×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

१७ श्रावण २०८२
१६ साउन ,काठमाण्डौं ।
विगतमा गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङसहित ४७ जनालाई प्रहरीले गएराति महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको छ ।
बाँसबारी रोडमा रहेको होटल साम्बालामा पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति उनलाई पक्राउ गरेको हो ।
स्थानीयबाट  होहल्ला  भएको भन्दै गुनासो आएपछि नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीका एसएसपी विश्व अधिकारीले जानकारी दिए।
पब्लिकबाट कम्लेन आएको  ,मध्यरातमा पनि निक्कै डिसर्टब भएकाले नियन्त्रण लिएका हौ, नेपाल टाइम्ससँगको कुराकानीमा एसएसपी अधिकारीले भने सबैमाथि अनुशन्धान जारी रहेकाले के गर्ने भन्ने विषय अहिले भन्न सकिदैन ।
उनीहरु पक्राउ परेकाले उनीहरुको विगत समेत अनुसन्धानको दायरमा आएको भन्दै अधिकारीले अनुसन्धान पछि मात्रै मुद्धा दर्ता र म्याद थपबारे भन्न सकिने जानकारी दिए ।
यस्तै काठमाडौं प्रहरीका प्रवक्ता एसपी कुलदिप चन्दले राति गुण्डागर्दी पृष्ठभूमिका केही व्यक्तिहरु पक्राउ परेको पुष्टि गर्दै उनीहरुको नामका बारेमा रुजी गर्ने क्रम चलिरहेको जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार, चक्रे मिलनका समर्थकहरुले दुई दिनअघिबाटै जन्मदिन पार्टी मनाइरहेका थिए । त्यसक्रममा बिहीबार दिउँसो उनी पशुपति क्षेत्रमा देखिएका थिए ।
दिउँसो मन्दिर आसपास सहयोग माग्दै बसेका व्यक्तिहरुलाई पैसा बाँड्दै हिँडेका देखिएका उनी ठमेलमा केही ¥यापरहरुसँग समेत देखिएका थिए । उनको जन्मदिनमा भेला भएका समर्थकहरुसँगै चर्चित ¥यापरहरु समेत पुगेका थिए ।
त्यहाँ उनले एकैठाउँमा २० वटासम्म केक काटेको प्रहरीले बताएको छ । अपराह्न उनको समूहले चक्रे मिलनलाई गाडीहरुको लावालस्करसहित महाराजगञ्जसम्म स्कर्टिङ गरेको थियो ।
यसको सूचना काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालय दुवैलाई पुगेको थियो ।  त्यसपछि मध्यरातिसम्म उनको समूहले होटलमा बसेर होहल्ला गरेको सूचना प्रहरीले पाएको थियो ।
त्यसपछि काठमाडौं प्रहरीका एसएसपी विश्व अधिकारीले माथिल्लो तहसम्म कुरा गरे । र, सार्वजनिक स्थानमा हल्लाखल्ला गरेको आरोपमा चक्रे मिलन पक्राउ परे ।
उनीसँगै जन्मदिन पार्टी मनाउन पुगेका करिब ५० जना ‘आपराधिक पृष्ठभूमि’का व्यक्तिहरु पनि पक्राउ परेका छन् ।  चक्रे र उनको समूहले गुण्डागर्दी नछाडेको र नसुध्रिएको निष्कर्षको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले गएराति महाराजगन्जमा अपरेसन गरेका हुन् ।
हप्ताभरी जन्मदिन मनाउने कार्यक्रम अन्तर्गत मिलन आफ्नो समूहसँग साम्बालाको आठौँ तलामा पुगेका थिए । गएराति १ बजेतिर उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए ।
प्रहरीले चक्रे समूहको साथबाट दुईवटा खुकुरी, फोल्डिङ रड र पेपर स्प्रे बरामद गरेका छन् । खुकुरी र रड आत्मरक्षाको लागी बोकेर हिँडेको पक्राउ परेका मध्येका राहुल खड्काले प्रहरीलाई बताएका छन् ।
उनले भनेका छन्, ‘खुकुरी आत्मरक्षाको लागि बोकेका हौँ ।’ २३ माघ २०८१ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाजिक सञ्जाल टिकटकमा ‘तरवारले केक काटेको’, ‘खुकुरी, मसल प्रदर्शन गरेको’ भन्दै ७ जनालाई पक्राउ गरेको थियो ।
उनीहरुविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा कारबाही प्रक्रिया अघि बढाएको थियो । तर, सरकारी वकिलले त्यसमा मुद्दा नचल्ने निर्णय गरिदिएपछि सबै छुटेका थिए ।
२०६२÷६३ को जनआन्दोलनपछि महाराजगञ्जमा चक्रे मिलन, ठमेलमा दिपक मनाङे, चाबहिलमा राजु गोर्खाली गुण्डागर्दीमा संलग्न समूहको नाइकेका रुपमा उदाएका थिए ।
पछि यिनै समूहमा जोडिएर गणेश लामा, दावा लामा लगायतका व्यक्तिहरु समेत गुण्डागर्दीमा जोडिएका थिए । मनाङे त प्रदेशसभा सदस्य निर्वाचित भएर गण्डकीमा मन्त्री समेत बने ।
गणेश लामा सत्तारुढ नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । २०७५ सालसम्म प्रहरीको खोजी सूचनमा रहेको दावा लामा अहिले काभ्रेको भुम्लु गाउँपालिकामा उपाध्यक्ष छन् ।
मनाङे चाहिँ अहिले ३१ वैशाख २०६१ सालमा महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा मिलन चक्रेलाई तरबार हानेको कसुरमा डिल्लीबजार कारागारमा छन् ।
पहिले जिल्ला अदालत, काठमाडौंले ज्यान मार्ने उद्योग नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनाएको थियो । त्यसअनुसार कैद सजाय भोगेर उनी छुटेका थिए ।
बलियो राजनीतिक संरक्षण रहेका भनिएका गुण्डा नाइकेहरु दिनेश अधिकारी ‘चरी’, कुमार घैंंटे लगायत प्रहरीसँग ‘मुठभेड’मा मारिएपछि उपत्यकामा हुने गुण्डागर्दी घटेको थियो ।
तर, पछि उच्च अदालत पाटनले त्यसलाई उल्ट्याउँदै ५ वर्ष कैद सजाय हुने आदेश सुनायो । त्यसविरुद्ध मनाङे सर्वोच्च अदालत गए । तर, सर्वोच्चले पनि २० कात्तिक २०८१ मा उच्चकै आदेश सदर गरिदिएको थियो ।
त्यसपछि उनी पक्राउ परेका थिए । विगतमा चक्रे मिलन ठेक्कापट्टा, टेन्टर र मिटरब्याज असुलीमा सक्रिय थिए । तर, पछिल्लो समय टेन्टर र ठेक्कापट्टामा अनलाइन बिडिङ सुरु भएसँगै यसमा गुण्डागर्दी पृष्ठभूमिका व्यक्तिहरुको संलग्नता घटेको थियो ।
हालै प्रहरीले सानुभाइ भनिने युवराज गुरुङलाई ठमेलको दोहोरी साँझबाट पक्राउ गरेको थियो । नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा उनी पक्राउ परेका थिए ।
ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा समेत उनी २०८० असारमा पक्राउ परेका थिए । त्यसबेला प्रहरीले उनलाई हत्कडीसहित ठमेल क्षेत्रमा हिँडाएको थियो ।
पछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।
Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top