×

NEPAL TIMES UPDATES

Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026

स्पेन प्रकरणमा ओलीविरुद्ध अख्तियारमा उजुरी, तत्काल पक्राउ गर्न माग

२९ असार २०८२

२९ असार , काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालैको स्पेन भ्रमणलाई लिएर मान्छे छाडेको भनी लगाइएको आरोप बारे मुख खोलेका छन् । उनले यो आरोपलाई घटिया, अराजक र झुटो प्रचार को संज्ञा दिँदै त्यसको खण्डन गरेका छन्।

Advertisement
Advertisement

प्रतिनिधिसभामा समेत प्रतिपक्ष दलका सांसदहरुले यस बारे जवाफ मागिरहेका बेला प्रधानमन्त्री ओलीले झापाको दमकमा एक सडक आयोजनाको उद्घाटन गर्दै यस्ता वाहियात कुराको जवाफ दिन आवश्यक नभएको बताएका छन् ।

तर, प्रधानमन्त्रीले यसरी खण्डन गरिरहँदा यही प्रकरणमा उनीविरुद्ध अख्तियारमा उजुरी परेको छ। यस्तै प्रधानमन्त्री सहभागी कार्यक्रममो बहानामा मानव तस्करको गिरोहले नेपाली युवालाई युरोप पु¥याएको डरलाग्दो तथ्य समेत सार्वजनिक भएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको र त्यसलाई सहन नसकेर विपक्षी तथा अराजकतावादी तत्वहरूले आफूविरुद्ध नियोजित रूपमा घटिया प्रचार गरेको आरोप लगाए।

उनले भने, “म स्पेन गएको थिएँ। त्यहाँ हाम्रो भूमिका असाध्यै राम्रो भयो। त्यो सहन नसकेर मान्छे छाडेर आयो भन्ने जस्ता कुरा गरे। त्यो हुन सक्ने कुरा हो? प्रमाणित गर्न सकिने कुरा हो? यस्तो राजनीति नगर्न म सबैलाई सुझाव दिन चाहन्छु।”

आज मात्रै रास्वपा सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री ओली सहभागी स्पेनको कार्यक्रममा गएका नेपालीहरू नफर्किएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने मागसमेत गरिेकी छन् ।

यसअघि प्रतिनिधिसभामा रास्वपा सांसद सोबिता गौतमले यो विषय उठाएकी थिइन्। लगत्तै परराष्ट्र मन्त्रालय, एमालेका प्रमुख सचेतक महेश बर्तौला र प्रधानमन्त्रीको सचिवालयले पनि आरोपको खण्डन गर्दै को–को फर्किएनन् भनी नाम देखाउन चुनौती दिएका थिए।

प्रधानमन्त्रीले आरोपलाई ठाडै अस्वीकार गरे पनि, उनको भ्रमणको मौका छोपेर मानव तस्करहरूले संयुक्त राष्ट्रसंघको कार्यक्रमलाई ढाल बनाएको भेटिएको छ।

प्रधानमन्त्री ओली ‘विकासका लागि वित्तको चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा भाग लिन स्पेन गएका थिए। सोही सम्मेलनमा गैरसरकारी संस्थाको प्रतिनिधि बनेर सहभागी हुने भन्दै केही युवाहरूलाई युरोप छिराइएको खबर बाहिरिएको छ ।

स्पेनमा रहेका एक नेपाली युवालाई उदृत गर्दै मानव तस्करीमा संलग्न गिरोहले उनीहरूबाट लाखौं रकम असुलेर एनजीओको नक्कली कागजातका आधारमा सम्मेलनमा सहभागिताका लागि अनलाइन फारम भरेको बताइएको छ ।

त्यसका आधारमा आयोजकले पठाएको ‘लेटर अफ एप्रुभल’ देखाएर उनीहरूले दिल्लीस्थित स्पेनको दूतावासबाट भिसा लिएका थिए। यीमध्ये केही युवा प्रधानमन्त्री ओलीसँगै एउटै विमानमा स्पेन गएका थिए र उनीहरूले प्रधानमन्त्रीसँग तस्बिरसमेत खिचाएका थिए।

यद्यपि, उनीहरू प्रधानमन्त्रीको औपचारिक भ्रमण टोलीमा भने सामेल नभएको भनिएको छ । प्रधानमन्त्री स्पेन उडेको भोलिपल्टै विमानस्थलका कर्मचारीहरूलाई ५५ जनाको शंकास्पद सूची प्राप्त भएको थियो।

सोही दिन खानेपानीमन्त्री प्रदीप यादवसहितका अधिकारीहरू स्पेन जाँदै थिए। एयरलाइन्सका अधिकारीहरूका अनुसार, त्यस रात विभिन्न उडानबाट स्पेन जान लागेका २५ जनालाई उतारिएको थियो।

तीमध्ये धेरैले नक्कली कागजात बोकेका थिए र केहीले त आफू किन स्पेन जाँदैछु भन्ने समेत स्पष्ट बताउन सकेका थिएनन्। विमानस्थलमा कडाइ गरिए पनि गिरोहका केही सदस्य सफल भए।

काठमाडौंबाट दोहा ट्रान्जिट हुँदै स्पेनको मड्रिड पुगेपछि केही युवाहरू सम्मेलन स्थलतर्फ नगई गिरोहले व्यवस्था गरेको छुट्टै ठाउँमा बसे। हालसम्म कम्तीमा ७ जना युवा स्पेनमै लुकेर बसेको खबर बाहिरिएको छ ।

एकातिर प्रधानमन्त्री ओली राजनीतिक प्रतिशोधको आधारमा आरोप लगाइएको भन्दै आक्रोशित छन् भने अर्कोतिर, उनको भ्रमणको आडमा एउटा संगठित अपराध मौलाएको तथ्य बाहिरिएको छ।

अर्काेतफी प्रधानमन्त्री केपी शर्मा ओलीसँगै स्पेन गएकाहरु नफर्किएको विषयमा छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सिन्धुलीका युवराज सफलले आज आयोगमा उजुरी दर्ता गराएका हुन् ।

गत असार १६ गतेदेखि २१ गतेसम्म स्पेनमा भएको ‘ईण्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेण्ट अफ युनाइनेट नेशन्स’ मा सहभागी हुन प्रधानमन्त्री ओलीको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलका दश जना नफर्किएको समाचार आइरहेको जनाउँदै उनले अनुसन्धानको माग गरेका छन् ।

तेह्रथुमका फुर्वा, जीवन, काभ्रेका राजेश, झापाका एटराज, प्रणियता, ताप्लेजुङका डण्डु, शिक्षा, चितवनका अर्जुन, म्याग्दीका रविन र पर्वतका हरिप्रसाद नफर्किएको र उनीहरुसँग लाखौं रकम असुलेको उजुरीमा उल्लेख छ ।

विभिन्न देशका राष्ट्र प्रमुख, विश्व तथा क्षेत्रीय संघसंस्था, संयुक्त राष्ट्र संघ प्रणालीका पदाधिकारी तथा मुलुककै प्रधानमन्त्रीजस्तो व्यक्ति सहभागी कार्यक्रममा मानव तस्करहरुले लाखौं रकम असुलेर नेपाली तस्करी गरी विदेश लैजानुले सिंगो देशको बेइज्जती भएको उजुरकर्ताको भनाइ छ ।

यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने उल्लेख गर्दै उजुरीमा भनिएको छ, ‘उहाँले नैतिकताको आधारमा तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिएर मानव तस्करी प्रकरणमा उहाँमाथि छानबिन गरी आवश्यक कानूनी कारबाहीसमेत गर्नुपर्ने देखिन्छ।’

मानव तस्करी प्रकरणमै समातिएका कोशी प्रदेशका तत्कालिन आन्तरिक तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई जसरी प्रधानमन्त्री ओलीलाई पनि तत्काल पक्रेर कारबाही अघि बढाउनुपर्ने माग छ ।

साथै, तस्करी प्रकरणमा दश जनाको नाम समावेश तथा कागजात तयार पार्ने भूमिकामा को थिए ? कार्यक्रममा कसरी उनीहरुको नाम घुसाइयो ? प्रधानमन्त्रीले के आधारमा उनीहरुलाई भ्रमण टोलीमा राखे ? यो विषयमा प्रधानमन्त्रीको धारणा के छ ? भनी उनलाई अख्तियारमा बोलाएर बयान लिन पनि उजुरीमा आग्रह गरिएको छ ।

‘यो उजुरीलाई प्राथमिकताको साथ अनुसन्धान गरी यस प्रकरणमा प्रधानमन्त्रीको संलग्नता के कति छ वा छैन ? छ भने कसरी छ ? छैन भने कसरी छैन ? यति धेरै संख्यामा मानव तस्करी हुँदा प्रधानमन्त्रीलाई जानकारी हुनुपर्ने हो वा हैन ?

कतै प्रधानमन्त्रीकै संलग्नतामा त यो भइराखेको छैन ? वा उहाँलाई गुमराहमा पारेर मानव तस्करी भएको हो ? यसको जवाफ सिंगो नेपाल र नेपाली नागरिकले खोजी रहेका छन् ।

Advertisement
Advertisement

अतः यस प्रकरणलाई छिटोछरितो तरिकाले अनुसन्धान गरी दोषीलाई हदैसम्मको कारबाही गर्न यो उजुरी पेश गर्दछु,’ युवराज सफलले भनेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top