×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

क्लब विश्वकप फाइनलमा पिएसजी र चेल्सी भिड्ने,कसले जित्ला उपाधि?

२६ असार २०८२

२६ असार , काठमाण्डौं ।

क्लब विश्वकपको फाइनलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) र चेल्सी भिड्ने भएका छन् । सेमिफाइनलमा रियल मड्रिडलाई ४–० को हार चखाउँदै पीएसजीले चेल्सीसँगको उपाधि भिडन्त तय गरेको हो ।

Advertisement
Advertisement

च्याम्पियन्स लिग विजेता बन्दै क्लब विश्वकप खेल्न अमेरिका पुगेको पीएसजीले अब आइतबार उपाधिका लागि चेल्सीसँग खेल्नेछ । फेबियन रुइजले दुई गोल गर्दै निर्णायक भूमिका निर्वाह गरेका थिए ।

रियलको प्रदर्शन निराशाजनक रह्यो । यसअघि च्याम्पियन्स लिग फाइनलमा पीएसजीसँग ५–० ले पराजित भएको इन्टर मिलानभन्दा पनि कमजोर देखियो ।

१५ पटकको युरोपियन च्याम्पियन रियल फ्लोरिडा यात्रापछि थाकेको देखिन्थ्यो, जसको फाइदा पीएसजीले लियो । पहिलो हाफमा पीएसजीको बल नियन्त्रण ७६.५ प्रतिशत थियो ।

प्रतियोगितामा रियलका स्टार केलियन एम्बाप्पेले खासै प्रभाव जमाउन सकेनन् । लुका मोड्रिचले ६४ औं मिनेटमा मैदान प्रवेश गरे । रियलबाट त्यो उनको अन्तिम खेल थियो ।

एडर मिलिटाओ चोट मुक्त भएर मैदानमा फर्किए । अमेरिकाको न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा ७७ हजार दर्शकमाझ पूर्व क्लबविरुद्ध केलियन एम्बाप्पेको रियल म्याड्रिड निरिह बनेको थियो ।

सेमिफाइनल खेलको २४ मिनेटभित्रै पिएसजीले निर्णायक अग्रता बनाउँदै रियलको सपना चकानाचुर पारिदिएको थियो । रियललाई निरीह बनाउन २४ मिनेट भित्र ३ गोल गरेको पिएसजी त्यसपछि भने केही थामियो दोस्रो हाफमा उसले अर्को एक गोल गरेको थियो ।

खेलको छैटौं मिनेटमै रुइजले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । त्यसको तीन मिनेटमै ओस्मान डेम्बेलेले अर्को गोल थपे । दुवै गोल रियल मड्रिडका डिफेन्डर राउल एसेन्सियो र एन्टोनियो रुडिगरको गल्तीपछि सम्भव भएको हो ।

२४औं मिनेटमा रुइजले काउन्टर अट्याकमा आफ्नो दोस्रो गोल गर्दै ३–० को अग्रता बनाए । ८७ औं मिनेटमा गोन्सालो रामोसले चौथो गोल थपे ।

हामी अर्को फाइनलमा पुग्न पाउँदा निकै खुशी छौं,’ खेलपछि रुइजले भने,‘यो ऐतिहासिक उपलब्धि हो । यो सिजन हरेक फाइनलमा पुग्नु निकै कठिन कुरा हो । अब हामी उपाधिबाट एक पाइला टाढा छौं।’

ओप्टाको सुपरकम्प्युटरले गरेको विस्तृत विश्लेषणअनुसार, हालसालै युरोपियन च्याम्पियन्स लिग जितेको र प्रतियोगितामा उत्कृष्ट लयमा रहेको पीएसजीलाई उपाधिको प्रमुख दाबेदार मानिएको छ।

पेरिस सेन्ट–जर्मेन पीएसजीले उपाधि जित्ने सम्भावना ३९.३३ प्रतिशत देखाइएको छ । पीएसजीले प्रतियोगितामा बोटाफोगोसँगको एक मात्र हार बेहोरेको छ भने नकआउट चरणमा इन्टर मियामी र बायर्न म्युनिखजस्ता बलिया टोलीलाई पाखा लगाएको थियो।

सुपरकम्प्युटरले रियल मड्रिडविरुद्धको सेमिफाइनल जित्ने सम्भावना पनि पीएसजीकै पक्षमा ५८.८४ प्रतिशत देखाइएको थियो । यस्तै चेल्सीले उपाधि जित्ने दोस्रो धेरै सम्भावना ३३.२७ प्रतिशत रहेको भविष्यवाणी गरिएको छ ।

चेल्सीको फाइनल यात्रासम्म नै तुलनात्मक रूपमा सहज देखिएको थियो । उनीहरूले नकआउटमा बेन्फिका र पाल्मेरासलाई हराएका थिए। सेमिफाइनलमा कमजोर आँकिएको फ्लुमिनेन्सविरुद्ध सहज जित निकालेको चेल्सीको फाइनल पुग्ने सम्भावना निकै उच्च अर्थात ८०.५१ प्रतिशत रहेको देखाइएको थियो ।

सो अनुमान अनुरुप चेल्सी उपाधि नजिक पुगेको छ । यस्तै रियल मड्रिडको उपाधि जित्ने सम्भावना २४.६७ प्रतिशत मात्रै रहेको सुपरकम्युटरले देखाएको थियो । जो उपाधि होडबाट बाहिरिसकेको छ ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि आइतवार न्यू जर्सीमा हुने फिफा क्लब विश्वकप फाइनलमा उपस्थित हुने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ट्रम्प टावर, न्यूयोर्कमा आफ्नो कार्यालय खोलेको घोषणा गरेको एक दिन पछि ट्रम्प क्लब विश्व कपको फाइनलमा उपस्थिति हुने समाचार बाहिरिएको हो ।

संयुक्त राज्य अमेरिका हालै विस्तार गरिएको क्लब विश्वकपको पहिलो संस्करणको आयोजक मुलुक हो । त्यस्तै आगामी वर्षको विश्व कपका लागि क्यानडा र मेक्सिकोसँगै सह–आयोजक पनि हो ।

फिफाको पहिले नै मियामीमा कार्यालय छ, तर ट्रम्प टावरमा कार्यालय खोल्नु अमेरिकाको सरकारसँगको सम्बन्ध अझै बलियो बनाउने विश्वास गरिएको छ ।

फिफा अध्यक्ष जियानी इनफान्टिनोले भने, ‘हामीले क्लब विश्वकप र आगामी विश्वकपका लागि अमेरिकी सरकार र राष्ट्रपति विशेषतः व्हाइट हाउस टास्कफोर्सबाट निकै ठूलो सहयोग प्राप्त गरेका छौं।’

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top