×

NEPAL TIMES UPDATES

Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026

निजामती विधेयकमा ‘महाभूल’ कि ‘महाखेल’?समितिमै  कमजोरी!

१८ असार २०८२
१८ असार, काठमाडौं।  
राज्य व्यवस्था समितिबाट पास भएको संघीय निजामती सेवा विधेयकको प्रतिवेदन प्रतिनिधि सभाबाट पास भएर आउँदा ‘कुलिङ पिरियड’को व्यवस्थामा हेरफेर भएको भन्दै दलहरूबाट व्यापक  विरोध भइरहेको छ ।
तर ‘कुलिङ पिरियड’को व्यवस्था हेरफेरसहित संघीय सांसदबाट पास भएको उक्त विधेयक आज   राष्ट्रिय सभामा टेबुल भइसकेको छ । विधेयकमा बदमासी कहाँबाट भयो भनेर अझै आरोप प्रत्यारोप चलिरहेको छ ।
तर यसको भित्री कुरा खोतल्दै जाँदा प्रारम्भिक अध्ययनले सिङ्गो समितिकै कमजोरी देखाउँदै गएको छ । जनताको सार्वभौम सम्पन्न प्रतिनिधि सभाले पारित गरेको विधेयकमा कहाँबाट हेरफेर भयो भनेर गम्भिर रूपमा नैतिक प्रश्न खडा भएको छ ।
सुरुमा मुख्य हस्ताक्षरकर्ता राज्य व्यवस्था समितिका सभापति तथा कांग्रेस केन्द्रीय नेता रामहरि खतिवडाले ‘बदमासी’ गरेको आरोप लगाइयो । त्यो बदमासीलाई खतिवडाले ‘वनरसीप’ लिएनन् ।
बरु छानबिन गर्न माग गर्दै दोषी देखिए आफू पनि कार्वाही भोग्न तयार रहेको बताए । सभामुख र राष्ट्रियसभासँग समितिका सभापति खतिवडाले ‘कुलिङ पिरियड’को त्रुटी सच्याइदिन र दोषीलाई कार्वाहीका लाग छानबि गर्न आग्रहसहित विज्ञप्ति नै जारी गरे ।
एकाएक ‘कुलिङ पिरियड’मा बदमासी कर्मचारीबाट भयो भन्ने शंका मंगलबार साँझतिर गरियो । त्यो शंका हुनु पनि स्वभाविक थियो । निजामती सेवाबाट अवकास वा राजीनामा गरेको दुई वर्षसम्म सरकारी नियुक्ति खान नपाउने विधेयकले ‘कुलिङ पिरियड’मा व्यवस्था राखेपछि मुख्य सचिव एकनारायण अर्यालसहित सचिवहरूले सभामुख, राजनीतिक दलका नेता र सांसदहरुसँग लबिङ गरेका थिए ।
तर त्यसको सुनुवाई कतै नभएका कारण कर्मचारीहरूबाट बदमासी भयो कि ? भन्ने शंका गर्ने ठाउँ उनीहरुकै चलखेलले सृजना गराइदिएको थियो ।
प्रतिनिधि सभाबाट पास हुनुअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विधेयक टेबुल गरेका थिए । मन्त्री गुप्ताले टेबुल गरे तर, हेरफेर बारे उनको पनि ध्यान गएको थिएन ।
विधेयकमा हेरफेर भयो भन्ने खबर मिडियाबाट मात्र थाहा पाएको मन्त्री गुप्ताले बताउँदै आएका छन् ।  उनले समिति सभापतिले आफूलाई थाहै नदिई संसदमा विधेयक  लगेको  बताएका छन् ।
प्रनिनिधिसभाले पास गरेको विधेयकमा यस्तो गम्भिर प्रकारको बदमासी कहाँबाट भयो भन्ने छानबिनको माग हुनु स्वभाविक हो । अहिले सत्तापक्ष, विपक्ष, सरकार सबै पारित भएको निजामती विधेयक सच्याउनु पर्छ भन्ने एउटै स्वरमा छन् ।
तर यो बदमासी कहाँबाट भएको हो भन्ने कैफियतको नालिबेली पनि खोजिदैं छ । यसअघि ‘कुलिङ पिरियड’को समय दुई वर्ष राख्नु हुँदैन भनेर बहालवाला मुख्य सचिवदेखि मन्त्रालयका सचिवहरुले समेत लबिङ गर्नु र त्यही विषयमा बदमासी देखिनु कर्मचारीहरुका बाघ कराउनु र बाख्रा हराउनु जस्तै बन्न पुगेको छ ।
सभामुख देवराज घिमिरेले बदमासी भएको खबर बाहिरिएसँगै मंगलबारदेखि समितिका सभापति खतिवडा, संसदीय दलका सचेतकहरु, समितिमा कार्यरत कर्मचारी सबैबाट प्रष्टीकरण लिइराखेका छन् ।
‘बुधबार साढे १० बजेसम्म राज्य व्यवस्था समितिले पारित गरेको विधेयकका मस्यौदा, निर्णयका सक्कल सबै सभामुखको कार्यालयमा आइपुगेको छ’, सभामुख सचिवालयका एक सदस्यले नेपालटाइम्ससँग भने– ‘कैफियत कहाँ छ, भन्ने तथ्य प्रारम्भिक अध्ययनबाट देखिदै छ ।’
प्रतिनिधि सभाबाट पारित भएको विधेयक कार्यन्वयनका लागि अझै चार चरण बाँकी रहेकाले समाधान हुनेमा सभामुखको चासो रहेको सचिवालयले जनाएको छ ।
‘आज १० बजे राष्ट्रिय सभामा विधेयक टेबुल भयो ।  अब विधेयक माथि सैद्धान्तिक छलफल हुन्छ   । त्यसपछि संशोधनका लागि ७२ घन्टा समय खुला हुन्छ ।
त्यो समयमा राष्ट्रिय सभाका सदस्यहरूले संशोधन प्रस्ताव राख्छन् वा राख्दैनन् उनीहरुको विषय हो । त्यसपछि छलफलका लागि राष्ट्रिय सभाले विधान समितिमा लैजाने वा फूल हाउसमा लैजाने दुईवटै विकल्प खुला हुन्छ ।
यदि राष्ट्रिय सभाले विधेयक संसोधन नगरि पठाएमा पनि प्रतिनिधि सभाले संशोधन गर्न पाउने व्यवस्था विकल्पको रूपमा छ । तर त्यसको ‘वनरसीप’ सरकारले लिनु पर्ने हुन्छ ।
सभामुख सचिवालय सदस्यले भने– ‘प्रारम्भिक अध्ययनमा समिति, समितिका सभापतिले नपढेर पठाउँदा गल्ति भएको देखिन्छ । कहाँ कैफियत देखियो  भन्ने बारे अध्ययन जारी छ ।’
विधेयक माथिको छलफल, समितिको निर्णय प्रक्रियाका लिखित कागज हेर्दा समितिले विधेयकको दफा ४  संशोधन गर्नेमा एकमतले निर्णय भएको देखिएको ती सदस्यले बताए ।  तर दफा ५ नम्बर हटाउने भन्ने कहीँ निर्णय र छलफल भएको देखिएको छैन ।
‘दफा ४ संशोधन गर्ने भनेर भाषा समेत सच्चाइएर निर्णय गरिएको छ । तर त्यसको तल दफा ५ बारे केही निर्णय भएको देखिन्न । दफा ५ ले संशोधित दफा ४ को व्यवस्थालाई विस्थापित गरेको छ । अहिले त्यही दफा ५ मा शब्द थप भएको र बदमासी भएको भनेर बहस भएको हो’, ती सदस्यले भने– ‘दफा ५ मा संसदीय समितिको कुनै निर्णय नभएकाले कर्मचारीले त्यसलाई आफूखुसी हटाउन सक्दैनन् ।
अहिले यही विषय वरपर रहेर अध्ययन भइरहेको छ । तर यसमा सिङ्गो समितिकै कमजोरी देखिने अवस्था छ । हस्ताक्षर गर्ने बेला कम्तिमा सभापतिले अध्ययन भने गर्नुपथ्र्यो ।’
यो बदमासीपछि समितिका सदस्यहरुले आजको आकस्मिक बैठकमा भने आक्रोश ब्यक्त गरेका छन् । सत्तापक्ष र प्रतिपक्ष दुवै पक्षका सांसदहरुले सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा माग्दै उच्चस्तरीय छानविनको माग गरेका छन् ।
https://www.youtube.com/watch?v=HnON_DbuZsM
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top