१९ असार, काठमडौं।
विश्वमा जारी रुस–युक्रेन युद्ध, हालै युद्धविराम भएको भनिएपनि इरान–इजरेल–अमेरिका बीच अझै बाँकी रहेको तनाव । इजरेल र हमास–हिज्बुल्लाह–हुथीबीचको जारी कारबाही ।
यता जुनसुकै बेला फेरि भड्किन सक्ने भारत–पाकिस्तानबीचको टकराव, रुस र अजरबैजानबीच सुरु हुँदै गरेको खटपट । उत्तर कोरियाले छिमेकी दक्षिण कोरियादेखि जापान–अमेरिकासम्मलाई दिदै आएको चेतावनीका बीच ताइवान वरिपरि चीनको शक्तिप्रदर्शन।
सरसर्ति हेर्दा युरोपबाट एसियातर्फ युद्ध धनत्वसहित विस्तार हुँदै गएको देखिन्छ । यस्तोमा महाशक्ति चीनले अर्को सुपरपावर अमेरिकाको पेन्टागनभन्दा पछि १० गुणा ठूलो मिलिट्री शहर बनाउने तयारीमा जुटेको छ ।
एक रिपोर्टका अनुसार, चीनले बेजिंग नजिक गोप्यरुपमा एक विशाल सैन्य परिसर बनाइरहेको छ । जुन आकारमा अमेरिकाको प्रसिद्ध पेन्टागनभन्दा १० गुणा ठूलो रहेको बताइएको छ ।
यसलाई बेजिंग मिलिट्री सिटी नाम दिइएको छ । यो बेजिंगदेखि ३२ किलोमिटर दक्षिण–पश्चिममा अवस्थित छ । यसको क्षेत्रफल लगभग ४ किलोमिटर चौडा छ र यसमा एक डूम्सडे बंकर पनि रहेको छ ।
जसलाई परमाणु युद्धको स्थितिमा कमाण्ड सेन्टरका रुपमा प्रयोग गर्न सकिने भनिएको छ । सन २०२२ मा जहाँ यो क्षेत्रमा आवासीय भवन र खुला मैदान थिए।
अहिले त्यहाँ २०२४ को मध्यसम्म यो सिंगो क्षेत्रलाई खाली गराएर यस्तो निर्माण कार्य सुरु भएको रिपोर्टहरुमा भनिएको छ । अहिले त्यहाँ सडकहरु र सुरुंगहरुको ठूलो नेटवर्क तयार पारिएको छ ।
चीनले यो निर्माणलाई लिएर अहिलेसम्म कुनै आधिकारिक बयान दिएको छैन । र चीनको दुतावासले पनि यसलाई अज्ञात भनेको छ । मिडिया रिपोर्टका अनुसार, यो क्षेत्रमा ड्रोन उडाउन निकै कडारुपमा प्रतिबन्ध गरिएको छ ।
यी कुराहरुबाट बुझ्न सकिन्छ कि चीनले यो परियोजनालाई गोप्य राख्न चाहेको छ । फाइनान्सियल टाइम्सले एक पूर्व अमेरिकी गुप्तचर अधिकारीलाई उदृत गर्दै भनेको छ कि यो नयाँ सैन्य केन्द्रले सम्भवतः चीनको पुरानो वेस्टर्न हिल्स कमाण्ड सेन्टरको स्थान लिन सक्छ।
जुन कोल्ड वारको समयमा बनाइएको थियो । यस्तै विशेषज्ञहरुले पनि सी जिंगपिंगको नेतृत्वमा चीनले तिव्र गतिमा आफ्नो परमाणु हतियारहरुको शक्ति बढाइरहेको ठानेका छन् ।
जुन आगामी दशकमा यसले अमेरिकाको बराबरी वा त्यसलाई पनि उछिन्ने छ । यस्तोमा यो नयाँ बंकर र सैन्य परिसर आक्रमकता र बचाउ दुवैकालागि रणनीतिक केन्द्र बन्न सक्ने ठानिएको छ ।
यी खुलासाहरु भइरहँदा एउटा प्रश्न थप गम्भीर भएको छ । के विश्व तेस्रो विश्वयुद्धतर्फ बढिरहेको हो ? चीनका यी गतिविधिहरुले वैश्विक सुरक्षा विशेषज्ञहरु, गुप्चतर एजेन्सीहरु र अन्तर्राष्ट्रिय समुदायको चिन्तालाई थप गहिरो बनाइदिएको छ ।
परमाणु कार्यक्रमका लागि केही साताअघि मात्रै अमेरिकाले इरानमा हमला गरेको थियो । चीनसंग पनि उसको व्यापारिक सम्बन्धमा खटपट आइरहेको छ ।
यसैबीच उता अमेरिकाले युक्रेनलाई थप हतियार नदिने बताएको छ । अहिलेसम्म युक्रेनदेखि इजरायलसम्मलाई हतियार बाँडिरहेको अमेरिकाले यस्तो निर्णय लिनुका पछाडि उसको हतियार भण्डारमा कमी आएको पनि अनुमान गरिएको छ ।
विभिन्न रिपोर्टहरुका अनुसार अहिले अमेरिकाको भण्डारमा कयौं आवस्यक हतियारहरुको स्टक कम भएको भनिएको छ । जसमा एन्टी एयर मिसाइल पनि रहेको छ ।
पेन्टागनले बयान जारी गर्दै भनेको छ, अमेरिका प्रथम नीति अन्तर्गत हामीले युक्रेनलाई हतियार डेलिभरी रोक्नु परेको छ । किनभने हाम्रो हतियार स्कट कम भएको छ ।
अमेरिकी रक्षा मन्त्रालयको डिफेन्स रिभ्यु विभागले समय समयमा आफ्नो हतियार भण्डार निरिक्षण गर्ने र यसबारे जानकारी दिने गरेको छ ।
अहिले अमेरिकी स्टकमा जुन हतियारहरुको कमी भएको छ, त्यसमा लंग रेन्जका मिसाइलहरु, १५५ एमएम आर्टिलरी शेल्स र एन्टी मिसाइल सिस्टम पनि रहेको छ ।
यसअघि रुसको हवाई हमलाहरुबाट बच्नका लागि अमेरिकाले ठूलो परिमाणमा यी हतियारहरु युक्रेनलाई दिएको थियो । अहिले उसंग नै यसको स्टक कम भएको हो, जसका कारण सप्लाई रोकेको हो ।
तर गत सातामात्रै पनि डोनाल्ड ट्रम्पले युक्रेनका एक पत्रकारसंग कुरा गर्दै भनेका थिए कि युक्रेनको रक्षाका लागि मिसाइलहरुको निर्यात गरिने छ । उनले प्याट्रियट मिसाइलहरु पनि पठाउने बाचा गरेका थिए ।
तर अब अमेरिकामै यसको कमी हुँदा सबै रोकिएको हो । यस्तो स्थितिमा पेन्टागनको भनाइ छ कि अमेरिका फस्र्टको नीति अन्तर्गत हामीले हतियारहरुको सप्लाई रोकेका हौं ।
यता युक्रेनले भने अब युद्धमा निकै कठिन हुनेभन्दै चिन्ता जनाएको छ । पछिल्लो समय रुसले युक्रेनका रणनीतिक क्षेत्रहरुमा भीषण हमला जारी राखेको छ ।
यसबीच नै अमेरिकाले युक्रेनको हात खाली पारिदिएको हो । यसअघि अमेरिकाले नेटोको बैठकमा पनि सदस्य देशहरुलाई भनेको थियो कि आफ्नो रक्षा बजेट बढाउनु नत्र व्यापार रोकिदिने सम्मको धम्की ट्रम्पले दिएका थिए ।
उनले नेटो देशहरुलाई आफ्नो सुरक्षाकालागि जतिबेलै अमेरिकामा निर्भर नहुन पनि भनेका छन् । यस्तो अब युक्रेनलाई पनि अमेरिकाले युद्धकै बीचमा छाडिदिएको देखिन्छ ।
अमेरिकाले रोकेपछि अब यूक्रेनले पेट्रियट मिसाइलहरु, स्टिंगर सिस्टम्स, हेलफायर मिसाइलहरु, र एफ–१६ बाट छोडिने एआईएम मिसाइलहरु पनि अब पाउने छैन ।
उता यसलाई लिएर रुसले भने खुसी व्यक्त गरेको छ । क्रेमलिनले बुधवार नै यो फैसलाको स्वागत गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले संवाददाताहरुसंग भनेका छन्, ‘यूक्रेनलाई जति कम हतियार दिइन्छ, युद्ध उति नै अन्त्यको नजिक पुग्ने छ’ ।
एकातर्फ अमेरिकाले हतियारहरुको सप्लाई रोकिदिएको छ अर्कातिर यूक्रेनलाई अर्को पनि झट्का के लागेको छ भने यहि बेला अब उत्तर कोरियाले पनि थप ३० हजार सेना युक्रेनविरुद्ध लड्नका लागि पठाउने तयारी गरेको छ ।
सीएनएनको रिपोर्टका अनुसार उत्तर कोरिया रूसका लागि ३० हजार थप सैनिक पठाउने तैयारी गरेको छ । यो संख्या गत वर्ष पठाइएको सेनाको तीन गुणा धेरै हो ।
रिपोर्टमा भनिएको छ कि उत्तर कोरियाली सैनिक यूक्रेनको कब्जा रहेको क्षेत्रहरुमा ठूलो हमलामा सहभागि हुनेछन् । यसबारे तपाइँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।
यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।