×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

१९ असार २०८२
१९ असार, काठमडौं। 
नेपालको वर्तमान संविधानलाई चुनौती दिँदै सङ्घीयता खारेजी, हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापना गर्छौ भन्दै आन्दोलनमा केही महिना अघि मात्र होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि आगामी कात्तिक १७ गते हुने उपनिर्वाचन अग्नि परीक्षाका रूपमा खडा भएको छ ।
रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा आउँदो कात्तिक १७ गते उपनिर्वाचन हुँदै छ। यो क्षेत्रबाट निर्वाचित राप्रपाका सांसद दीपक बोहोराको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।
गएको प्रतिनिधि सभाको निर्वाचनमा यो क्षेत्रबाट एमालेको सहयोगमा राप्रपाका वोहोराले काँग्रेसका प्रभावशाली नेता तथा बहालवाला गृहमन्त्री वालकृष्ण खाँडलाई हराएका थिए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई पनि एमालेकै बलमा निर्वाचन जितेको आरोप लाग्छ । झापाबाट निर्वाचित लिङदेन एमाले सँगको सहकार्यका प्रतिनिधि सभा सदस्य भएका हुन् ।
तर यति बेला राप्रपाको प्रमुख सत्रु एमाले नै देखिएको छ । एकातर्फ एमालेको सहयोग विना निर्वाचन जित्न सक्छौ भन्ने प्रमाणित गर्नु छ त अर्को तर्फ राजा फर्काउने जनमत देखाउन पनि यो उपनिर्वाचन जसरी पनि जित्नु पर्ने बाध्यता राप्रपालाई छ ।
राप्रपाले प्रमुख ठूला तिन दलहरू जसले यो देशमा गणतन्त्र ल्याउनका लागि लामो समय संर्घष गरेका थिए । ती दलहरू भ्रष्ट भएको, एउटा राजा फ्याँकेर हजारौँ राजा भएका अनि सङ्घीयता यो देशलाई नचाहिएको र हिन्दु राष्ट्रको पक्षमा ठूलो जनमत रहेको दाबी गर्दै आएका छन् ।
गएको फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले आफू निर्मल निवासबाट नारायणहिटीको राज सिंहासनमा फर्कन चाहेकोले जनतालाई साथ दिन भिडियो सन्देश जारी गरेका थिए ।
त्यसपछि राजावादीहरू र राजेन्द्र लिङदेनको राप्रपा र कमल थापाको राप्रपा नेपाल सडक आन्दोलनमा उत्रिएका थिए । तर चैत्र १५ गतेको राजावादी भनिएका दुर्गा प्रसाईँले आयोजना गरेको काठमाण्डौको तीनकुनेको प्रदर्शन हिंसात्मक भएर २ जनाको ज्यान समेत गएपछि केही समय आन्दोलन रोकिएको थियो ।
फेरी पूर्व राजाको सक्रियतामा राप्रपालाई अघि लगाएर आन्दोलनका केही कार्यक्रम त भए तर जनसहभागिता न्यून हुन थालेपछि राप्रपा पनि पछि हट्यो ।
यति   बेला भाषण गर्दा राप्रपा अध्यक्ष लिङदेन आन्दोलनकोआँधिबेरी सृजना गरेर पूर्व राजालाई नारायणहिटी फर्काउने कुरा मात्र गर्न थालेका छन् ।
यस्तो अवस्थामा राप्रपाका लागि यही रुपन्देहीको उपनिर्वाचनले आगामी बाटो तय गर्न निर्देश गर्ने छ भन्ने कुरामा दुई मत नहोला ।  उता आफ्ना प्रमुख कमान्डर रुपन्देही कारागारमा नै रहेकाले राष्ट्रिय स्वतन्त्र पार्टीलेपनि यो उपनिर्वाचनलाई निकै महत्त्व दिएको छ ।
मिसन ८४ भन्दै हिँडी रहेको रास्वपाका लागि यो निर्वाचन जसरी पनि आफ्नो पक्षमा ल्याउनु पर्ने बाध्यता छ । हुन त सबै राजनीतिक दलहरूले यो उपनिर्वाचनलाई ८४ को मिनी निर्वाचनका रूपमा लिएका छन् । यो
निर्वाचनले ८४ को निर्वाचनको सङ्केत गर्ने उनीहरूको पूर्वानुमान छ । त्यसैले काँग्रेस र एमाले अनि माओवादीका लागि यो निर्वाचन जित्नै पर्ने बाध्यता छ ।
तुलनात्मक रूपमा माओवादी कमजोर रहेको र यो निर्वाचन क्षेत्र नेकपा समाजवादीका नेता धनश्याम भुसालको रहेकाले माओवादीले उनैलाई समर्थन गर्न सक्ने अवस्था पनि हुन सक्ने  माओवादीकै कतिपय नेताहरु बताउँछन् ।
तर ७९ को निर्वाचन ताका नै कुलमान घिसिङको पछि लागेका माओवादी अध्यक्ष प्रचण्ड रुपन्देहीमा उनलाई अघि सार्न सके एक सिट  थप गर्न सकिने योजनामा रहेको बताइन्छ ।
काँग्रेस, एमाले, राप्रपा, रास्वपा मात्र हैन काठमाण्डौंका मेयर बालेन साहले समेत यो उपनिर्वाचनमा आफ्नो समर्थकलाई चुनावी मैदानमा उर्तान सक्ने हल्ला चली रहेको छ ।
यसका बारेमा बालेनले अहिले सम्म मुख खोलेका छैनन् ।  चाहे जे होस रुपन्देहीको उपनिर्वाचन सबै राजनीतिक दलहरूका लागि  गर या  मरको हुनेमा शङ्का भने छैन ।
उपनिर्वाचनको मिति घोषणा भएसँगै दलहरू त्यसको तयारीमा जुटी सकेका छन् । नेकपा (एमाले) ले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने करिब करिब तय गरी सकेको समाचार बाहिर आएको छ ।
उनको अलावा शशी पौडेल लगायतका आंकाक्षीहरु पनि नभएका भने हैनन् । त्यस्तै पहिलो ठूलो दल नेपाली काँग्रेसका प्रभावशाली मानिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँडले फेरी उपनिर्वाचनमा उठ्ने इच्छा देखाइ सकेका छन् ।
उनका अलावा भरत साह र प्रमोद कुमार यादव पनि टिकटको दौडमा छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भने सागर ढकालको चर्चा छ ।
७९को निर्वाचनमा  उनी डडेलधुराबाट  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग स्वतन्त्र रूपमा उम्मेदवार भई पराजित भएका थिए ।
त्यसपछि केही समय बिदेसिएका उनी केही महिनाअघि स्वदेश फर्किएका छन्। स्वदेश फर्किएपछि उनको रास्वपा सँग हिमचिम बढेको छ।  त्यसो त ढकाल आफैँले पनि निर्वाचनमा जाने सङ्केत गरिसकेका छन् ।
‘रुपन्देही–३ का मेरो प्यारो जनता, यो हजुरको क्षेत्रको मात्र चुनाव होइन, देशको चुनाव हो र देशको पीडा, आँसु र आवाज बोल्न तयार भएर बस्नुहोला । नेपाली जनताले जित्ने मात्र होइन, सफा–चट् क्लीनस्वीप गर्ने हो, सफा–चट्, रुपन्देही–३,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘नेपालको इतिहास रच्न तयार हुनुहुन्छ ?’ यसबारे जिज्ञासा राख्दा रास्वपा प्रवक्ता मनीष झाले   पनि रुपन्देही–३ बाट पार्टीका तर्फबाट ढकाल उम्मेदवार बन्ने सम्भावना रहेको स्विकारेका छन् ।
उता राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रुपन्देही ३ को उपनिर्वाचनका सन्दर्भमा रुपन्देही सम्बद्ध पार्टीका अगुवाहरूसँग छलफल गरी रहेका छन् ।
दीपक बोहराको निधनपछि रिक्त रहेको क्षेत्र फिर्ता ल्याउने रणनीतिसहित राप्रपाले बोहराका दुई छोराहरू प्रज्वलन र गौरव तथा नातिनीसमेत रहेकी केन्द्रीय सदस्य स्वाती थापामध्येलाई अगाडि सार्ने  चर्चामा छ ।
छोरा प्रज्वलन बोहरा हाल क्षेत्रमै खटिएर सक्रियता बढाएका छन् भने जेठा छोरा गौरव बोहरालाई स्वतन्त्र उम्मेदवार बनाएर साना दलको समर्थन जुटाउने प्रयास भइरहेको छ ।
उम्मेदवारका लागि राप्रपाले असार मसान्तसमेत  पार्टी केन्द्रमा नाम पठाइसक्न समय दिएको छ ।  यद्यपि नेतृ स्वाती दीपक बोहराको निर्वाचनको समयमा मुख्य कमान्डर भएर जिम्मेवारी सम्हालेको र सबै अनुभव भएकाले पनि उनलाई अगाडि सार्नुपर्ने दबाबमा राप्रपा छ।
२०७९ को निर्वाचनमा  यो क्षेत्रमा  समानुपातिक मत अनुसार नेपाली काँग्रेसले २० हजार २७८ मत, एमालेले १६ हजार ९८६ मत , रास्वपाले १४ हजार १५४ मत पाएको छ  भने राप्रपाले  ९ हजार १८३ मत पाएको थियो ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार  र जसपाले ५ हजार २९१, लोसपाले ५ हजार ०५३, जनमत पार्टीले ३ हजार ७३२, माओवादी केन्द्रले २ हजार ६ सय, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी लौरोले १ हजार ३४७ र नेकपा एसले ७८१ मत पाएका थिए ।
रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य र मनाङ जिल्ला क्षेत्र नम्बर १ को ख मा प्रदेश सभा सदस्य सहित देशभरका विभिन्न स्थानीय तहमा १३ वटा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ ।
यसै गरी आगामी फागुन २० गते राष्ट्रियसभाका १८  सदस्य पद रिक्त हुने भएकाले त्यसका लागि समेत समयमै निर्वाचनको मिति तय गर्ने तयारी निर्वाचन आयोगले गरिरहेको छ ।
Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top