×

NEPAL TIMES UPDATES

Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

२१ श्रावण २०८२
२० साउन , काठमाण्डौ ।
भारतको उत्तराखण्डस्थित धराली गाउँमा बादल फाट्दा भीषण पहिरो र बाढीले ठूलो विनाश निम्त्याएको छ। उक्त घटनामा दर्जनौं घरहरू बाढीले बगाएको  भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।
स्थानीय प्रशासन उद्धारका लागि घटनास्थलतर्फ प्रस्थान गरेको छ। यो घटना बडकोट नजिकैको हो। बादल फाटेपछि पहाडबाट आएको भेल र लेदो गाउँमा पसेको  थियो ।
धरालीको खीर नदीमा पानीको सतह बढेपछि धराली बजार क्षेत्रमा क्षति पुगेको उल्लेख छ ।  सञ्चारमाध्यमका अनुसार उत्तरकाशीदेखि गंगोत्री धाम जाने बाटोको प्रमुख बिसौनी धरालीमा खीर गंगा नदीमा बादल फाट्दा यो विनाश भएको हो।
हर्षिल नजिकै रहेको यस स्थानमा विनाशकारी बाढीका कारण करिब २० होटल र होमस्टेमा क्षति पुगेको छ। कयौं स्थानीय र मजदुरहरू पुरिएको आशंका गरिएको छ।
गंगोत्रीका विधायक सुरेश सिंह चौहानले जानकारी दिँदै भनेका छन्, “धरालीमा खीर गाढमाथि बादल फाट्दा प्रलयजस्तै दृश्य छ। सूचना पाउने बित्तिकै मुख्यमन्त्रीलाई जानकारी गराइयो।
जिल्ला अधिकारीलाई सूचना दिएसँगै सेना, प्रहरी र एसडीआरएफको टोली घटनास्थलमा पुगिसकेको छ। यो निकै ठूलो दुर्घटना हो। म पनि देहरादूनबाट घटनास्थलका लागि निस्किसकेको छु। भगवानसँग प्रार्थना छ कि यो विपद्को घडीमा सबैलाई सुरक्षित राखियोस्।“
मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै एक्समा लेखेका छन्, “उत्तरकाशीको धराली क्षेत्रमा बादल फाट्दा भएको ठूलो क्षतिको समाचार अत्यन्त दुःखद र पीडादायी छ।
राहत तथा उद्धार कार्यका लागि एसडीआरएफ, एनडीआरएफ, जिल्ला प्रशासन तथा अन्य सम्बन्धित टोलीहरू युद्धस्तरमा खटिएका छन्। यस सम्बन्धमा म लगातार वरिष्ठ अधिकारीहरूसँग सम्पर्कमा छु र स्थितिको गहिरो निगरानी गरिरहेको छु। ईश्वरसँग सबैको सकुशलताको कामना गर्दछु।“
उत्तराखण्डमा भारी वर्षाले विनाश निम्त्याएको छ। आज मंगलबार बिहानै उत्तरकाशीको बडकोट तहसील क्षेत्रको बनाल पट्टीमा भएको अतिवृष्टिका कारण डेढ दर्जनभन्दा बढी बाख्राहरू कुड खोल्साले बगाएको छ।
खोल्सो उर्लिएपछि भागाभाग मच्चिएको थियो।  मौसम विज्ञान केन्द्रका अनुसार, प्रदेशभर १० अगस्टसम्म भारी वर्षा हुने सम्भावना छ। विशेषगरी पहाडी इलाकामा तीव्र वर्षाको सम्भावना छ।
वर्षाका कारण सुरक्षालाई ध्यानमा राख्दै देहरादून, पौडी, टिहरी र हरिद्वारमा मंगलबार पनि विद्यालयहरू बन्द रहनेछन्। जिल्लामा गत आइतबार रातिदेखि भइरहेको वर्षाका कारण स्यानाचट्टी नजिक यमुनोत्री राजमार्गको करिब २५ मिटर खण्ड भासिएको छ, जसकारण आवागमन ठप्प भएको छ।
उता, स्यानाचट्टीको अर्कोतर्फ पहाडबाट ढुङ्गा र चट्टानहरू खसिरहेका छन्। गंगोत्री राजमार्ग पनि बिहानदेखि दिउँसोसम्म विभिन्न स्थानमा अवरुद्ध रह्यो। यस वर्षको मनसुनी वर्षाका कारण यमुनोत्री राजमार्गमा समस्या रोकिने नाम लिइरहेको छैन।
राष्ट्रिय राजमार्ग विभागले ओजरी डाबरकोटसहित पालीगाड र स्यानाचट्टी नजिकै एक स्थानमा आवागमन सुचारु गराएको छ, तर करिब २५ मिटर सडक भासिएकाले राजमार्ग विभागका मेसिनरीलाई बाटो खोल्न कठिनाइ भइरहेको अमर उजालाले  उल्लेख गरेको छ।
यस्तै कालीगण्डकी करिडोरको तीन खण्डसहित गुल्मीका चार स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयुका सूचना अधिकारी गंगाबहादुर सारुका अनुसार कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिकाका  वडा नं १, २ र ३  स्थित  गरगरे, राक्से र कनौटामा आज बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रिडी–वामीटक्सार सडकअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोला, चन्द्रकोट गाउँपालिका–८ तल्लाफाँट र रिडी–खज्र्याङ सडक पनि अवरुद्ध भएको छ । तीन दिनदेखि गुल्मीसहित आसपास क्षेत्रमा निरन्तर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
निरन्तर वर्षाका कारण कालीगण्डकी नदी किनारमा पानीको सतह बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top