×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

डोनारुम्माले पीएसजी छाड्ने, अब कहाँ जालान् ?

२९ श्रावण २०८२

२८ साउन , काठमाण्डौ ।

जियानलुइजी डोनारुम्माले पेरिस सेन्ट–जर्मेन (पीएसजी) छाड्ने पक्का भएको छ । प्रशिक्षक लुइस एनरिकेले टोलीबाट बाहिर राखेपछि उनले यस्तो घोषणा गरेका हुन् ।

Advertisement

सुपर कप खेलको लागि टोलीमा उनको नाम नपरेपछि यो निर्णयलाई धेरैले अन्तिम संकेतको रूपमा देखेका छन् । गत सिजन पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेका २६ वर्षीय इटालियन गोलरक्षक सन् २०२१ मा क्लबमा अनुबन्ध भएका थिए ।

उनले ट्रेबल जित्ने क्रममा टोलीका लागि असाधारण प्रदर्शन गरेका थिए । तर, फ्रेन्च गोलकिपर लुकास शेभालियरलाई शनिबार अनुबन्ध गरेपछि उनको भविष्यबारे अड्कलबाजी बढेको छ ।

एक वर्ष मात्रै बाँकी रहेको अनुबन्धका बीचमा उनी क्लब छोड्न तयार भएको बुझिएको छ । ‘दुर्भाग्यवश कसैले निर्णय गरेको छ कि म अब टोलीको हिस्सा भएर टिमको सफलता अघि बढाउन सक्दिनँ,’ डोनारुम्माले मंगलबार सामाजिक सञ्जालमा लेखे,‘म निराश र दुखी छु।’

टोटनह्याम हस्परसँगको खेलका लागि डोनारुम्माको अनुपस्थितिबारे एनरिके पत्रकार सम्मेलनमा प्रतिक्रिया दिएका थिए । ‘यी निर्णयहरू सधैं कठिन हुन्छन् । जियानलुइजी डोनारुम्माबारे म राम्रा कुरा मात्र भन्न सक्छु । उनी आफ्नो स्थानमा विश्वकै उत्कृष्टमध्येका एक हुन्, अझ राम्रो व्यक्ति पनि हुन् । तर, हामी फरक प्रकारको गोलरक्षक खोजिरहेका थियौं,’ उनले भने ।

उनले थपे,‘उनले क्लबका लागि जुन स्तरमा योगदान दिए, त्यसलाई बुझिन्छ । तर, मेरो उद्देश्य टोली सुधार्नु हो र मैले त्यसै अनुसार निर्णय गरेको हुँ।’

अहिलेसम्म उनको नयाँ क्लब निश्चित भएको छैन । डोनारुम्माले पीएसजी समर्थकसँग अन्तिम बिदाइ दिन पाउने आशा व्यक्त गरेका छन्। यता रोबर्ट लेवान्डोस्कीले आफू म्यानचेस्टर युनाइटेडमा किन गएनन् भन्ने कुराको खुलासा गरेका छन् ।

यद्यपि उनले प्रिमियर लिग ट्रान्सफरका लागि हुन्छ भनेका थिए । ब्ल्याकबर्न रोभर्सले सन् २०१० मा आइसल्याण्डको ज्वालामुखीको खरानीको बादलका कारण उडानहरु रोकिएकाले पोल्याण्डका स्ट्राइकरलाई अनुबन्ध गर्नबाट चुकेको कुरा धेरैलाई थाहा छ ।

अब लेवान्डोस्की त्यसको दुईवर्षपछि फेरि इंग्याण्ड जाने नजिक पुगेको खुलासा भएको छ । सन २०१२ मा बोरुसिया डर्टमन्डमा आफ्नो करियरको पहिलो ३० गोलको सिजनको आनन्त लिँदै गर्दा, लेवान्डोस्की सर एलेक्स फर्गुसनको ओल्ड ट्राफोर्डको भती सूचीमा परेका थिए।

दुवै पक्षबीच मौखिक सहमति भएको थियो, तर कुनै पनि सम्झौता भने भएन । लेवान्डोस्कीले बीबीसी स्पोट्र्ससंग यो घटनाबारे भनेका छन्, जसले उनको र रेड डेभिल्सको इतिहास बदल्न सक्थ्यो ।

उनले भने, मैले म्यानचेस्टर युनाइटेड जाने निर्णय गरेँ र हुन्छ भने । म म्यानचेस्टर युनाइटेडमा जान, एलेक्स फर्गुसनलाई भेट्न चाहान्थे । उनीहरु(डर्टमन्ड) मलाई बेच्न सक्दैनथे । किनभने उनीहरुलाई थाहा थियो कि यदि म बसे भने उनीहरुले धेरै पैसा कमाउन सक्छन् र म एक वा दुई वर्ष अझ पर्खन सक्छु । तर यो सत्य हो कि मैले म्यानचेस्टर युनाइटेडलाई हुन्छ भनेको थिए ।

लेवान्डोस्कीले बायर्न म्युनिखमा जानुअघि डर्टमण्डसंग थप दुई सिजन विताए । उनले त्यहाँ ८ वर्षको अवधिमा ३४४ गोल गरे र बुन्डेसलिगामा र च्याम्पियन्स लिगको उपाधि जिते ।

३६ वर्षका लेवान्डोस्की अहिले बार्सिलोनामा छन्, जहाँ उनी अझै पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । प्रिमियर लिगमा आफूलाई जाच्ने मौका नपाएको बारेमा उनले भने, सायद यो एक पछुतो हुनसक्छ ।

तर अब म पछाडि फर्केर हेर्छु(बार्यन म्युनिख, डर्टमण्ड र अहिले बार्सिलोनाका लागि खेलेको), मैले भन्नै पर्छ कि म मेरो करियरबाट धेरै खुसी छु ।

Advertisement

मैले केही गुमाएको छु जस्तो मलाइ लाग्दैन, किनकि हरेक स्थानान्तरण वा निर्णय मैले मेरो इच्छाअनुसार गरेको थिए । लेवान्डोस्की हाल ला लिगा च्याम्पियन बार्सिलोनमा चोटबाट निको हुँदैछन् ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top