×

NEPAL TIMES UPDATES

Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026
Playing
Top 15 Afternoon News || Mar-15-2026 || Nepal Times
Mar 15, 2026
Playing
रास्वपाका समानुपातिक सांसद आज फाइनल, मन्त्री बालेनले रोज्ने ? || Nepal Times
Mar 15, 2026

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

२४ असार २०८२
२४  असार , काठमाडौं ।
रसुवाको रसुवागढीमा आएको बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान अन्दाजी ३ बजेतिर गोसाइकुण्ड गाउँपालिका–२ मा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले बताएका छन्।
बेपत्ता भएका तीन जना प्रहरी हुन्। उनीहरू तीनै जना इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए।  बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन्।
चिनियाँ नागरिकहरू यु युइ, ली हुवाछिन, याङ चुआन, यु हाइ हाङ, यु छिआओ छुइ र जोउ योङ बेपत्ता छन्।  त्यस्तै तीन जना गाडी चालक समेत छन्।
बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका फुर्वा लामा, गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता छन्।
लामा, मोक्तान र तामाङ गाडी चालक हुन्। रसुवाकै उत्तरगया गाउँपालिका–५ उत्तरगयाधामको खोला किनारमा दाहिने खुट्टा फेला परेको पनि डिएसपी थापाले बताएका छन् ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट प्रहरीको टोली खटिएको छ।  यसबीच धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला परेको छ ।
त्रिशूली नदीको किनारमा २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालका अनुसार गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला परेको हो ।
शवको अवस्था अवलोकन गर्दा तत्काल भएको घटनामा उनीहरूको मृत्यु भएको अनुमान रहेको हमालले बताए । शवको स्थिति र आकृति अनुसार मृतक दुवै जना पुरुष रहेका छन् ।
घटनाबारे अध्ययन गर्न प्रहरी टोली घटनास्थल पुगेको उनको भनाइ  छ ।  हिमताल फुटेका कारण रसुवाको टिमुरे क्षेत्रमा बाढी आएको आशंका गरिएको छ ।
जल तथा मौसम विभागले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै प्रारम्भिक रुपमा चिनियाँ क्षेत्रमा वर्षाकै कारण बाढी आएको नदेखिएको जनाएको छ । विभागले भनेको छ, ‘प्रारम्भिक रुपमा यस बाढी वर्षाको कारण उत्पन्न भएको देखिँदैन ।
भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमतालहरू अवस्थित रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा थुप्रै हिमतालहरू अवस्थित रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन नदी जलाधारको तिब्बतको क्षेत्रमा बाढीको असउर आकलनका लागि आज बिहान ९ बजे सेन्टिनेल एसिया प्लेटफममा तत्कालको भूउपग्रह तस्बिर प्राप्त गर्न इमरर्जेन्सी अब्जरभेसन रिक्वेस्ट जारी गरिएको छ ।
आज एकाविहानै एक्कासी आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । मंगलबार बिहान ३ बजेतिर भोटेकोशी नदीमा आएको बाढीले पुल बगाएपछि दुई देशबीचको सडक सम्पर्कविच्छेद भएको छ ।
२०७६ जेठदेखि सञ्चालनमा आएको उक्त पुल गएराति आएको बाढीले बगाएसँगै दुई देशबीचको सडक सञ्जाल टुटेको हो । २०७७ सालमा आएको बाढीले उक्त पुलमा क्षति गरेपछि मर्मत गरेर पुनः सञ्चालनमा ल्याइएको थियो ।
चीनबाट बग्ने लेन्दी खोलामा बाढीले बर्खाको बेलामा क्षति गर्ने गरेको छ । जसको कारण दुई देशबीचको सडक सञ्जाल टुट्ने गरेको छ । उक्त पुल चिनियाँ लगानीमा निर्माण भएको थियो ।
जीर्ण अवस्थामा रहेको पुल २०७२ सालमा आएको भूकम्पले थप क्षति गरेपछि पुलको पुनर्निर्माण तिब्बत इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन रोड एण्ड ब्रिजले गरेको थियो ।
व्यापारिक कारोबार बढ्दै गएपछि पहिले भएकोभन्दा ५ मिटर उत्तरपूर्वमा पुल निर्माण गरिएको थियो । यसअघि पहिरोका कारण प्रभावित हुँदै आएको व्यापार बाढीले पुल नै बगाएपछि झनै अनिश्चित भएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले यसविषयमा चीनस्थित महावाणिज्यदूत तथा सीमामा रहेका चिनियाँ अधिकारीहरूसँग पनि कुरा भइरहेको बताएका छन् ।
बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा रहेका सयौँ गाडी पनि बगाएको छ । भन्सार जाँचपासका लागि राखिएका इभी गाडीहरू बगाएको हो ।
बाढीले स्याफ्रुबेसी जोड्ने सडक र रसुवागढी जलविद्युत् आयोजनाको संरचनामा पनि क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार रसुवागढी हाइड्रोका कर्मचारीसमेत बाढीको चपेटामा परेकाले उद्धारका लागि काम भइरहेको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय रसुवा, धादिङ र नुवाकोटले त्रिशूली नदीको माथिल्लो क्षेत्र नुवाकोट र रसुवामा अत्यधिक वर्षा भएकाले नदी किनारमा सतर्कता अपनाउन आग्रह गरेका छन् ।
बाढीले रसुवागढी नाका नजिकै निर्माण भइरहेको सुक्खा बन्दरगाहमा पनि क्षति गरेको छ । बन्दरगाहमा बाढीले भौतिक क्षति गराएको छ भने त्यहाँ कार्यरत कामदार समेत सम्पर्कविहीन छन् ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका अनुसार १८ जना सम्पर्कविहीन छन् । रातिको समयमा बाढी गएकाले बेपत्ताको संख्या अझै बढ्ने अनुमान छ ।
बाढीले सीमामा रहेका चार्जिङ स्टेसन, रसुवागढी जलविद्युत् आयोजनालगायतका संरचनामा पनि क्षति पु¥याएको छ । भन्सार यार्डमा रहेका मालवाहक कन्टेनर तथा विद्युतीय सवारीहरू बगाएको छ ।
यसबीच जल तथा मौसम विज्ञान विभागले रसुवागढीदेखि धादिङको वेनिघाटसम्म अर्को सूचना जारी नभएसम्मका लागि सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले भोटेकोशी नदीमा अवलोकन भएको बाढी तिब्बतको क्षेत्रबाट उत्पन्न भएको र हाल घट्दो क्रममा रहेको भएतापनि सम्भावित जोखिमलाई ध्यानमा राखी त्रिशूली नदी रहेको उक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।
यसैबिच चितवनको नारायणी नदी आसपासको क्षेत्रमा जिल्ला प्रहरी कार्यालय चितवनले माइकिङ गरेको छ । नदीको प्रवाह बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको प्रहरीको भनाइ छ ।

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top