×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु

२९ असार २०८२

२९ असार , काठमाण्डौ ।

युद्धविराम भएको केही साताहरु बितिसकेपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दाबी गरेका छन् कि इरान परमाणु बम बनाएर उनको देशमा हमला गर्ने तयारीमा थियो ।

Advertisement
Advertisement

नेतन्याहुले अमेरिकी मिडिया आउटलेट फक्स न्यूजमा दिएको एक अन्तर्वार्तामा यस्तो दाबी गरेका हुन् । शनिवार प्रसारित सो अन्तर्वार्तामा नेतन्याहूले इरानका साथ भएको युद्धका बारेमा कुरा गरेका थिए ।

उनले भने, हिजबुल्लाहको पतन र धुरी शक्तिहरु जस्तो कि सिरियामा सत्ता पलटपछि इरानी इस्लामिक रिभोल्यूशरी गार्ड कप्र्स (आइआरजीसी)ले देशमा संवर्धित गरिएको यूरेनियमबाट एटम बम बनाउन जुटेको थियो ।

नेतन्याहू अगाडि भने, ’हामीले यसलाई देख्यौं । हामीले भनेका थियौं कि एक वर्षभित्र उनीहरुसंग परमाणु बम हुनेछ र उसले यसको प्रयोग गर्नेछ । अन्य परमाणु शक्तिहरुका विपरीत, इरानले वास्तवमा यसको प्रयोग गथ्र्यो र हामीलाई सखाप पार्ने उसकोे योजना थियो’ ।

गाजामा युद्ध र त्यहाँ रहेका बंधकहरुका बारेमा सोधिएको प्रश्नमा नेतन्याहूले भने, ’हामी उनीहरुलाई हानी नपुर्याउनका लागि हरसंभव प्रयास गरिरहेका छौं’ ।

इजरायली प्रधानमंत्रीले भने, इजरायल नागरिक मृत्युबाट बच्नका लागि हरसंभव प्रयास गर्छ तर हमास यसलाई उल्ट्याउनका लागि सकेको जति प्रयास गर्छ ।

अन्तर्वार्तामा नेतन्याहूलाई सोधिएको थियो कि यदी उनले इतिहासमा कुनै व्यक्तिसंग भेट्ने मौका पाए कोसंग भेट्न रुचाउँछन् । यसमा उनले बिना हिच्किचाहट जवाफ दिए,– ’थियोडोर हर्जल।’

अस्ट्रियाली–हंगेरियन पत्रकार, वकील र लेखक थियोडोर हर्जललाई आधुनिक यहूदीवादको जनक मानिन्छ । उनले पहिलो पटक यहूदिहरुका लागि अलग देशको अवधारणा राखेका थिए ।

नेतन्याहूले भने, ’हर्जल ३६ वर्षका थिए, जब उनले भनेका थिए कि यूरोपमा यहूदी–विरोधी शक्तिहरुले यहूदी मानिसहरुको सफाया गरिदिनेछन् । यसको एकमात्र समाधान, यदी हामीले आफ्नो पैतृक भूमि (जेरुशलमको क्षेत्र) मा एक यहूदी राज्यलाई पुनर्जीवित गर्यौं र सो भूमीलाई कहिले पनि छाडेनौ भने । हर्जललाई सम्झदै नेतन्याहुले अगाडि भने, ’४४ वर्षको उमेरमा उनको मृत्यु भयो । त्यसअघि ८ वर्षको अवधिमा उनले यहूदीहरुमा यो अविश्वसनीय चिंगारी जलाएका थिए कि ५० वर्षपछि एक यहूदी राज्य बन्नेछ।’

यहुदी राज्यका लागि आफ्नो प्रेम र युद्ध नगरेको भए इरानले सोही राज्यलाई परमाणुले उडाउन लागेको नेतन्याहुले दाबी गरिरहँदा यता इजरायली हमलाका क्रममा इरानी राष्ट्रपति घाइते भएको पनि खुलेको छ ।

१२ दिने युद्धका क्रममा इरानका राष्ट्रपति मसूद पेजेश्कियान इजरायली हमलामा घाइते भएको खुलेको हो । आइआरजीसीसंग जोडिएको फार्स न्यूज एजेंसीले आइतबार यो जानकारी दिएको हो ।

यसमा भनिएको छ कि १६ जूनमा इरानी राजधानी तेहरानमा भएको इजरायली हमलामा राष्ट्रपति पेजेश्कियान घाइते भए तर सामान्यरुपमा ।

यो हमला त्यतिबेला भएको थियो जतिबेला राष्ट्रपति पेजेश्कियान वरिष्ठ ईरानी अधिकारीहरुका साथमा तेहरानमा बैठकमा सहभागि थिए । हमलामा बैठकमा भाग लिएका कयौं सदस्यहरु पनि घाइते भएका थिए ।

फार्स न्यूज एजेंसीको रिपोर्टका अनुसार, हमलाका क्रममा पेजेश्कियानको खुट्टामा चोट लागेको थियो । यो बैठक युद्ध शुरू भएको चार दिनपछि १६ जूनमा तेहरानको पश्चिमी क्षेत्र स्थित एक भवनमा आयोजना गरिएको थयो ।

सो भवनको तल्लो भागमा भएको यो बैठकमा ईरानी राष्ट्रपतिसहित संसद अध्यक्ष र न्यायपालिकाका प्रमुखले पनि भाग लिएका थिए । रिपोर्टमा भनिएको छ कि यो अपरेशन हिजबुल्लाह चीफ हसन नसरल्लाहको हत्याका बेला जस्तै थियो ।

इजरायलले लेबनानको ईरान समर्थित चरमपंथी समूह हिजबुल्लाहका तत्कालीन प्रमुख हसन नसरल्लाहको बेरूत स्थित मुख्यालयमा नै हत्या गरेको थियो ।

Advertisement

हसन नसरल्लाहलाई त्यो बेला निशाना बनाइएको थियो जब उनी समूहको शीर्ष कमांडरहरुका साथमा अंडरग्राउंड मुख्यालयमा बैठकमा थिए ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top