क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

१७ साउन ८२, शनिबार
१७ साउन , काठमाण्डौ । 
देशकै अग्रणी तथा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकको सुनसरीमा रहेको भुटाहा शाखाले सपोर्ट क्याम्प संचालन गरेको छ ।
ग्राहकहरुले भोग्नु परेको इन्टरनेटसम्बन्धि आउने गरेको समस्यालाई मध्यनजर गर्दै सपोर्ट क्याम्प संचालन गरिएको कम्पनीले बताएको छ।
सपोर्ट क्याम्प अन्तर्गत फिल्ड सपोर्ट, राउटर सट्टा, सुस्त इन्टरनेट फाइबर परिवर्तन लगायतका समस्या समाधानका लागि ग्राहकको घरघरमा पुगेर सेवा संचालन गर्ने भएको हो ।
यसका लागि भुटाहा, धुम्की र जल्पापुरमा सम्पर्क गरि सेवा लिन सकिने कम्पनीले बताएको छ । यो सेवा आज साउन १७ गतेदेखि संचालनमा आएको हो ।
ग्राहकहरुले तोकिएको स्थानमा विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सम्पर्क गर्न सक्ने बताइएको छ । उक्त शाखामा पाएक पर्ने ग्राहकहरुले सेवा लिन कम्पनीको आग्रह छ ।
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top