×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

पाकिस्तानी सेना प्रमुखपछि प्रधानमन्त्रीलाई स्वागत गर्न ट्रम्प आतुर

८ श्रावण २०८२
७ साउन , काठमाण्डौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वाइट हाउसमा पुनरागमन अमेरिकी जनता वा बाँकी विश्वलाई कति फाप्ला, नफाप्ला थाहा छैन । तर पाकिस्तानका लागि भने अहिलेसम्म निकै फापेको देखिएको छ ।
ट्रम्पले जुन प्रकारले पाकिस्तानलाई सम्बोधन, खासगरी भारतकै स्तरमा राखेर पाकिस्तानलाई मित्रवत व्यवाहार गर्ने भनिरहँदा र पाकका प्रभावशाली नेताहरुलाई वासिंगटनमा स्वागत गरेर ट्रम्पले पाकिस्तानको हैसियतमात्रै माथि उठाएका छैनन्, पाकिस्तानलाई भारतविरुद्ध अझ बलियो गरि उभिन ढाडस समेत मिलेको छ ।
किनभने एकातिर एउटा महाशक्ति चीन उसको ब्याकबोन बनेको छ भने अर्कातर्फ अर्को महाशक्ति अमेरिकाले पाकिस्तानलाई निकै भाउ दिइरहेको छ ।
यसले पाकिस्तानको दुवै हातमा लड्डु देखिदा भारतको मन भने अमिलो, पिरो, नमिठो भएको छ । पाकिस्तानतर्फ अमेरिकाको धापले भारत शशंकित र चिढिएको पनि छ ।
यी सबकाबीच अब पाकिस्तानका प्रधानमंत्री शहबाज शरीफ छिटै नै वाशिंगटन जाने भएका छन् । यो जानकारी अमेरिकी विदेश विभागकी प्रवक्ता ट्यामी ब्रुसका तर्फबाट आएको हो ।
यसअघि भने स्वयं डोनाल्ड ट्रम्प साउथ एशियाको भ्रमणमा आउने भएका छन् र सो क्रममा उनी पाकिस्तान पनि जाने बताइएको छ । तर यसमा अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन ।
तर अमेरिकाका तर्फबाट भने पाकिस्तानी प्रधानमन्त्रीलाई निम्ता गरिएको कुरा भने सार्वजनिक गरिएको हो । अमेरिकी विदेश विभागकी प्रवक्ता ब्रुससंग कश्मीर मुद्दा र ट्रंपको भारत–पाकिस्तानका बीच मध्यस्थताको दाबीलाई लिएर सोधिएको प्रश्नमा उनले भनिन्, ‘पाकिस्तानको एक प्रतिनिधिमंडल वाशिंगटन आउन लागेको छ र सो क्रममा द्विपक्षीय वार्ता हुनेछ ।
ट्यामी ब्रुसको यो संकेतपछि ट्रंपले कश्मीर मुद्दामा  पाकिस्तानसंग मिलेर वैश्विक मुद्या बनाउन लागेको अनुमान लगाइएको छ ।  भारतले यसलाई द्विपक्षीय मुद्दा भनिरहेका बेला अब यो विषय अन्तराष्ट्रिकरण हुने देखिएको छ ।
जसले स्वभाविकरुपमा भारतको चिन्ता, चासो र आक्रोस बढाइदिएको छ । अमेरिकाले यसअघि पाकिस्तानका सेना प्रमुख र फील्ड मार्शल आसिम मुनीरलाई अमेरिका बोलाएर व्हाइट हाउसमा स्वागत गरिसकेको छ ।
लगभग दुई दशक पहिलो सन २००६ मा तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू.बुशले पाकिस्तानको भ्रमण गरेका थिए । त्यसयता कुनै पनि अमेरिकी राष्ट्रपति पाकिस्तान आएका छैनन ।
डोनाल्ड ट्रंप पाकिस्तान आउने सम्भावना त छ तर टुंगो लागिसकेको छैन । तर उनले वाइट हाउसमा पाकिस्तानी पीएमसंगको बैठक तय गरिसकेका छन् ।
अघिल्लो पटक जब आसिम मुनीर अमेरिका गएका थिए सो बेला उनले डोनाल्ड ट्रंपका लागि नोबल शांति पुरस्कारको माग गरेका थिए । ट्रंपले पनि उनलाई राजकिय भोजन गराएका थिए ।
सो वार्तापछि नै हो ईरानमा अमेरिकाले १२ हजार  किलोका बम खसालेको । अर्थात सोबेला मुनिरसंग ईरानविरुद्ध इजरायलको युद्धमा  समर्थन हासिल गर्ने ट्रम्पको प्रयास गरेको विश्लेषण गरिएको थियो ।
किनभने यसअघि आवस्यक पर्यो भने पाकिस्तानले इरानका लागि इजरायलमा परमाणु हान्ने सम्मका खबरहरु आएका थिए, इरानी उच्च अधिकारीले नै त्यो खुलासा गरेका थिए । तरपछि त्यसलाई पाकिस्तानले खण्डन गरेको थियो ।
यसमा अमेरिकाले भूमिका खेलेको चर्चा भएको थियो । अब फेरि प्रधानमन्त्री शहबाज शरीफलाई बोलाएर ट्रंपले कश्मिरसहितको मुद्या उछाल्ने त्रास भारतमा बढेको छ ।
साथै पाकिस्तानले सिंधु जल सम्झौताको मुद्दा पनि वाइट हाउसमा उठाउने भारतको चिन्ता छ । पाकिस्तान र अमेरिकाबीच अपरेशन सिंदूरलाई लिएर सुरुदेखि नै साठगांठ रहेको भारतको आशंका छ ।
ट्रंपले अहिलेसम्म युद्धविरामको जश आफूले लिइरहेका छन् र भारतले भोगेको क्षतिका बारेमा पनि खुलासा गरिरहेका छन् । मंगलवार पनि ट्रम्पले भारत र पाकिस्तान बीच सैन्य टकरावका क्रममा ५ विमानहरु खसालेको दाबी दोहोर्याए ।
आफूले नै युद्धविराम गराएको स्मरण गराए । डोनाल्ड ट्रंपले ‘व्हाइट हाउस’ मा आयोजित एक कार्यक्रममा भने, ‘हामीले भारत र पाकिस्तानको मात्रै होइन, कंगो लोकतांत्रिक गणराज्य र रुवांडाका बीच पनि युद्ध रोकेका छौं’  ।
सो क्रममा ट्रम्पले अमेरिकाले ईरानको परमाणु क्षमतालाई पूर्णरुपमा नष्ट गरेको र कोसोवो एवं सर्बियाका बीच संघर्ष रोकेको पनि जश लिए ।
डोनाल्ड ट्रंपले कयौं पटक दाबी गरे कि उनले व्यापार रोकिदिने डर देखाएर भारत–पाकिस्तान बीच सैन्य टकरावलाई रोकिदिएको सुनाएका थिए ।
यसअघि गत शुक्रवार पनि उनको यस्तै बयान आएको थियो । यसबीच संयुक्त राष्ट्रसंघमा पनि अमेरिकी शीर्ष कुटनीतिज्ञले मंगलवार भनेका थिए कि ट्रंप प्रशासनले भारत र पाकिस्तानबीचको तनाव कम गर्न  सहयोग गरेका हुन् ।
उनले के कुरामा जोड दिए भने अमेरिकाले विवादहरुमा मध्यस्थता गर्न र विश्वभर शांतिपूर्ण समाधानलाई अगाडी बढाउनका लागि प्रतिबद्ध छ । तर रुस–युक्रेन युद्ध वा इजरायलले सुरु गरेको युद्धमा भने अमेरिका विपरित देखिएको छ ।
उसले युक्रेनलाई र इजरायललाई हतियार दिएर वार्ताको प्रयास गरिरहेको देखाएको छ । तर कार्यवाहक अमेरिकी प्रतिनिधि राजदूत डोरोथी शियाले संयुक्त राष्ट्र सुरक्षा परिषदमा पाकिस्तानको अध्यक्षतामा भएको ‘बहुपक्षवाद र विवादहरुको शांतिपूर्ण समाधान’ विषयमा भएको खुला बहसमा भनेका थिए, ‘अमेरिका विश्वभरमा विवादहरुमा सहभागि रहेका पक्षहरुका साथ, जहाँसम्म सम्भव हुन्छ, शांतिपूर्ण समाधान खोज्नका लागि काम गर्न जारी राख्दछ’ ।
पाकिस्तानका उप प्रधानमंत्री एवं विदेश मंत्री इसहाक डारको अध्यक्षतामा भएको परिषदको बैठकमा शियाले भने, गत तीन महिनादेखि नै अमेरिकी नेतृत्वले ‘इजराइल र ईरानका बीच, कंगो र रुवांडाका बीच र भारत र पाकिस्तानका बीच तनाव कम गर्नमा सफलता प्राप्तगरेको छ’ ।
अमेरिकाको यस्ता भनाई र दाबीहरु, पाकिस्तानसंग उसको बढ्दो मित्रता, कश्मिर मुद्यालाई अन्तराष्ट्रियकरण गर्ने संकेतहरु र यसमा भारतको चिन्तालाई तपाइँले कसरी हेर्नु भएको छ, आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।
यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top