×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर

१६ श्रावण २०८२
१५ साउन ,काठमाण्डौ ।
पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर
रुसलाई साथ दिँदा भारतमाथि अमेरिकी डण्डा
……..
देश सानो होस् वा ठूलो, कमजोर होस् वा शक्तिशाली, आफ्ना राष्ट्र प्रमुखको सुरक्षामा सबै देशहरुले आफ्नो क्षमता अनुसारको उच्चतम सुरक्षा अपनाएका हुन्छन् ।
अझ शक्तिराष्ट्रका प्रमुखको सुरक्षा व्यवस्था त हेर्न लायक र बुझ्न रोमाञ्चक हुन्छ । अहिले एक यस्तै राष्ट्र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको सुरक्षा व्यवस्थालाई लिएर चर्चा भइरहेको छ ।
किनभने पुटिनका अंगरक्षकहरूले सुरक्षाका लागि आफूलाई स्तरोन्नति गरेका छन् । अहिले पुटिनको सुरक्षामा संलग्न अंगरक्षकहरूले आफ्ना हातमा बन्दुकका साथै ड्रोन र त्यसका इन्टरसेप्टरहरू समातेका छन् ।
अङ्गरक्षकले पुटिनसँग ड्रोन बोकेको भिडियो पनि भाइरल भएको छ ।बिजनेस इनसाइडरको रिपोर्टका अनुसार भाइरल भइरहेको भिडियो मस्को विजय दिवसको हो ।
प्रश्न उठिरहेको छ कि किन पुटिनका अंगरक्षकहरू ड्रोन र त्यसका इन्टरसेप्टरहरू लिएर घुमिरहेका छन् ? रुसमा राष्ट्रपतिको सुरक्षाका लागि विशेष बल गठन गरिएको छ ।
यस फोर्समा ३५ वर्षभन्दा माथिका सैनिकलाई राखिने छैन । पुटिनका अंगरक्षकहरूले रुसी निर्मित ९ एमएम एसआर–१ भेक्टर पेस्तोल बोकेका छन्, जसमा आर्मर छेड्ने गोलीहरू छन् ।
पुटिन विरलै सार्वजनिक यात्रा गर्छन् । उनको भ्रमणको एक महिना अघि नै उनका अंगरक्षकहरूले पूरै क्षेत्र कब्जा गर्छन् । त्यहाँ सुरक्षा व्यवस्था कडा छ कि छैन, जाँच गर्छन । पुटिनको रुट निकै गोप्य ढंगले तय गरिएको हुन्छ ।
पुटिनले आफ्नै अंगरक्षक आँफै छान्छन् । बियन्ड रसियाका अनुसार पुटिनले अंगरक्षक छनोटमा वफादारीलाई प्राथमिकता दिन्छन् । छानिएका अंगरक्षकले कुनै पनि हालतमा उनीहरूलाई छोड्न सक्दैनन् ।
रुस र युक्रेनबीचको युद्धमा सबैभन्दा बढी ड्रोनको प्रयोग भइरहेको छ । स्ट्याटिस्टाका अनुसार रुसले युक्रेनमा हरेक महिना करिब ३५०० ड्रोनबाट आक्रमण गरिरहेको छ ।
रुसले खतरनाक साहेद ड्रोन प्रयोग गरेर युक्रेनी सहर ध्वस्त गरिरहेको छ । युक्रेनले पनि रुसमाथि हरेक दिन ड्रोन प्रहार गरिरहेको छ । जुनमा युक्रेनले रुसमाथि एकै पटक ५ सय ड्रोन आक्रमण गरेको थियो ।
धेरै युक्रेनी ड्रोन रुसी राष्ट्रपतिको निवास बाहिर पनि खसेका छन् । युक्रेनी ड्रोनले मस्कोसम्म विनाश मच्चाइरहेको छ । युक्रेनले आफ्ना ड्रोनहरूमा बारूद भरेर आक्रमण गर्छ, जसले तुरुन्तै विस्फोट गर्छ र सम्पूर्ण क्षेत्रलाई नष्ट गर्छ ।
पुटिन आफैंमा ड्रोन आक्रमणको डर पनि हुन सक्छ । यही कारणले गर्दा उनका अंगरक्षकहरू ड्रोन र त्यसका इन्टरसेप्टरहरू लिएर घुमिरहेका देखिएका हुन् ।
ड्रोन मार्फत आकाशमा उड्ने ड्रोनलाई तुरुन्तै खसाल्न सकिन्छ । एकै समयमा इन्टरसेप्टरलाई पुटिनका अंगरक्षकहरूले ड्रोन आक्रमणबाट बचाउन प्रयोग गर्न सक्छन् ।
अंगरक्षकहरु अपग्रेड हुँदै राष्ट्रपतिको सुरक्षालाई थप चुस्त पार्दा उता युक्रेनमाथि रुसी सैनिकहरुले झनै कहर वर्षाइरहेका छन् । रुसी सेनाले पछिल्लो समय युक्रेनका महत्वपूर्ण क्षेत्रहरु कब्जा गर्ने रणनीति अपनाएको छ ।
जसका लागि उसले आक्रमणलाई भीषण र तीव्र बनाइरहेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने पुटिनलाई नयाँ चेतावनी दिएका छन् ।
युक्रेनमा युद्ध अन्त्य गर्नेतर्फ ठोस प्रगति गर्न पुटिनलाई १० दिनको समयसीमा ट्रम्पले घोषणा गरेका छन् । उनले समयसीमा पालन गर्न असफल भएमा नयाँ प्रतिबन्धहरू लगाइने चेतावनी दिएका छन् ।
स्कटल्याण्डबाट संयुक्त राज्य अमेरिका फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले मङ्गलबारदेखि दस दिनभन्दा कम समयमा युद्धविराम हुनुपर्नेछ ।
ट्रम्पले रुस र युक्रेनबीचको द्वन्द्व छिटै अन्त्य गर्नुपर्ने विषयमा जोड दिँदै समयसीमा ५० बाट घटाएर १० बनाएको उल्लेख गरेका हुन् । यद्दपी उनले अझै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट कुनै प्रतिक्रिया नपाएको उल्लेख गरेका छन् ।
उनले यदि थपिएको समय सीमा भित्र कुनै प्रगति नभए अमेरिकाले मस्कोमा थप शुल्क र दण्डात्मक उपायहरू अबलम्बन गर्ने बताएका छन् । यता रुसलाई समर्थन गरेको आरोपमा ट्रम्पले भारतलाई समेत दण्ड दिएका छन् ।
उनले भारतबाट आयात हुने वस्तुमा २५ प्रतिशत ट्यारिफ शुल्क लगाइने घोषणा गरेका छन् । भारतले रुसबाट ठूलो परिमाणमा हतियार र ऊर्जा खरिद गरिरहेकोप्रति चिन्ता व्यक्त गर्दै ट्रम्पले यसबारे थप कदम चालिने संकेत पनि दिएका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत बुधबार आफ्नो सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘भारत हाम्रो मित्र हो, तर उसले विश्वमै उच्चतम आयशुल्क तथा जटिल व्यापारिक नियमहरू अपनाएको छ, जसका कारण व्यापारिक सम्बन्ध अपेक्षाकृत सशक्त बन्न सकेको छैन ।’
उनले अमेरिका–भारतबीचको व्यापार घाटा ‘ठूलो’ भन्दै त्यसमा सुधार गर्न यो निर्णय आवश्यक रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले रुससँग भारतको निकटता र सैन्य तथा ऊर्जा खरिदलाई युक्रेन युद्ध सन्दर्भमा गम्भीर रूपमा लिएको पनि उल्लेख गरेका छन् ।
‘भारत र चीन अहिले रुसका ठूला ऊर्जा खरिदकर्ता हुन्, यस्तो बेला जब विश्वले रुसलाई युक्रेनमा भएको हिंसा रोक्न आग्रह गरिरहेको छ,’ ट्रम्पले लेखेका छन् ।
यद्यपि, उनले भारतमाथि लाग्ने भनिएको अतिरिक्त ‘कारबाही’ को स्पष्ट विवरण दिन बाँकी छ । विश्लेषकहरूका अनुसार यो निर्णय रुसमाथि दबाब सिर्जना गर्न तथा व्यापार सन्तुलन मिलाउन गरिएको हो ।
Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top