×

NEPAL TIMES UPDATES

Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026

१० हजार फिट माथि विमानको इन्जिन फेल, टर्बुलेन्स तीन गुणाले बढ्ने

२० श्रावण २०८२
१९ साउन , काठमाण्डौ । 
अमेरिकामा एउटा ठूलो विमान दुर्घटना हुनबाट जोगिएको  रिपोर्ट सार्वजनिक भएको छ । गत हप्ता भर्जिनियाको वासिङ्टन डलेस अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही बेरमै युनाइटेड एयरलाइन्सको एउटा विमानले आपतकालीन अवतरण गरेको थियो।
यूएसए टुडेको रिपोर्टअनुसार, म्युनिखका लागि उडेको बोइङ ७८७, जुन युनाइटेड फ्लाइट १०८ को नाममा सञ्चालित थियो, त्यसको इन्जिन अचानक फेल भयो, जसपछि पाइलटले ’मेडे’ अर्थात् विमान दुर्घटनाको आशंकामा कल गरेका थिए।
रिपोर्टमा भनिएको छ कि वासिङ्टन डलेस अन्तर्राष्ट्रिय विमानस्थलबाट म्युनिख गइरहेको युनाइटेड एयरलाइन्सको फ्लाइट  यूए १०८ लाई उडान भरेको केही मिनेटमै आपतकालीन अवतरण गर्न बाध्य हुनुप¥यो।
२५ जुलाईको साँझ करिब ६ बजे जब विमान करिब १० हजार फिटको उचाइमा पुग्यो, त्यहीबेला विमानको देब्रेतर्फको इन्जिन फेल भएको थियो।
सार्वजनिक रिपोर्टअनुसार, उक्त विमानमा २१९ जना यात्रु र ११ जना चालक दलका सदस्य सवार थिए र १० हजार फिटको उचाइमा पुग्दा यसको इन्जिन फेल भएको थियो।
त्यसपछि पाइलटहरूले आपतकालको घोषणा गर्दै ’मेडे–मेडे’ कल गरे, जुन कुनै पनि गम्भीर विमान संकटको समयमा दिइन्छ। एयर ट्राफिक कन्ट्रोलले तत्काल प्रतिक्रिया दिँदै फर्कनका लागि सफा बाटो उपलब्ध गरायो।
रिपोर्टअनुसार, राति करिब ८ः३३ बजे युनाइटेड एयरलाइन्सको उक्त फ्लाइटलाई सफलतापूर्वक डलेस विमानस्थलमा अवतरण गराइयो। विमानस्थलको दमकल तथा उद्धार टोलीले तत्काल विमानको जाँच ग¥यो र त्यसपछि त्यसलाई तानेर गेटसम्म लगियो।
युनाइटेड एयरलाइन्सले प्राविधिक खराबीका कारण फ्लाइटको आपतकालीन अवतरण गरिएको पुष्टि गरेको छ, यद्यपि कुनै पनि यात्रु वा चालक दलका सदस्यलाई चोटपटक लागेन।
यस घटनापछि युनाइटेड एयरलाइन्सले उक्त उडान रद्द ग¥यो र सबै प्रभावित यात्रुहरूका लागि वैकल्पिक यात्राको व्यवस्था ग¥यो। विमानस्थल प्रशासनले यस घटनाका कारण अन्य उडानहरूमा कुनै असर नपरेको जानकारी दिएको छ।
विमानस्थल प्रशासनका प्रवक्ता क्रिस्टल नोसलले यूएसए टुडेलाई भनेका छन् , “विमान सुरक्षित रूपमा अवतरण भयो, विमानस्थल प्राधिकरणको अग्नि नियन्त्रण र उद्धार टोलीले त्यसको जाँच ग¥यो र त्यसपछि त्यसलाई गेटसम्म लगियो। अन्य उडानहरूमा कुनै अवरोध भएन। सबै यात्रु र चालक दलका सदस्यहरू बिना कुनै चोटपटक गेटमा सुरक्षित रूपमा ओर्लिए।“
उनले पाइलटको बुद्धिमत्ताले गर्दा मानिसहरूको ज्यान जोगिएको बताए। यसैबीच उडिरहेको विमानमा हुने हलचल अर्थात् ’टब्र्युलेन्स’ सन् २०५० सम्ममा तीन गुणाले बढ्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।
जलवायु परिवर्तनका कारण भू–उपग्रह, रडार वा मानिसका आँखाले पत्ता पाउन नसक्ने सफा मौसमका बेला हुने हलचल तीव्र गतिमा बढिरहेको हो ।
यस्ता घटनाहरू वर्षेनि बढिरहेका युनभर्सिटी अफ रेडिङका एट्मोस्फेरिक साइन्सका प्राध्यापक पोल विलियम्सले बताएका छन् । उनका अनुसार भरपर्दाे मौसमी रेडर्क राख्न थालेको समय सन् १९७९ को तुलनामा अहिलेसम्म यस्ता घटना ५५ प्रतिशत बढिसकेको छ ।
आउँदो दिनमा उडिरहेको विमानमा हुने हलचल पूर्वी एशिया र उत्तर एट्लान्टिक क्षेत्रमा धेरै हुने अनुमान रहेको तर प्रभाव भने विश्वभर पर्ने  उनले बताएका छन् ।
विमानमा एक्कासी हलचल आउँदा यात्रुहरू ठोक्किने, घाइते हुने र ज्यान जानेसमेत जोखिम रहन्छ । यस्ता घटनाहरूले मानिसहरूको उडान रुचिसमेत घट्दै जाने अध्ययनले देखाएको छ ।
सम्भावित दुर्घटनाको जोखिमसँगै विमान बिग्रने र पाइलटहरूले हलचल छल्न खोज्दा उडान समय लम्बिन सक्ने जोखिम पनि रहन्छ । यसले इन्धन खपत पनि बढाउँछ ।
यस्ता हलचलको पूर्वानुमान तथा विमानको डिजाइनमा सुधार गरी हलचल घटाउने प्रयास भइरहे पनि अहिले नै धेरै प्रगति भइसकेको छैन ।
Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top