३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

२८ असार ८२, शनिबार
Share this
749shares

२८ असार, काठमाडौं ।

Advertisement

देशभर मनसुनी वायुको प्रभाव रहेपनि आज विहानैदेखि देशका धेरै ठाउँमा घाम चर्केको छ । दिउँसो भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै राति पनि कोशी, मधेश र बागमती प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ । मुख्यगरी बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही ठाउँमा तथा बाँकी भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गएराति सामान्य मात्रै वर्षा भएको थियो ।

Advertisement

विहान भने पाल्पा र बाँकेमा हल्कादेखि मध्यम वर्षा भएको छ । यसबीच मौसम विभागले महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

भारतस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका शुक्रबार राति १२ बजेदेखि शनिबार अपराह्न १२ बजेसम्म खोलिने भएकोले महाकाली नदीमा जलसतह बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।

Advertisement

विभागले सूचना जारी गर्दै महाकाली नदीको जलसतह बढ्ने जनाउँदै आइतबार बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको हो । त्यसैगरि धौलीगङ्गा पावर स्टेशन एनएचपीसीले पनि एक सूचना जारी गर्दै शुक्रबारदेखि बाँधका ढोका खोल्ने जनाएको छ ।

पावर स्टेशनको जलाशयमा पानी अत्यधिक भएकाले सल्ट सरसफाइका लागि आकस्मिक रूपमा बाँध खोल्नुपरेको एनएचपीसीले जनाएको छ।

यस्तै बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाब सतर्कता तहभन्दा तलै छ ।

जिल्लाका हिसाबले भने आज बारा, पर्सा, रौतहट, काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काभ्रेपलान्चोक, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ ।

साथै आज संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, सिन्धुली, गोरखा, धादिङ, नुवाकोट, सल्यान, रुकुमपूर्व, रुकुमपश्चिम, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत, गुल्मी, प्यठान, बैतडी, डोटी, बझाङ र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना पनि मध्यम नै रहेको बाढी महाशाखाले जनाएको छ ।

यी ३३ जिल्लालाई बाढी महाशाखाले पहेँलो रङ अर्थात् एल्लो अलर्टमा राखेर खोला÷नदी क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top