×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

२७ असार २०८२

२७ असार , काठमाडौ ।

गत २१ जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसलमा गरेको एउटा पोस्ट भाइरल बन्यो । त्यो भाइरल पोस्टको सार थियो– ‘विश्वशान्तिकालागि धेरै प्रयास गरेको भएपनि मैले नोबेल शान्ति पुरस्कार पाउँदिन । ’सो पोस्टमा उनले आफूद्वारा विश्वशान्तिका लागि गरिएका प्रयासबारे जिकिर गरेका छन् ।

Advertisement
Advertisement

कङ्गो र रुवान्डाबीच भएको सम्झौतादेखि लिएर भारत र पाकिस्तान बीचको युद्ध रोक्न आफूलेखेलेको भूमिका, सर्बिया र कोसोवो बीचको युद्ध रोक्न खेलेको भूमिका, इजिप्ट र इथियोपिया बीचको सम्झौता, अब्राह्म सम्झौता लगायतको चर्चा गर्छन् र यो कुनै पनि प्रयासका लागि नोबेल पुरस्कार समितिले शान्ति पुरस्कार आफूलाई नदिनेमा विश्वस्त रहेको दोहो¥याउँछन् ।

उनको जिकिरले नोबेल शान्ति पुरस्कारप्रतिको उनको मोहलाई प्रस्ट्याउँछ । अमेरिकी राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार पाउने औधी इच्छा छ भन्ने उनको यो भित्री अभिव्यक्ति हो ।

उनले यसअघि पनि धेरै पटक आफ्नो इच्छा सार्वजनिक गरिसकेका छन् । उनको यो पछिल्लो पोस्टपछि पाकिस्तान सरकारले सार्वजनिक रुपमै अमेरिकी राष्ट्रपति ट्रम्पको नाम सन् २०२६ को नोबेल शान्ति पुरस्कारकालागि सिफारिस गरेको छ ।

तर पाकिस्ताने ट्रम्पको नाम सिफारिस गरेको केही घण्टा नबित्दै अमेरिकाले इरानमाथि बमबारी गर्छ र पाकिस्तान सरकार पुनःएकपटक अमेरिकी आक्रमणको निन्दामा उत्रन्छ ।

केही पाकिस्तानी अधिकारीहरु ट्रम्पको नाम शान्ति पुरस्कारका लागि सिफारिस गर्ने पाकिस्तान सरकारको निर्णयप्रति आलोचना गर्छन् तर पाकिस्तान सरकार आफ्नो निर्णयमा अडिग नै छ ।

यसअघि एक युक्रेनी सांसदले ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका थिए । तर पछि उनले मनोनयन फिर्ता लिएका थिए । ट्रम्पको सारा ध्यान मध्यपूर्वमा रहेको र रुस–युक्रेन युद्धलाई बेवास्ता गरेको ती युक्रेनी सांसदको भनाइ थियो ।

ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्दा पाकिस्तानले दिएको तर्क अहिलेसम्म सर्वस्वीकार्य बन्न सकेको छैन । २२ अप्रिल २०२५ मा भारतको कश्मिरस्थित पहलगाममा भएको आक्रमणपछि सुरु भएको भारत–पाकिस्तान युद्ध रोक्न अमेरिकाले मध्यस्थता गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी छ ।

पाकिस्तानले पनि सो युद्ध रोक्न अमेरिकाको पहल महत्वपूर्ण रहेको भन्दै ट्रम्पको नाम सिफारिस गरेको हो । तर भारतले अमेरिकाको दाबीलाई खण्डन गर्दै आएको छ । पाकिस्तानसँगको युद्धविरामको निर्णयमा अमेरिकाको कुनै भूमिका नरहेको भारतको जिकिर छ ।

पाकिस्तानसँगको मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका वा मध्यस्थता अस्विकार्य हुने आफ्नो विदेश नीतिमा भारत अडिग रहेको सन्दर्भ भारतीय प्रधानमन्त्रीले बारम्बार दोहो¥याएका छन् ।

पाकिस्तानपछि ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने राष्ट्र इजरायल बनेको छ । मध्यपूर्वमा शान्तिका लागि गरेको प्रयास र इरान–इजरायल युद्ध रोक्न गरेको मध्यस्थतालाई ध्यानमा राख्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पको नाम सिफारिस गरेका हुन् ।

उनले नोबेल पुरस्कार समितिमा पठाएको पत्रको प्रतिलिपि ट्रम्पलाई हस्तान्तरण गरिसकेका छन् । यसका अतिरिक्त अन्य केही अमेरिकी र विदेशी राजनीतिज्ञहरुले पनि ट्रम्पको नाम सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेका छन् ।

फेरि किन अमेरिकी राष्ट्रपति ट्रम्प आफूले पुरस्कार पाउनेमा विश्वस्त छैनन् त ?यो प्रश्नको दुईवटा सिधा जवाफ छन् । एक यसअघि नोबेल शान्ति पुरस्कारका लागि मनोनित हुनु तर पुरस्कार नपाउनु ।

दोस्रोजवाफ हो स्वयं उनको विवादास्पद व्यक्तित्व । ट्रम्प पहिलो पटक नोबेल शान्ति पुरस्कारका लागि मनोनित भएका होइनन् । यस अघि सन् २०१८, सन् २०२० र सन् २०२३ गरी तीन पटक मनोनित भइसकेका छन् ।

तर उनले पुरस्कार पाउन सकेका छैनन् । अघिल्ला वर्षहरुको व्यवहार हेरेर हुनसक्छ ट्रम्प आफूले पुरस्कार पाउँछु भन्नेमा विश्वस्त छैनन्।
अर्कोतिर ट्रम्पको व्यक्तित्व, अनुदार र कट्टर नेताको रुपमा चित्रित छ ।

राष्ट्रपतिको चुनाव जितेपनि उनीखासै लोकप्रिय र जनप्रिय नेता होइनन् । आफ्ना नीति र भड्काउ तथा आपत्तिजनक बयानका कारण उनी आलोचनाकै घेरामा रहन्छन् ।

अमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा कार्यरत ट्रम्पको राष्ट्रपतिको रुपमा यो दोस्रो कार्यकाल हो ।सन् २०१७ देखि सन् २०२१ सम्म ४५ औं राष्ट्रपतिको रुपमा उनको पहिलो कार्यकाल थियो ।

रिपब्लिकन नेता ट्रम्पको विदेश नीति अघिल्लो पटक र अहिले पनि आलोचनामा देखिन्छ । उनी धेरैले कट्टर विचार भएको र अतिवादी सोचका व्यक्ति भनेर आम मान्छेको बुझाई छ ।

आप्रवासीका बारेमा उनको सोच र नीति मानवताविरोधी हुन् भनेर आलोचना हुने गरेको छ । उनको पहिलो कार्यकाल र अहिले चल्दै गरेको कार्यकालको मुख्य एजेण्डा अमेरिकाबाट आप्रवासीहरु लखेट्ने देखिन्छ ।

जसले एकातर्फ ठूलो समर्थन त पायो, तर अर्कोतर्फ अमेरिकी जनताको ठूलै जमात उनको विरुद्धमा छ । आप्रवासी मात्र नभएर अल्पसंख्यक समुदायहरुका लागि आफ्नो रुढिगत र अनुदार सोचका कारण पनि उनी विवादमा आइरहन्छन् ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि उनले दिएका कतिपय अभिव्यक्ति आपत्तिजनक छन् । आफ्नै देशमा सबैको साझा, लोकप्रिय, जनप्रिय र स्वच्छ छवि बनाउन नसकेका ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि छनौट हुने सम्भावना कमै हुन सक्छ ।

ट्रम्पका नीतिले शरणार्थी कार्यक्रमलाई पनि नराम्ररी प्रभावित गरेको छ । द्वन्द्वरत देशहरुबाट प्रक्रिया पुरा गरेर शरणार्थीका रुपमा अमेरिका जानेहरुका लागि ट्रम्प प्रशासन उदार देखिदैन ।

पूर्वराष्ट्रपति जो वाइडेनको कार्यकाल सन् २०२४ मा एक लाख शरणार्थी अमेरिका पुगेका थिए । तर ट्रम्पले पदभार ग्रहण गरेलगत्तै शरणार्थी कार्यक्रम रोके । ट्रम्पको यो व्यवहारलाई विभेदकारी भनि आरोप लगाइको छ ।

बीबीसीको एक रिर्पोट अनुसार गत जनवरीमा शरणार्थी कार्यक्रम रोकेका ट्रम्पले फेब्रुअरीमा भने दक्षिण अफ्रिकाका श्वेतहरुमाथि उनीहरुको देशमा नश्लीय विभेद भएको भन्दै शरणार्थीका रुपमा अमेरिका आउने बाटो खोलेका थिए ।

यसै कार्यक्रम अनुरुप अफ्रिकानर, अर्थात श्वेत दक्षिण अफ्रिकीहरु शरणार्थीका रुपमा अमेरिका पुगे । सबै प्रक्रिया पुरा गरिसकेका र लामो समयदेखि पर्खिरहेका अन्य देशका शरणार्थीका लागि यो दुःखमाथि थपिएको अर्को दुःख थियो ।

मानवअधिकारवादी विभिन्न संघसंगठनहरुले पनि कसैलाई काखा कसैलाई पाखा गरिन नहुने भनाइ राखे । कुनै एउटा समूहले सहयोग पाउने, तर चरम उत्पीडन, दमन र हिंसामा परेका अनि गम्भीर जोखिमको सामना गरिरहेकाहरुले सोही प्रकृतिको सहयोग नपाउनु निष्पक्षता र समानताको सिद्धान्त विपरित हुने उनीहरुको तर्क थियो ।

उनको दोस्रो कार्यकालयमा निकै चर्चा र विवादमा रहेको अर्को प्रसंग आर्थिक नीति हो । उनले करसम्बन्धी लिएका निर्णयहरुले सारा विश्वको अर्थतन्त्र प्रभावित छ ।

चीनसँग व्यापार युद्धको जस्तो अवस्थामै पुगेको अमेरिकाले विभिन्न साना देशहरुका लागि पनि करको दायरा निकै बढाएको छ । ट्रम्पको यो नीति धेरैका लागि सर्वस्वीकार्य छैन ।

यस बाहेक वैश्विक समस्याको रुपमा रहेको ग्लोबल वार्मिङ र क्लाइमेट चेञ्ज जस्ता मुद्दामा पनि ट्रम्प फरक धारमा उभिन्छन् । साझा वैश्विक समस्याको रुपमा रहेका यी मुद्दाहरुबाट धेरै पटक पन्छिन खोजेको र यी समस्याको अस्तित्व नै स्वीकार्न नचाहेको उनका विगतका अभिव्यक्तिहरुले प्रस्ट्याउँछ ।

विश्व स्वास्थ्य संगठन जस्ता संस्थाहरुलाई दिने गरेको अनुदान र अन्य अन्तर्राष्ट्रिय अनुदानहरुमा गरेको कटौती पनि विवादको विषय रहेको छ ।

यी तथ्यहरु डोनाल्ड ट्रम्पका लागि नोबेल शान्ति पुरस्कार पाउने चाहनामा बाधक बनेर खडा भएका छन् । नोबेल शान्ति पुरस्कार पाउने ट्रम्पको चाहना विरोधाभासले भरिएको छ ।

उनले आफूलाई शान्तिप्रिय बताइरहे पनि रुस र युक्रेन युद्ध अनि प्यालेस्टाइनको गाजा क्षेत्रमाथि इजरायलको आक्रमण ट्रम्पले नचाहेकै कारण नरोकिएको कुरा कसैसँग लुकेको छैन ।

नोबेल शान्ति पुरस्कार पाउने पछिल्लो अमेरिकी राष्ट्रपति बाराक ओबामा हुन् । बाराक ओबामा तिनै राष्ट्रपति हुन् जसको विदेश नीतिलाई ट्रम्पले सधैँ आलोचना गर्छन् ।

एकातर्फ आफूले नोबेल शान्ति पुरस्कारको चाह राख्ने, अर्कातर्फ जुन विदेश नीति र युद्ध नीतिले ओबामालाई नोबेल शान्ति पुरस्कार दिलायो, त्यसको विरोध गर्ने, यी दुई कुरा पनि एक–आपसमा मेल खाँदैनन् ।

हालसम्म चार जना अमेरिकी राष्ट्रपतिले नोबेल शान्ति पुरस्कार पाएको इतिहास छ ।सन् १९०६ मा थियोडोर रुजबेल्ट, सन् १९१९ मा उड्रो विल्सन, सन् २००२ मा जिम्मी कार्टर र सन् २००९ मा बाराक ओबामाले विश्व प्रसिद्ध नोबेल शान्ति पुरस्कार प्राप्त गरिसकेका छन् ।

यस पटक ट्रम्पले यो पुरस्कार प्राप्त गर्न सके नोबेल शान्ति पुरस्कार पाउने उनी पाँचौ अमेरिकी राष्ट्रपति हुनेछन् । युद्ध रोक्न वा विश्व शान्तिका लागि उनले केही महत्वपूर्ण प्रयास नगरेका भने होइनन् ।

सन् २०२० मा ट्रम्पको अध्यक्षतामा अब्राह्म सम्झौता भएको थियो । अमेरिका, इजरायल र युएईबीच भएको यो सम्झौताले पश्चिम एसियाको राजनीतिमा धेरै प्रभाव पारेको छ ।

यो सम्झौता पछि इजरायललाई युएई, बहराइन, सुडान र मोरक्कोले मान्यता दिएको थियो । जसका कारण यी देशहरुसँग इजरायलको कुटनीतिक तथा व्यापारिक सम्बन्ध सुरु हुन सक्यो ।

यस सम्झौतापछि मध्यपूर्वको संकट धेरै हदसम्म समाधान हुने आश राखिएको थियो । तथापि यस सम्झौताले इजरायल र प्यालेस्टाइन बीचको द्वन्द्व रोक्न सकेन ।

नोबेल शान्ति पुरस्कारका लागि फेब्रुअरी महिनासम्म मनोनयन दर्ता गराउन मिल्छ । अक्टोबरमा नोबेल पुरस्कार छनोट समितिले विजेताको नाम घोषणा गर्छ ।

डिसेम्बर १० मा पुरस्कार समारोह आयोजना गरिन्छ । नोबेल शान्ति पुरस्कारको लागि मनोनयन वा सिफारिस गर्ने व्यक्ति वा संस्थाका लागि पनि कुनै खास मापदण्ड छैन ।

कुनै देशको कार्यकारी पदमा रहेका व्यक्तिदेखि विदेश नीतिमा दखल राख्ने प्राध्यापक वा कुटनीतिज्ञसम्मले स्वविवेकका आधारमा कसैको नाम सिफारिस गर्न पाउँछन् ।

हरेक वर्ष सैयौंको संख्यामा नोबेल शान्ति पुरस्कारका लागि नाम सिफारिस गरिन्छ । तर मनोनयनमा परेकाको नाम ५० वर्षसम्म समितिले सार्वजनिक गर्दैन ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top