उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

२१ साउन ८२, बुधबार

२१ साउन , काठमाण्डौ ।

Advertisement

उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित धराली गाउँमा मंगलबार खीर गंगा गदेरामा आएको आकस्मिक र विनाशकारी बाढीले ठूलो जनधनको क्षति पु¥याएको छ।

यस घटनामा परी चार जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने ५० जनाभन्दा बढी मानिस बेपत्ता भएका छन्। बाढीले गाउँका ४० देखि ५० घर, होटल र पसलहरू बगाएर लगेको छ ।

Advertisement

जसकारण सिंगो बस्ती नै तहसनहस भएको छ। गंगोत्री धामभन्दा करिब २० किलोमिटर अगाडि रहेको धराली, चारधाम यात्राका लागि एक प्रमुख बिसौनी हो।

हरेक वर्ष यहाँ ठूलो संख्यामा तीर्थयात्रीहरू बस्ने गर्दथे। मंगलबार दिउँसो करिब १ः४५ बजेतिर आएको बाढीले यहाँको कल्प केदार मन्दिर र बजारलाई पूर्ण रूपमा ध्वस्त पारेको छ ।

Advertisement

घटनालगत्तै भारतीय सेना, राष्ट्रिय विपद् प्रतिकार्य बल, राज्य विपद् प्रतिकार्य बल, इन्डो–तिब्बती सीमा प्रहरी र जिल्ला प्रशासनका टोलीहरू उद्धार कार्यमा खटिएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

हालसम्म एकसय भन्दा बढीको सकुशल उद्धार गरिएको छ, तर प्रतिकुल मौसम र लगातारको वर्षाले उद्धार कार्यमा बाधा पु¥याइरहेको उल्लेख छ ।

मुख्यमन्त्री पुष्कर सिंह धामी घटनास्थलमा दुई दिनदेखि बसेर सम्पूर्ण राहत तथा उद्धार कार्यको अनुगमन गरिरहेका छन्। उत्तराखण्डमा जारी अविरल वर्षाका बीच मौसम विभागले आगामी दिनहरूका लागि चेतावनी जारी गरेको छ।

विभागले ६ अगस्टका लागि जारी गरेको बुलेटिनमा देहरादून, हरिद्वार, टिहरी, पौडी गढवाल र कुमाऊँ क्षेत्रका विभिन्न जिल्लाहरूमा अति भारी वर्षा, चट्याङ, बाढी र पहिरोको सम्भावना रहेको भन्दै ’रेड अलर्ट’ जारी गरेको छ।

विगत २४ घण्टामा मालदेवतामा १७४.० मिमी, बाजपुरमा १६६.० मिमी र नरेन्द्र नगरमा १४८.५ मिमीजस्ता अत्यधिक वर्षा रेकर्ड गरिएको छ।

विज्ञहरूका अनुसार यति धेरै वर्षाले पहाडी क्षेत्रमा गम्भीर खतरा निम्त्याउँछ, जसमा पहिरो, आकस्मिक बाढी र नदीहरूको जलस्तर बढ्नेजस्ता जोखिमहरू समावेश छन्।

भारतीय मौसम विभागका अनशार ६४.५ देखि ११५.५ मिमीसम्म भारी वर्षा रहने गर्दछ । यस्तै ११५.६ देखि २०४.४ मिमीसम्म अत्यधिक वर्षा रहन्छ ।

यसमा बाढीको सम्भावना, पहाडी क्षेत्रमा पहिरो जाने गर्दछ । अत्यन्त भारी वर्षा भने २०४.५ मिमी वा सोभन्दा बढीको दर्षाष्लार्य मापन गरिन्छ ।

यसमा गम्भीर बाढी, संरचनात्मक क्षति, जनधनको क्षति हुने आशंका गरिन्छ । विपद्को यस घडीमा, प्रशासनले सुरक्षा उपायहरू अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

चट्याङ पर्द पक्की घरभित्र बस्ने र रूखमुनि नउभिन, जनावरहरूलाई सुरक्षित स्थानमा राख्ने र बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल गर्ने, नदी, खोला र पहिरोको जोखिम भएका क्षेत्रहरूबाट टाढा रहने, पहाडी सडक र घाँटीहरूमा अनावश्यक यात्रा नगर्ने , कृषि बालीलाई वर्षाबाट जोगाउन आवश्यक उपायहरू अपनाउने।

राज्यको विपद् व्यवस्थापन विभागले कुनै पनि आपतकालीन अवस्थामा सहयोगका लागि आपदा नियन्त्रण कक्षको हेल्पलाइन नम्बर १०७० मा सम्पर्क गर्न सकिने समेत बताएको छ ।

मौसम विभागको परिभाषा अनुसार, यदि एक घण्टामा सानो क्षेत्रमा एक देखि दश किलोमिटर १० सेन्टिमिटर वा सोभन्दा बढीको भारी वर्षा हुन्छ भने त्यो घटनालाई बादल फाट्नु भनिन्छ ।

कहिलेकाहीँ एकै ठाउँमा एकभन्दा बढी बादल फाट्न सक्छ। यस्तो अवस्थामा सन् २०१३ मा उत्तराखण्डमा भएको जस्तै धेरै जनधनको क्षति हुन्छ ।

तर भारी वर्षाको हरेक घटनालाई बादल फाट्नु भनिँदैन। यहाँ बुझ्नुपर्ने कुरा के हो भने केवल एक घण्टामा १० सेन्टिमिटर भारी वर्षाले धेरै क्षति गर्दैन ।

तर यदि नजिकै पहिले नै कुनै नदी वा ताल छ र त्यो अचानक पानीले भरियो भने, नजिकैको आवासीय क्षेत्रहरूमा बढी क्षति हुन्छ। यस्ता घटनाहरू मनसुनको समयमा र मनसुनको केही समय अघि (प्रि–मनसुन) बढी हुने गर्छन्।

यस प्रकारको मौसमी प्रभाव भारतको उत्तरी भागमा मेदेखि जुलाई र अगस्टसम्म देखिन्छ। एक देखि दश किलोमिटरको दूरीमा सानो मात्रामा मौसमी परिवर्तनका कारण बादल फुट्ने घटनाहरू हुन्छन्।

यस कारणले गर्दा, तिनीहरूको भविष्यवाणी गर्न गाह्रो छ। मौसम विभागले राडार प्रयोग गरेर ठुलो क्षेत्रको लागि धेरै भारी वर्षाको भविष्यवाणी गर्न सक्छ, तर बादल कुन क्षेत्रमा फाट्छ भनेर पहिले नै भन्न गाह्रो छ ।

मौसम विभागका अनुसार यस्ता मौसमी परिवर्तनहरूको जानकारी दिन वा अनुगमन गर्न या त बादल फाट्ने सम्भावना भएका क्षेत्रहरूमा बाक्लो राडार नेटवर्क आवश्यक छ अथवा हामीलाई धेरै उच्च रिजोल्युसन मौसम पूर्वानुमान मोडेलहरू चाहिन्छ जसले यस्ता साना स्तरका घटनाहरूलाई कैद गर्न सक्छ।

बादल फाट्ने समस्या समतल क्षेत्रमा पनि हुन सक्छ, तर पहाडी क्षेत्रमा यो हुने सम्भावना बढी हुन्छ। किनभने त्यहाँको पहाडी भिरालो ठाउँले बादल उठ्न र भारी वर्षा गराउन अनुकूल वातावरण प्रदान गर्दछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top