौजदारी अदालतको सामना गर्नुपरेको दिन नै झट्का लागेको हो ।
पेटोङटार्नले एक वर्षभन्दा कम समयअघि सत्ता सम्हालेकी थिइन्, तर संवैधानिक अदालतले सीमा विवादका क्रममा उनले मन्त्रिपरिषद्को नैतिकता उल्लंघन गरिन् कि भनेर विचार गरिरहेकाले उनलाई निलम्बन गरिएको हो ।
कम्बोडियासँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवाद मे महिनामा सीमापार झडपमा परिणत हुँदा एक कम्बोडियाली सैनिकको मृत्यु भएको थियो ।
लिक भएको रेकर्डिङअनुसार जब पेटोङटार्नले कम्बोडियाका पूर्वनेता हुन सेनलाई तनावबारे छलफल गर्न फोन गरिन्, उनले हुन सेनलाई ‘काका’ भनिन् र एक थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनिन्।
उक्त फोनवार्ताले व्यापक आक्रोश निम्त्याएको छ । रूढीवादी सांसदहरूले पेटोङटार्नलाई कम्बोडियासामु झुकेको र सेनालाई कमजोर बनाएको आरोप लगाउँदै मन्त्रीहरूमा ‘स्पष्ट इमानदारी’ र ‘नैतिक मापदण्डहरू’ आवश्यक पर्ने संवैधानिक प्रावधानहरू उल्लंघन गरेको आरोप लगाएका छन् ।
‘संवैधानिक अदालतले ७–२ को बहुमतले प्रतिवादीलाई जुलाई १ देखि निर्णय नगरेसम्म प्रधानमन्त्रीको दायित्वबाट निलम्बन गर्छ,’ अदालतले भनेको छ ।
यो मुलुकको राजनीति वर्षौँदेखि रूढीवादी, सैन्यसमर्थक, शाहीसमर्थक अभिजात वर्ग र सिनावात्रा परिवारबिचको संघर्षले हाबी भएको छ।
सिनावात्रा परिवारलाई रूढीवादी, सैन्यसमर्थक र शाहीसमर्थक अभिजात वर्गले थाइल्यान्डको परम्परागत सामाजिक व्यवस्थाका लागि खतरा मान्छन् ।
संवैधानिक अदालतले ३६ जना सिनेटरहरूको समूहले ल्याएको निवेदन स्वीकार गर्दै पेटोङटार्नलाई पदबाट निलम्बनको आदेश गरेको हो ।
पेटोङटार्नको फेउ थाई पार्टी पहिले नै यो काण्डमा परेका कारण एक प्रमुख रूढीवादी गठबन्धन साझेदारले त्यागेको छ र हजारौँले सप्ताहान्तमा बैङ्ककमा उनको नेतृत्व विरुद्धमा विरोध प्रदर्शन गरेका छन्  ।
उनका सहयोगीहरूले राजीनामा गरेपछि थाइल्यान्डका राजाले मङ्गलबार पेटोङटार्नको मन्त्रिमण्डल फेरबदललाई अनुमोदन गरे । उनले आफूलाई संस्कृति मन्त्रीको पद पनि तोकेका छन र बिहीबार यो पद ग्रहण गर्नेछन्, तर संवैधानिक अदालतले अनुसन्धान गरिरहेको बेला उनले त्यो भूमिका लिन सक्छन् कि सक्दैनन् भन्ने अस्पष्ट छ ।
मङ्गलबार नै सिनावात्राका बुबा थाक्सिन थाइल्यान्डका राजालाई आलोचनाबाट जोगाउन प्रयोग गरिने कडा राजद्रोह कानुनको उल्लङ्घनको आरोपमा बैङ्ककको एक फौजदारी अदालतमा उपस्थित भए ।
सन् २०१५ मा थाक्सिनले दक्षिण कोरियाली मिडियालाई दिएको अन्तर्वार्ताबाट यी आरोपहरू उत्पन्न भएका हुन् र दोषी ठहरिएमा उनलाई १५ वर्षसम्म जेल हुनसक्छ ।
मुद्दा हप्तौँसम्म चल्नेछ, त्यसपछि कम्तीमा एक महिनासम्म फैसला आउने अपेक्षा गरिएको छैन । अदालतका एक अधिकारीले मङ्गलबार बिहान थाक्सिनको उपस्थितिमा मुद्दा सुरु भएको पुष्टि गरे तर मिडियालाई भित्र छिर्न अनुमति नदिने बताए ।
‘उहाँ कस्तो महसुस गर्नुहुन्छ भन्नेबारे म उहाँको तर्फबाट बोल्न सक्दिनँ, तर मलाई लाग्छ उहाँ शान्त देखिनुहुनेछ’, उनका वकिल विन्यात चाटमोन्ट्रीले अदालत बाहिर भने ।
थाई राजनीतिक विश्लेषक थिटिनान पोङ्सुधिरकले भने, ‘दुई मामिलाबिच प्रत्यक्ष निर्विवाद सम्बन्ध छ किनकि सिनावात्रा परिवारको ब्रान्डले ‘गम्भीर कमजोरी’ को सामना गरिरहेको छ।’
संवैधानिक अदालतले सीमा विवादका क्रममा सिनावात्राले मन्त्रिपरिषद्को नैतिकता उल्लंघन गरेको हो वा होइन भन्ने विषय विचाराधीन रहेकाले उक्त मुद्दाको किनारा नलाग्दासम्मका लागि प्रधानमन्त्रीबाट निलम्बनको आदेश दिएको हो ।
सिनावात्रालाई आफ्नो बचाउ प्रस्तुत गर्न १५ दिनको समय दिइएको छ । यसैबीच उपप्रधानमन्त्रीले देशको कार्यवाहक प्रधानमन्त्रीका रूपमा काम गर्नेछन् ।
पछिल्लो फोनवार्ता ‘लिक’ भएपछि हजारौं सर्वसाधारणले बैंककमा उनको नेतृत्वविरुद्ध विरोध प्रदर्शन गरेका थिए । त्यसपछि उनका सहयोगीहरूले राजीनामा दिएपछि थाइल्यान्डका राजा माहा बजिरलोङकर्नले मंगलबार सिनावात्राको मन्त्रिमण्डल फेरबदललाई अनुमोदन गरेका छन् ।
निलम्बनमा पर्नु केही घण्टाअघि फेरबदल गरिएको मन्त्रिमण्डलमा सिनावात्रालाई संस्कृतिमन्त्री बनाइएको छ । बिहीबार उनले शपथग्रहण गर्ने बताइएको छ । तर संवैधानिक अदालतमा मुद्दा चलिरहेका बेला उनले उक्त भूमिका लिन सक्छिन् वा सक्दिनन् भन्नेमा अस्पष्ट नै छ ।
३८ वर्षीया सिनावात्राले २०२४ अगस्टमा सत्ता सम्हाल्दा उनी थाइल्यान्डकी सबैभन्दा कान्छी र दोस्रो महिला प्रधानमन्त्री बनेकी थिइन् । सिनावात्रा परिवारले विगत दुई दशकदेखि थाइल्यान्डको राजनीतिमा प्रभुत्व जमाउँदै आइरहेको छ ।
तर यो अवधिमा आफ्नो कार्यकाल पूरा गर्नुअघि नै सत्ता गुमाउनेमा पेटोङटार्न सिनावात्रा परिवारकी तेस्रो सदस्य बन्ने सम्भावना बढी देखिएको छ ।
दुई साताअघि मात्रै सिनावात्राको पार्टी ‘फेउ थाई’ एक काण्डमा मुछिएपछि सत्ता घटक एक प्रमुख रुढिवादी सहयोगीले सरकार छोडेपछि सिनावात्राको सत्ता गठबन्धनको बहुमत कमजोर बनेको थियो ।
गत चैत्रमा उनै शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको थियो । यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने भनिएको छ ।
चैत्रमा भएको भ्रमणका क्रममा थाइल्याण्डको सरकारी भवनमा प्रधानमन्त्री ओलीलाई शिनावात्राले स्वागत गरेकी थिइन् । सो क्रममा संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्र आदाप्रदान भएको छ । सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरेका थिए ।
ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्याण्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका थिए ।  सोक्रममा प्रधानमन्त्री ओलीले सिनावात्रालाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।
तर अब उनी निलम्बनमा परेकी छन् । अब  उनी भविष्यमा पुनः प्रधानमन्त्रीको कुर्सीमा फर्किएमात्रै सरकार प्रमुखका रुपमा उनको नेपाल भ्रमण संभव  हुनेछ ।
Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top