×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

अपरेशन सिन्दूरबारे भारतको अर्काे खुलासा, पाकको पछि थियो चीन

२२ असार २०८२
२२ असार , काठमाडौं ।
गत मे महिनामा भारत र पाकिस्तानबीच चलेको ४ दिने युद्धका बारेमा   भारतीय सेनाले नयाँ खुलासा गरेको छ । युद्धविरामपछि अहिलेपनि दाबी विरोध र आरोप प्रत्यारोप चलिरहेको छ ।
यो युद्धलाई आफुले नै शान्त पारेको अमेरिकी राष्ट्रपतिले दाबी गरिरहेका छन् । यता युद्धका क्रममा भएका क्षति, रणानीति र अन्य देशहरुको यसमा प्रत्यक्ष वा अप्रत्यक्ष भएका सहयोगबारे भारत र पाकिस्तानको आआफ्नो दाबी र आरोपहरु छन् ।
पाकिस्तानका तर्फबाट भन्दा पनि भारतका तर्फबाट युद्धका क्रममा भएका क्षति र कमजोरीबारे नयाँ र विगतको भन्दा फरक भनाईहरु आइरहेका छन् ।
भारतले सुरुमा आफ्नो कुनै पनि विमान वा डिफेन्स सिस्टममा आक्रमण नभएको दाबी गरेको थियो । तरपछि उसका अधिकारीहरुले फरक फरक समय र संदर्भमा आफ्ना विमानहरुमा क्षति पुगेको स्वीकार गरे ।
जसमा एउटा फ्रान्समा निर्मित राफेलसमेत थियो । समय वित्दै जाँदा भारतीय सैन्य अधिकारीहरुले प्राविधिक र रणनीतिकरुपमा आफ्ना केही कमजोरीहरु रहेको पनि स्वीकार गरे ।
युद्धविराम लगत्तै केही अन्तर्राष्ट्रिय मिडियाहरुले एक्पटर््स र एजेन्सीहरुलाई उदृत गर्दै भारत चीनका कारण पाकिस्तानसंगको युद्धमा कमजोर बनेको समेत लेखेका थिए ।
विशेषगरी चीनमा निर्मित जे १० सी जस्ता विमान र हतियारहरुको प्रयोगले,  साथै चीनले प्रोभाइड गरेका भारतीय सैन्य अड्डा, गतिविधिका ताजा सूचनाले पाकिस्तान सो युद्धमा बलियो बनेको देखिएको थियो ।
अमेरिकाले पनि यसबारेमा भारतलाई जानकारी दिएको मिडियाहरुले लेखेका थिए, सोहीकारण पनि भारत युद्धविराकालागि तयार भएको भनिएको थियो । तर सो बेला भारतले यो मानेको थिइन ।
अहिले भने भारतले चीनले पाकिस्तानलाई भारतका प्रमुख स्थानबारे ‘लाइभ इनपुट्स’ प्रदान गरेको आरोप लगाइएको छ । भारतीय सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल राहुल सिंहले शुक्रबार यसै वर्ष मेमा सैन्य द्वन्द्वका क्रममा चीनले पाकिस्तानलाई सघाएको बताएका हुन् ।
उनले भारतको हवाई रक्षा प्रणाली तत्काल सुधार गर्नुपर्ने आवश्यकता पनि औँल्याएको समाचार संस्था रोयटर्सले जनाएको छ । आणविक हतियारसम्पन्न दुई छिमेकी देशले चार दिनसम्म चलेको दशकौँयताकै सबैभन्दा खराब द्वन्द्वका क्रममा मिसाइल, ड्रोन र गोलाबारुद प्रयोग गरेका थिए ।
त्यो द्वन्द्व अप्रिलमा भारतीय कश्मीरमा हिन्दु पर्यटकमाथि गरिएको आक्रमणपछि सुरु भएको थियो । पर्यटकमाथि आक्रमण इस्लामाबादको योजनामा गरिएको नयाँ दिल्लीले आरोप लगाएको थियो ।
उक्त आतंंककारी आक्रमणमा २६ पर्यटकको हत्या गरिएको थियो । त्यसपछि दुई देशबीच द्वन्द्व बढेको थियो । यद्यपि, पाकिस्तानले अप्रिलको आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।
द्वन्द्वको समयमा भारतले दुई विरोधीसँग लड्नुपरेको सिंहले टिप्पणी गरे । त्यसमा देखिने अनुहार पाकिस्तान भए पनि उसलाई चीनले सबै सम्भव सहयोग प्रदान गरेको उनले बताए ।
तर, उनले चीनबाट प्राप्त लाइभ इनपुट्सबारे भारतलाई कसरी थाहा भयो भन्ने विस्तृत जानकारी दिएनन् । यसबारेमा रोयटर्सले प्रतिक्रिया माग्दा चिनियाँ विदेश र रक्षा मन्त्रालय तथा पाकिस्तान सेनाको जनसम्पर्क शाखाबाट जवाफ दिइएन ।
भारत र चीनबीच सन् २०२० मा सीमामा झडप भएपछि सम्बन्ध तनावपूर्ण बनेको थियो । त्यसले चार वर्षसम्म सैन्य गतिरोध निम्त्याएको थियो । तर, अक्टोबरमा दुवै देशबीच त्यहाँबाट सैनिक फिर्ता गर्ने सम्झौतापछि तनाव कम हुन थालेको छ ।
भारतले यसअघि पाकिस्तान चीनसँग नजिकको सम्बन्धमा रहे पनि द्वन्द्वको समयमा बेइजिङबाट कुनै प्रत्यक्ष सहयोगको संकेत नभएको जनाएको थियो ।
चीनले स्याटेलाइट तस्बिर वा अरू गुप्तचर जानकारी प्रदान गरेको सम्भावनाका विषयमा भारतका रक्षा प्रमुखले ती व्यावसायिक रूपमा उपलब्ध रहेको बताएका थिए । र, ती तस्बिर चीन वा अन्यत्रबाट प्राप्त भएको हुन सक्ने उनको भनाइ थियो ।
पाकिस्तानी अधिकारीले यसअघि द्वन्द्वमा चीनबाट सक्रिय सहयोग प्राप्त गरेको आरोप खारेज गरेका थिए । तर, बेइजिङले स्याटेलाइट र राडार सहायता प्रदान गरेको विषयमा उनीहरूले विशेष रूपमा टिप्पणी गरेका छैनन् ।
बेइजिङले भारत–पाकिस्तानबीच मेमा भएको युद्धविरामको स्वागत गरेको थियो । युद्धविरामको केही दिनपछि चिनियाँ विदेशमन्त्रीले पाकिस्तानी समकक्षीसँग भेट्दा उक्त देशको राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सन् २०१३ देखि चीनले पाकिस्तानको कमजोर अर्थतन्त्रमा लगानी र वित्तीय सहयोगमार्फत सहायता गर्दै आएको जनाइएको छ । भारतीय सेनाका उपप्रमुख सिंहले चीनबाहेक टर्कीएले पनि द्वन्द्वको समयमा पाकिस्तानलाई महत्त्वपूर्ण सहयोग प्रदान गरेको बताए ।
त्यो सहयोगमा बायार्कटार र धेरै अरू ड्रोनहरू उपलब्ध गराएको र प्रशिक्षित व्यक्तिहरू प्रदान गरेको उनको भनाइ छ । टर्की र पाकिस्तानबीच बलियो सम्बन्ध छ । द्वन्द्वको समयमा टर्कीले पाकिस्तानप्रति ऐक्यबद्धता व्यक्त गरेको थियो ।
त्योसँगै भारतीयलाई टर्कीएको कफीदेखि त्यहाँ छुट्टी मनाउनसम्म बहिष्कारका निम्ति प्रेरित गरेको थियो । इमपावरिङ  इन्डियन बिजिनेश फिक्कीद्वारा आयोजित ’न्यु एज मिलिटरी टेक्नोलोजी’ (नवीन युगको सैन्य प्रविधि) कार्यक्रममा बोल्दै उनले भनेका छन् “जब डीजीएमओ स्तरको वार्ता चलिरहेको थियो, पाकिस्तानले चीनबाट हाम्रा महत्त्वपूर्ण स्थानहरूको प्रत्यक्ष (लाइभ) अपडेट पाइरहेको थियो।
यस्तो अवस्थामा, यो यस्तो क्षेत्र हो जहाँ हामीले वास्तवमै धेरैभन्दा धेरै र तीव्र गतिमा काम गर्न आवश्यक छ।“  “’अपरेसन सिन्दूर’को दौरान हामी एउटै सीमामा दुई वा वास्तवमा तीन विरोधीहरूसँग लडाइँ लडिरहेका थियौं।
पाकिस्तान अग्रिम मोर्चामा थियो र चीनले उसलाई हरसम्भव सहायता प्रदान गरिरहेको थियो।“ उनले थप भनेका छन्,  “पाकिस्तानसँग रहेको ८१% सैन्य उपकरण चिनियाँ हो।
यस अभियानमा चीनले एक प्रकारले आफ्ना हतियारहरूलाई अन्य हतियारहरूविरुद्ध परीक्षण ग¥यो। पाकिस्तान एक प्रकारले उनीहरूका लागि प्रयोगशालाको रूपमा उपलब्ध थियो। टर्कीएले पनि यस प्रकारको सहायता प्रदान गर्न महत्त्वपूर्ण भूमिका निभायो।
बलियो वायु रक्षा प्रणालीको आवश्यकतामा  जोड  दिँदै उनले भनेका छन्,  “भविष्यमा यदि पाकिस्तानले हामीमाथि आक्रमण गर्छ भने, उसले घना आबादी भएका क्षेत्रहरूलाई निशाना बनाउन सक्छ। यस पटक सम्पूर्ण अपरेसनको दौरान वायु रक्षा र त्यसको सञ्चालन उत्कृष्ट थियो, तर यस पटक हामीले घना आबादी भएका क्षेत्रहरूमा वायु रक्षामा राम्ररी ध्यान दिएनौं, तर भविष्यमा हामी यसका लागि तयार रहनुपर्छ।“
उनले ’अपरेसन सिन्दूर’को परिणामबारे  भनेका छन्, “यसबाट हामीले केही पाठ सिकेका छौं कि छिमेकी मुलुकमा लक्ष्यको योजना र छनोट धेरै डेटामा आधारित थियो।
यो प्रविधि र मानवीय गुप्तचर जानकारीको प्रयोग गरेर सङ्कलन गरिएको थियो। “हामीले पाकिस्तानमा जम्मा २१ वटा लक्ष्य निर्धारण गरेका थियौं, जसलाई निशाना बनाउनु थियो।  त्यसपछि सेनाको कारबाहीभन्दा ठीक अघि अन्तिम घडीमा २१ मध्ये कुन नौ वटा निशानामा प्रहार गर्ने भन्ने तय गरियो।
त्यसपछि विश्वलाई सही सन्देश दिनका लागि हामी वास्तवमै एक एकीकृत शक्ति हौं भन्ने दृष्टिकोण तीनवटै सेनाले अपनाउनु पर्छ भन्ने एक सुविचारित निर्णय लिइयो।“

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top