×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

३० असार २०८२

३० असार , काठमाडौं ।

सुनसरीको हरिनगर गाउँपालिका–६ मा आइतबार मध्यरातमा एक युवतीको गोली हानी हत्या भएको छ । हरिनगर गाउँपालिका–६ निवासी ४० वर्षीय गफार मियाकी १८ वर्षीया छोरी अर्सी खातुनलाई राति करिब १ः३० बजे घरमा सुतिरहेको अवस्थामा गोली प्रहार गरी हत्या गरिएको हो ।

Advertisement
Advertisement

प्रहरीका अनुसार, खातुनका भिनाजु, भारतको अररिया जिल्ला पत्रा ग्रामपञ्चायत बस्ने २७ वर्षीय अजाद मियाले उनको कन्चटमा गोली हानी हत्या गरेर फरार भएका छन् ।

घरेलु विवाद हुँदा मियाँले गोली प्रहार गरेका जनाइएको छ । गोली प्रहारबाट खातुनको घटनास्थलमै मृत्यु भएको थियो । गोली प्रहार गरेलगत्तै आरोपी मियाँ फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

भारतको सुपौल र सुनसरीको हरिनगर नाकासहित सीमावर्ती क्षेत्रमा खोजतलास र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ ।घटनास्थलमा एउटा खोका फेला परेको छ ।

घटनास्थल भारतीय सीमा क्षेत्र नजिकै पर्छ । “भिनाजुले हानेको भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ,” एसपी सुमनकुमार तिम्सिनाले भने, “टाउकोमा गोली प्रहार गरी उनी भारततिरै भागेको देखिएको छ । खोजबिन जारी छ ।”

अर्सीको टाउको गोली हानेको पाइएको उनले बताए । गोली हान्ने व्यक्ति भारततर्फ नै भागेको देखिएको बताउँदै उनले भने, “खोजी कार्य सुरु भइसकेको छ ।”

उता रुकुम पूर्वको सिस्ने गाउँपालिकाकी कार्यालय सहायक पदमा कार्यरत कोइली शाहीको मृत्यु प्रकरणमा एक जना पत्रकार मुछिएका छन् । प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्री घटनामा मुछिएका हुन् ।

खत्रीमाथि आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको छ । शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको हो ।

रुकुम पूर्व सिस्ने गाउँपालिका–६ खोपिचार घर भएकी २५ वर्षीया कोइली शाही शनिबार बिहान कोठामा मृत फेला परेकी थिइन् । शाहीको परिवारले पत्रकार खत्रीविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएको हो ।

खत्रीले शाहीलाई फोन गरेर पटक–पटक तनाव दिने गरेको परिवारका सदस्यको आरोप छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमा शंकर प्रसाद यादवले घटनाको अनुसन्धान भइरहेको र जाहेरी परेका व्यक्तिको खोजी कार्य चलिरहेको बताएका छन् ।

मृतकको अन्त्येष्टि गरिसकिएको छ तर पोष्टमार्टम रिपोर्ट भने आएको छैन । रिपोर्ट आउन अझै केही दिन लाग्ने डीएसपी यादवले बताए । जाहेरी परेपछि पत्रकार खत्री भने फरार भएका छन् ।

उनी कसैको सम्पर्कमा आएका छैनन् । यसैबीच नेपाल पत्रकार महासंघका पूर्व केन्दीय उपाध्यक्ष कृष्ण प्रसाद बस्याल (राकेश) को आइतबार मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा उनको मृत्यु भएको हो। हुलाकी सडकको सोही पालिका–८ स्थित गणेश चोकमा मोटरसाईकल अनियन्त्रित भई पछाडि बसेका बस्याल गम्भीर घाइते भएका थिए।

Advertisement

साइकल यात्रुलाई जोगाउँदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। मोटरसाइकल चालक विष्णु पौडेलको भने उपचार भइरहेको छ । ५७ वर्षीय बस्याल दुई कार्यकाल पत्रकार महासंघ, बर्दियाका अध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्ष बनेका थिए।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top