×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

२३ असार २०८२

२३ असार , काठमाडौं।

भारतको चैन, निन्द्रा सबै उडाउने गरि पछिल्लो समय पाकिस्तानले आफ्नो हतियार भण्डार अत्याधुनिक बनाइरहेको छ । एकातिर उसले चीनबाट शक्तिशाली फाइटर जेट, मिसाइलसहितको हतियार खरिद बढाएको छ भने अर्कातिर टर्किएका अत्याधुनिक ड्रोन र अन्य हतियार पनि भित्र्याइरहरको छ ।

Advertisement
Advertisement

यसमा एक कदम अगाडि बढ्दै अब पाकिस्तानले अमेरिकाबाट पनि शक्तिशाली हतियार खरिद गर्न लागेको खुलेको छ । पाक एयरफोर्सका एयर चीफ मार्शल जहीर अहमद बाबर सिद्धूले गत २ जुलाईमा अमेरिकाको यात्रा गरेका थिए ।

सो क्रममा उनले अमेरिकी एयरफोर्सका प्रमुखसहित अन्य केही अमेरिकी सैन्य अधिकारीहरुसंग पनि भेटवार्ता गरेका थिए । यो पछिल्लो १० वर्षमा पाकिस्तान वायुसेनाका कुनै पनि सिनियर अधिकारीको पहिलो अमेरिका भ्रमण थियो ।

पाकिस्तान एयरफोर्स चीफले त्यो बेला अमेरिका भ्रमण गरेका हुन् जुन बेला भारतका साथ सम्बन्ध निकै खराब भएको छ । गत मे महिनामा दुवै देश ४ दिने युद्धमा होमिएका थिए ।

रिपोट्र्सका अनुसार वाशिंगटन डीसीमा पेंटागन, अमेरिकी विदेश विभाग र अमेरिकी कंग्रेसका शीर्ष अधिकारीहरुसंग पाकिस्तानी अधिकारीको भेटवार्ताको उद्येश्य पाकिस्तानको एफ–१६ फ्लीटलाई अत्याधुनिक एआईएम–१२०डी मिसाइलयुक्त बनाउने प्रयास स्वरुप थियो ।

सिद्दूको भ्रमण पाकिस्तान–अमेरिका रक्षा सम्बन्धमा नयाँ जीवन दिने उद्येश्यले त थिदैथियो । यसका साथै अमेरिकाको विनाशक मिसाइल प्राप्त गर्ने ठूलो लक्ष पनि रहेको जानकारहरु बताउँछन् ।

पाकिस्तानले रक्षा बृद्धि र अपडेट गर्नुको प्रमुख कारण उसको भारतसंगको दुश्मनी नै हो । अपरेशन सिंदूरका क्रममा भारतले पाकिस्तानको वायुसेनाको एयरबेस सहितका केही ठाउँहरुमा पिन प्वाइंट हमला गरेको थियो ।

यस्तोमा पाकिस्तानले पनि अब यस्तै मिसाइलहरु चाहेको छ । जुन सटीक निशाना लगाउन सक्षम छन् । यसैकारण उसले अमेरिकाबाट एआईएम १२० डी मिसाइल खोजेको छ ।

जुन अमेरिकाको सबैभन्दा एडभांस ’बियोन्ड भिजÞुअल रेंज’ (बीभीआर) एयर–टू–एयर मिसाइल हो । जसको रेंज १८० किलोमीटरभन्दा धेरै छ र यो जीपीएस, ड्यूल–डाटा लिंक र ज्यामिंग–प्रतिरोधक टेक्नोलोजी सम्पन्न छ ।

खासमा, पाकिस्तानले भारतविरुद्ध चिनियाँ पीए–१५ मिसाइलको प्रयोग गरेको थियो । तर कम से कम १० पीएल–१५ मिसाइलहरुलाई हावामा नै नष्ट गरेको भारतको दाबी छ ।

यस्तै एक मिसाइल सही सलामत बरामद भएको पनि भारतीय अधिकारीहरुले बताएका छन् । यस्तोमा अब पाकिस्तानले अमेरिकी यो मिसाइल पनि चाहेको छ ।

अमेरिकी एआईएम–१२०डी मिसाइल लामो दुरीसम्मको टारगेटलाई हिट गर्न सक्नेमात्रै होइन बरु युद्धका क्रममा वास्तविक समयमा निर्देशन ग्रहण गरेर दुश्मनको रडारलाई चक्मा दिन पनि सक्षम छ ।

पाकिस्तानसंग अहिले जुन एआईएम–१२० सी–५ मिसाइलहरु छन्, तिनिहरु २००६ मा नै प्राप्त गरेको थियो । तिनको मारक क्षमता करीब १०० किमी छ । यसले भारतको राफाल–मेटियोर कम्बिनेशनको मुकाबला गर्न केही कठिन हुन्छ ।

यस्तोमा पाकिस्तान एयरफोर्स चीफ सिद्धूको उद्येश्य पाकिस्तानको पुराना भइरहेका एफ–१६ फ्लिटलाई एडभांस बनाउनु रहेको बुभिन्छ। र केही रिपोर्टहरुले पनि उनले यसैकालागि अमेरिकी अधिकारीहरुसंग कुरा गरेको दाबी गरेका छन् ।

पाकिस्तान आफ्नो करीब १८ वटा एफ–१६ ब्लक ५२ जेटलाई एआईएम–१२०डी मिसाइल युक्त बनाउन चाहान्छ । ताकि २००६ मा हासिल गरेको पुराना एआईएम–१२०सी–५ मिसाइलहरुलाई बदल्न सकियोस ।

यता पाकिस्तान र चीनबीच निकै गहिरो रक्षा सम्बन्ध छ र केही रिपोर्टमा जनाइए अनुसार पाकिस्तानले चीनबाट अब जे–३५ पाँचौ पुस्ताको पनि लडाकू विमान किन्न लागेको छ ।

यस्तोमा पाकिस्तानलाई आफ्नो अत्याधुनिक हतियार दिदा त्यसको प्रविधि चीनले चोर्न सक्ने चिन्ता पनि अमेरिकालाई छ । जसका कारण अमेरिकाले सहजै एआइएम १२० डी दिनेमा आशंका छ ।

वाशिंगटनले पहिला पनि पाकिस्तानलाई एडभांस हतियार दिन हिच्किचाएको थियो । किनभने उसलाई डर थियो कि अमेरिकी प्रविधि पाकिस्तान भएर चीनको हातमा जान्छ भन्ने ।

यसअघि २००६ मा एफ–१६ सम्झौतामा पनि अमेरिकाले ’एण्ड–यूज मनिटरिंग’ को कडा शर्तहरु राखेको थियो । र अहिले ट्रम्प दोहोर्याएर सत्तामा आएपछि पाकिस्तानको सम्बन्ध अमेरिकासंग निकै सुध्रिएको देखिन्छ ।

यस्तोमा एआइएम–१२०डी जस्ता संवेदनशील हतियारको बिक्री अघि पनि यस्तै केही नियम लागू गर्ने संभावना छ । र यो अमेरिकी कंग्रेसका लागि भने एक राजनीतिक संकट बन्न सक्छ ।

तर जेजस्तो शर्तमा भएपनि पाकिस्तानले अब यो मिसाइल अमेरिकाबाट पाउने सम्भावना धेरै छ । यता भारतले पनि यो पुरै घटनाक्रमलाई नजिकबाट नियालीरहेको छ ।

पाकिस्तानको एफ–१६ फ्लिटमा पछिल्लो पटक ठूलो अपग्रेडेशन २०१० र २०१४बा बीचमा भएको थियो । जतिबेला पुरानो ए÷बी मोडललाई एमएलयु किटका साथ पुनः जोडिएको थियो ।

जसले उसको एभियोनिक्स र हतियारहरुको अनुकूलता बढेको थियो । यसबीच भारतीय एक्सपट्र्स भन्छन् कि अमेरिकाले पाकिस्तानलाई एआईएम–१२०डी मिसाइल दिने संभावना कम देखिन्छ ।

तर यदी अमेरिकाले यस्तो गर्यो भने भारतसंगको उसको सम्बन्ध थप बिग्रने छ । तर पनि अमेरिकाले पाकिस्तानलाई यो मिसाइल दिदैन भन्न सकिने अवस्था नरहेको पनि उनीहरु बताउँछन् ।

किनभने अमेरिका आफ्नो जियो–पोलिटिकल फाइदाका लागि जे पनि गर्न सक्छ । हुन त विगत हेर्ने हो भने भारतको आग्रहमा २०१६ मा बराक ओबामाको प्रशासनले पाकिस्तानलाई अतिरिक्त ८ वटा एफ–१६ लडाकू विमान दिने निर्णय रोकेका थिए ।

तर के ट्रम्पले यस्तो गर्लान ? त्यो पनि हालैका घटनाक्रममा पाकिस्तान र अमेरिकाबीचको सम्बन्ध सुधार भएका बेला ? जहाँ भारत र पाकिस्तानलाई ट्रम्पले आफ्नो बराबरीको मित्र देश भनेका बेला आफ्नो हित विपरित गएर उनले भारतको आग्रह सुन्ने सम्भावना देखिदैन।

जनवरी २०२५ मा ट्रंप प्रशासनले पाकिस्तानको एफ–१६ फ्लिट कायम राख्नका लागि ३९७ मिलियन डलर फंड पनि दिएका थिए । उनले पाकिस्तानका फील्ड मार्शल असीम मुनीरलाई आफ्नो अफिसमा स्वागत गरेका थिए ।

डिनर मिटिंग गरेका थिए । अहिले फेरि पाकिस्तान एयरफोर्सका प्रमुखको वाशिंगटन यात्रा भएको हो । यसले अमेरिकाको पाकिस्तानका साथ फेरि जोडिने इच्छालाई दर्शाएको छ ।

यस्तोमा भारत अहिलेदेखि नै अलर्ट मोडमा पुगेको छ । उसका लागि चुनौतीहरु आगामी दिनमा थप बढ्ने पक्का छ । यसबारे तपाइँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

Advertisement

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top