×

NEPAL TIMES UPDATES

Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026

हृदयेन्द्रको भ्लग नेपालीका लागि पञ्चामृत,लुकेका छन् ५ रहस्य

१९ श्रावण २०८२
१८ साउन , काठमाण्डौ ।
केही समय अघि जबरजस्ती चर्चामा ल्याएका पूर्व युवराज हृदयेन्द्र शाह अहिले आफै चर्चामा आएका छन् । पछिल्लो समय जुम्ला जिल्लाको भ्रमणलाई लिएर उनले बनाएको एउटा भिडियो भ्लगका बारेमा सबै खाले प्रतिक्रियाहरू आइरहेका छन् ।
सामाजिक सञ्जालमा हृदयेन्द्रको भिडियो भाइरल बनेको छ भने देशका अधिकांश सञ्चार माध्यमहरूले त्यसलाई आफ्नो समाचार सामाग्री बनाएका छन् ।
हिजोआज पूर्व नवयुवराज हृदयेन्द्र शाहले जुम्ला भ्रमण गरेर फर्किएपछि बनाएको एउटा भिडियो भ्लगले अहिले तहल्का मच्चाएको छ । यो भ्लग  धेरैका लागि हिन्दु धर्मालम्बीहरुले पूजा पाठ गरिसकेपछि प्रसादको रूपमा खाने गरेको पञ्चामृत जस्तै भएको छ ।
गिरिबन्धु, नक्कली भुटानी शरणार्थी काण्ड होस या कहिले मन्त्री पाइएला भनेर भ्रष्टका नाइकेहरूको गुलामी गरेर बसिरहेका केही सांसदहरूको प्रतिक्रिया जस्तो सुकै आए पनि हृदयन्द्रको भिडियो ब्लग नेपाल र नेपालीको लागि विशेष जुम्ली नागरिकका लागि पञ्चामृत नै  बनेको छ ।
पहिलो अमृत भनेको जुम्लालाई पर्यटकीय स्थलको रूपमा परिचित गराएर देशी विदेशी पर्यटकलाई एक पटक जुम्ला जानै पर्ने पार्नका लागि  गरिदिएको प्रसार अमूल्य छ ।  यो अमृतजस्तै छ ।
कर्णाली नदी, पहाड, हिमाल, फाँड, रमणीय गाउँ, आहा कति राम्रो । पटक पटक हेरिराख्दा पनि धित नमर्ने । पञ्चामृत जिब्रो मै बिलाएजस्तै मिठास दिन सफल भएको छ , हृदयन्द्रलाई केन्द्रमा राखेर कैद गरिएका  भ्लगका दृश्यहरु ।
दोस्रो अमृत भनेको जुम्लाको स्याऊ, ओखर र स्थानीय बासिन्दाले आफ्नै माटोमा गएर खोलेको बेकरी पसलमा  हृदयेन्द्र गएर गाउँ फर्किएर आफ्नो पाखुरीको बलले केही गरेर देखाउनेहरूलाई सम्मान गरेको देखिएको छ ।
पसल सञ्चालकले आफ्नै हातले बनाएको सामग्री चाखेर त्यसको प्रशंसा गरेको सुन्दा, हाउभाउ हेर्दा हृदयेन्द्रले विदेशमा बस्ने सबै नेपाली नागरिकलाई गाउँ फर्किने एउटा सन्देश दिएका छन् ।
उनले खाने कुराको स्वाद लिइरहँदा रामायणमा राजा रामले सबरीले दिएको बयर मीठो मानीमानी खाएको याद दिलाएको छ । उहिलेका राजा राम र अहिलेका    राजा बन्ने परिकल्पना गरिएका हृदयन्द्रलाई तुलना गर्न सक्नेले गरिरहेका छन् ।
राजा रामको १४ वर्ष वनवास जस्तै अहिलेका राजपरिवारका सदस्य हृदयेन्द्रको त्यो भन्दा बढी वनवास त भएकै छ । तर जुम्लीबाट पाएको माया जस्तै उनले देशभरिबाट माया पाउन थाले भने छिट्टै राजा हुने बाटो  नखुल्ला भन्न सकिन्न ।
तेस्रो अमृत भनेको २१ औँ शताब्दीका राजाहरूले गर्ने शैलीमा हृदयन्द्रले महेन्द्रको गाउँ घुम्ने शैली र अहिलेको २१ औँ शताब्दीको सामाजिक   सञ्जाललाई फ्युजन गरेर नौलोपन ल्याइदिएका छन् ।
बालकदेखि वृद्धसम्म, युवतीदेखि युवाहरूसँग भलाकुसारी गरेर देशभक्त, राष्ट्रभक्त भावनाहरू आत्मदेखि साटासाट गरेर राजा महेन्द्रलाई समेत उछिन्ने गरिको सरलता, नरमता,लचकता देखाउन सफल हृदयेन्द्र राजा भए भने देश हाँक्न सक्दछन् भन्ने सन्देश उनको भिडियो ब्लगमा भेट्न सकिन्छ ।
जुम्ला प्रति उनले देखाएको चासो, जिज्ञासा, प्रश्न र आफूलाई आएको प्रश्नको उत्कृष्ट जवाफहरू दिएकोबाट उनी साँच्चिकै राजकीय स्वभावबाट ओतप्रोत भएका २१ शताब्दीमा जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने राजाको आवश्यकतालाई परिपूर्ति गर्ने स्वभावका देखिएका छन् ।
चौथो अमृत भनेको जुम्लाको प्राविधिक शिक्षालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान, टेलिफोनका टावरले सञ्चार क्षेत्रसँग जोडेको तथा नेपालको निजामती कर्मचारीहरूमा देश भरी जुम्लाका विद्वान, मिहिनेती मानिसहरूले त्यही पढेर देश सेवा गरिरहेका छन् भन्ने सन्देश हृदयेन्द्रको भिडियो ब्लगले दिइरहेको छ ।
डा. नवराज लम्सालले कर्णाली प्रदेशमा त्यहाँका मानिसहरूलाई आफ्नो अनुभव सुनाउँदा भनेको एउटा वाक्य त्यस बखत भाइरल भएको थियो । डाक्टर नवराजले जुम्लावासीले ‘जुम्लाबाट काठमाडौँ दुर्गममा पर्दछ भन्ने देखाउनु पर्दछ’ भनेका थिए ।
काठमाडौँबाट जुम्ला दुर्गममा छ भनेर हेपिएर बस्नु भन्दा जुम्लालाई यसरी विकास गर्नुहोस् कि जुम्लाबाट काठमाडौँ नै दुर्गममा छ भन्ने आभास दिनुहोस् ।
डाक्टर लम्सालको यो भनाईलाई यथार्थमा पु¥याउनका लागि  हृदयन्द्रले त्यसको वर्णन गर्दै भिडियोमा समेत देखाइदिएर अर्काे अमृत थपिदिएका छन् ।
पाँचौँ अमृत भनेको आफू ठूलो घरानाको हुँ भन्ने कतै कुनै हाउभाउ र बोली बचनबाट झल्किन दिएनन् । मानवीय भावनाबाट ओतप्रोत अभिव्यक्ति दिएको देखिन्छ ।
नमस्कार गरिराख्ने, मुस्कुराई राख्ने, बालबालिकादेखि बद्धसँग घुलमिल हुन सक्ने, कतै असहज अनुभूति नगरेका, समय दिएर सबैको कुरा सुनेका मात्र होइन, सकारात्मक, हौसला हुने खालको प्रतिक्रिया दिएर सीप सिकाइएका राजपरिवारका सदस्य रहेछन् भन्ने  सन्देश उनले  नेपालीलाई मात्र होइन  नेपालको राजपरिवार प्रति चासो लिइरहेका विश्वका नागरिकहरूलाई दिएका छन् ।
राजा सबैको साझा भन्ने भए त्यसका लागि पनि तयार, वीरेन्द्रको जस्तो बौद्धिकता, महेन्द्रको जस्तो प्रकृति प्रेमी, गाउँ बुझ्न रुचाउने र पृथ्वी नारायण शाहका जस्तै बाल्यकालदेखि नै राजविद्या सिकेका राजपरिवारका योग्य भित्रका सुयोग्य पात्र हृदयन्द्रलाई आँखामै हाले पनि नबिझाइने खालका देश हाँक्न सक्ने व्यक्तित्व भनेर विश्लेषण हुन थालेको छ ।
बालेन युवा अवस्थामै ¥यापर भएर युवाको मन जितेर नेपालको मुटु काठमाडौँको मेयर भए, अब समग्र नेपालीको मन जितेर राजा हुने पालो हृदयन्द्रको भन्नेहरूको जमात एउटा भ्लग हेर्दै बढीरहेको छ ।
त्यसैले हृदयन्त्रको जुम्ला यात्राले पञ्चामृतको वर्षा गराएको छ ।  हृदयन्द्रले जसरी दरवारको घेरालाई तोडेर जनतासँग प्रत्यक्ष वार्ता गरे त्यसले उनको सकारात्मक मूल्याङ्कन भइरहेको छ ।
उनलाई  निर्मल निवासले पिँजडामा बसे जस्तो राख्नु हुँदैन । पुराना राजकीय परम्परामा नयाँ स्वाद मिसाउन  हृदयन्द्रले सक्ने रहेछन् भन्ने परिसकेको छ ।
यसलाई निरन्तरता दिदै अन्तिम राजाको नाति हो कहाँ यस्तो गर्नु हुन्छ र भनेर रोकटोक   नगर्न सुझाव दिनेहरु  त्यतिनै मात्रामा बढिरहेका छन् ।
दरबार हत्याकाण्डका कारण विवादित छवि बनेका पूर्वराजा ज्ञानेन्द्र र युवराज पारसको सङ्गतबाट केही पर राखेर हिमानी शाहको अभिभावकत्वमा अघि बढेमा पूर्वयुवराज हृदयन्द्र छिट्टै राजगद्धीमा आउन सक्ने कल्पना गर्नेहरु समेत बढिरहेका छन् ।
उनको जन्म कुण्डलीमा उनी श्री ५ बडामहाराजधिराज भन्दा बढी तेजस्वी राजा हुनेछन् भन्ने देखिने ब्याख्या हुँदै आएको छ ।
हुने बिरुवाको चिल्लो पात भने झैँ हृदयन्द्रको जुम्ला भ्रमणको समाचार, भिडियो भ्लग र अन्य गतिविधि हेर्दा ज्योतिषीको भविष्यवाणी समय आएपछि पक्कै मिल्ने नै  हो त भन्ने प्रश्न समेत उठ्न थालेका छन् ।
Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top