×

NEPAL TIMES UPDATES

Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026

बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते 

२ श्रावण २०८२
१ साउन , काठमाण्डौ  ।
जनप्रर्दशनकै कारण सुरक्षाका लागि देश छाडेर भाग्न विवश भएकी बंगलादेशमा शेख हसिनाका समर्थकहरूले अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसविरुद्ध मोर्चा खोलेका छन्।
बंगलादेशको गोपालगञ्जमा युनुस समर्थित एनसीपी र शेख हसिनाको अवामी लिगका विद्यार्थी संगठनहरूबीच झडप भएको हो ।  प्रदर्शन र झडपका क्रममा ४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
हाल गोपालगञ्ज क्षेत्रमा कफ्र्यू लगाइएको छ।  समाचारअनुसार विभिन्न स्थानमा अर्धसैनिक कर्मचारीहरू तैनाथ छन् । मोहम्मद युनुसले हिंसात्मक झडपको लागि अवामी लिगको निन्दा गरेका छन् र हिंसाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउने बताएका छन्।
अर्कोतर्फ, शेख हसिनाको पार्टी अवामी लिगले युनुस सरकारले आफ्ना कार्यकर्ताहरूलाई आक्रमण गरेको आरोप लगाएको छ।
एनसीपीको ¥यालीलाई लिएर बुधबार अवामी लिगका कार्यकर्ता र सुरक्षाकर्मीबीच भएको हिंसात्मक झडपपछि बंगलादेशको गोपालगञ्ज जिल्लामा बिहीबार पनि तनावपूर्ण  अवस्थाका बीच कफ्र्यू जारी छ ।
बढ्दो तनावलाई नियन्त्रणमा लिन सरकारले कफ्र्यू  लगाएको हो।  सरकारका मुख्य सल्लाहकारको प्रेस शाखाका अनुसार, बिहीबार साँझ ६ बजेसम्म कफ्र्यू लागू रहनेछ।
बुधबार दिनभर गोपालगञ्जमा अवामी लिग, यसको प्रतिबन्धित विद्यार्थी संगठन छात्र लिग र अन्य सम्बद्ध संगठनका कार्यकर्ताहरूले लाठी बोकेर र ढुङ्गामुढा गर्दै विभिन्न स्थानमा कब्जा जमाएपछि अशान्ति बढेको  ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।
स्थितिलाई नियन्त्रणमा लिन सेना, ¥यापिड एक्सन बटालियन, प्रहरी र बंगलादेश सीमा सुरक्षा बलका चार प्लाटुनले सहरभरि गस्ती तीव्र पारेका छन्।
जिल्लाका डेपुटी कमिश्नर मुहम्मद कमरुज्जमानले गोपालगञ्ज सदरमा धारा १४४ पनि लागू गरेका छन्, तर यसको समयसीमा तोकिएको छैन। अस्पताल र प्रहरी स्रोतका अनुसार, झडपमा हालसम्म चार जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
यसैबीच, सरकारले गोपालगञ्जको हिंसालाई पूर्ण रूपमा अनुचित भन्दै दोषीहरूलाई कानुनी कठघरामा ल्याइने चेतावनी दिएको छ। एनसीपीको शान्तिपूर्ण ¥यालीमाथि भएको आक्रमणबारे जारी विज्ञप्तिमा भनिएको छ, यो स्पष्ट होस् हाम्रो राष्ट्रमा हिंसाको कुनै ठाउँ छैन।
न्याय स्थापित हुनैपर्छ र हुनेछ।  सरकारले आफ्नो क्रान्तिकारी आन्दोलनको पहिलो वार्षिकोत्सव मनाउन शान्तिपूर्ण ¥याली गर्नबाट युवा नागरिकहरूलाई रोक्नु उनीहरूको मौलिक अधिकारको लाजमर्दो उल्लंघन भएको बताएको छ।
तनाव बढेपछि एनसीपीका नेताहरूलाई सेना, प्रहरी, ¥याब र बीजीबीको सहयोगमा गोपालगञ्जबाट सुरक्षित रूपमा निकालिएको थियो। सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा उनीहरूलाई बख्तरबन्द गाडीमा प्रवेश गर्दै गरेको देखाइएको थियो।
उनीहरूलाई पछि खुल्ना सर्किट हाउस र एक स्थानीय होटलमा लगिएको थियो।  खुल्नामा राति पत्रकार सम्मेलन गर्दै एनसीपीका संयोजक नाहिद इस्लामले अवामी लिग र यसका प्रतिबन्धित संगठनहरूले ज्यान लिने उद्देश्यले आफ्नो शान्तिपूर्ण ¥यालीमाथि आतंकवादी शैलीको आक्रमण गरेको आरोप लगाएका छन् ।
यसको प्रतिक्रियामा एनसीपीले आक्रमणको विरोधमा बिहीबार राष्ट्रव्यापी प्रदर्शनको घोषणा गरेको छ। गत वर्ष जुलाई १७ मा, एक विद्यार्थीको मृत्युपछि व्यक्तिगत प्रतिक्रियाबाट सुरु भएको घटना बंगलादेशका मनसुन क्रान्तिको सबैभन्दा तीव्र र अराजक टकरावहरू मध्ये एकमा परिणत भएको थियो।
ढाका विश्वविद्यालयका अर्थशास्त्रका विद्यार्थी मुसा अहमद भन्छन्, म सुरुदेखि नै कोटा आन्दोलनमा सामेल थिइनँ। तर अबु सइदको मृत्युले मलाई झस्कायो।
त्यतिबेला मलाई लाग्यो कि अब चुप लागेर बस्नुको कुनै अर्थ छैन।   यो घटनाबाट नै बंगलादेशमा देशब्यापी आन्दोलन सुरु भएको थियो । जसको बदलमा प्रधानमन्त्री शेख हसिनाले देश छाडेर भाग्नु पर्याे ।
हसिना अहिले भारतको शरणमा छिन् । तर बंगादेशले उनको रहादानी रद्ध गरिसकेको छ भने उनििवरुद्ध सयौं अपराधिक मुद्दा दायर गरिएका छन् । उनको सम्पत्ति समेत जफत गर्ने त्याहाको अदालतले आदेश दिइसकेको छ ।
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top