×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज

२९ श्रावण २०८२

२८ साउन , काठमाण्डौ ।

तिजको बेला हरेक वर्ष नेपाली दर्शकश्रोताले पर्खेर बस्ने विष्णु माझीको नयाँ गीत आज सार्वजनिक भएको छ । उनको ‘म त नराउरी’ (पुतलीको भट्टी–२१) सार्वजनिक भएको हो ।

Advertisement

केही सिमित पुराना तस्वीरबाहेक सार्वजनिकरुपमा नदेखिएर पनि सुरिलो गायकीले श्रोताको मुटुमा आफ्नो नाम नमेटिने गरी लेखाइसकेकी माझीले सधैँझैँ यसपटक पनि आफ्नो मौलिक स्वर र मार्मिक शब्दमार्फत् नयाँ गीत सार्वजनिक गरेकी हुन् ।

विष्णु माझीका गीत केवल नाचगानमा सीमित हुँदैनन्, तिनले नेपाली समाजका चेलीबेटीका गहिरो कथा र वेदना बोकेका हुन्छन्। ‘म त नराउरी’ ले पनि यही परम्परालाई निरन्तरता दिएको छ ।

‘म त नराउरी, आम्मै, म त नराउरी’ गीतको मूल बोल हो । तर, समग्रमा भने ‘आमा, म खराब छैन, मैले आफ्नो कर्तव्य पूरा गरेकी छु, म असल बुहारी या श्रीमती हुँ’ भन्ने सन्देश दिइएको छ ।

गीतमार्फत नेपाली महिलामाथि हुने हिंसा, गरिबीको चक्र, छोरीहरूको शिक्षा र सपनामा पर्ने असर र परम्पराको नाममा महिलाले भोग्नुपर्ने मौन पीडाहरूलाई सफलतापूर्वक पर्दामा उतारिएको छ ।

गीतको भिडियोमा एक चेलीले बिदाइको क्षणमा आँसु लुकाउँदै ‘म त रुन्नँ’ भने पनि उनको हरेक पल संघर्ष र पीडामा बितेको मार्मिक कथा देखाइएको छ ।

यस गीतको सिर्जनामा पनि माझीको सदाबहार टिमकै निरन्तरता छ । गीतका रचनाकार, संगीतकार तथा निर्देशक उनका श्रीमान् सुन्दरमणि अधिकारी नै हुन् ।

भिडिओमा गत वर्षको चर्चित गीत ‘आइनँ आमा यो तीजमा’ मा अभिनय गरेकी मोडल ललिता पौडेल छन् । मौसम हिमालीको कोरियोग्राफीमा ६० जनाभन्दा बढी कोरस कलाकारलाई एकसाथ नचाइएको छ ।

शम्भु चालिसेको सिनेम्याटोग्राफी र प्रविण भट्ट सम्पादन गरेका छन् । यो गीत सार्वजनिक हुनेबित्तिकै यसको चर्चा सुरु भएको छ । गीत सार्वजनिक भएको ४ घण्टामै युट्युबमा झन्डै २ लाख भ्युज र ४५ सय कमेन्ट आइसकेको छ ।

माझीको गीतले गीतले नेपाली समाजमा, विशेषगरी ग्रामीण क्षेत्रमा, एक महिलाको जीवनका विभिन्न पक्ष, उसका सपना, संघर्ष, पीडा र जिम्मेवारीलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ ।

गीतको सहारामा नेपाली महिलाहरूको त्याग, सहनशीलता र उनीहरूले भोग्नुपरेको यथार्थको चित्रण गरिएको छ । यसैगरी भिडियोले गीतको भावलाई अझ गहिरो पनि बनाएको छ ।

यसले दुई फरक संसारलाई एकैसाथ देखाएको छ । जसमा तिजको रमझम, रातो हरियो सारीमा सजिएका महिलाहरूको नाच, रमाइलो र उत्सवको माहौल देखाइएको छ ।

यस्तै अर्को वास्तविकताको संसार देखाइएको छ । जहाँ गरिबी, श्रीमानको दुव्र्यवहार, गर्भवती अवस्थामा पनि गर्नुपर्ने कठोर परिश्रम र छोराछोरीको भविष्यप्रतिको चिन्ता सजिव ढंगले प्रस्तुत गरिएको छ ।

गीतले परम्परागत तिज गीतको बहानामा महिलाहरूले वर्षभरि भोग्ने दुःख र पीडालाई समेत उजागर गरेको छ । गीतका शब्दहरु मार्मिक भए पनि लय र भिडिओको अवधारणामा भने नयाँपनको अभाव छ ।

एउटै मोडल र पुरानो ढर्राको कोरियोग्राफीले गर्दा फरकपनको आभास हुन सकेको छैन । भिडिओ हेर्दा पहिले धेरैपटक हेरेकोजस्तो महसुस हुन्छ ।

बिष्णु माझीको गायिकीमा उनकै सिग्नेचर स्टाइल छ । उनका पारखीहरु भने पक्कै तृप्त हुनेछन् । विष्णु माझी नेपाली लोक संगीत, विशेष गरी लोक दोहोरी गीतहरूमा आफ्नो अमूल्य योगदानका लागि परिचित छिन्।

उनले १५ वर्षभन्दा बढी समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय रहिएकी छिन् र ५,००० भन्दा बढी गीत रेकर्ड गरिसकेकी छन् । उनी सार्वजनिक जीवनमा निकै गुमनाम छिन् ।

विष्णु माझीसँग सार्वजनिक रुपमा धेरै कुरा गरिएका छैनन् र उनी आफ्नो जीवनलाई धेरै निजी राख्ने स्वभावकी छिन्। गृहजिल्ला स्याङ्जामा नै उनका श्रीमान् सुन्दरमणि अधिकारीले उनको क्यारियर व्यवस्थापन गर्ने गर्छन्।

केही विवादहरूमा उनको व्यक्तिगत जीवनलाई उनको श्रीमान्ले नियन्त्रण गर्ने र उनी नजरबन्दमा रहेको चर्चा पनि चलेको छ, तर यसको पुष्टि पूर्ण रुपमा छैन ।

उनले लोक गायनमा धेरै पुरस्कारहरू प्राप्त गरेकी छिन्, जसमा ईमेल म्युजिक अवार्ड, रेडियो कान्तिपुर अवार्ड, बिन्दाबासिनी म्युजिक अवार्ड र कालिका म्युजिक अवार्ड प्रमुख छन् ।

माझी नेपाली लोक संगीतकी प्रमुख कलाकार हुनुका साथै अत्यन्तै लोकप्रिय र सफल गायिका हुन् । जसको गायकी र पारिश्रमिकले उनलाई नेपाली संगीत क्षेत्रको शीर्ष स्थानमा राखेको छ ।

उनी नेपालमा सबैभन्दा महंगो पारिश्रमिक लिने गायिकामा पर्छिन । उनी सार्वजनिक ठाउँमा कम देखिनुको मुख्य कारणहरूमा सामाजिक डर (सोसल एन्जाइटी डिसअडर) सहित व्यक्तिगत स्वभाव र पारिवारिक व्यवस्थापन अन्तर्गत रहेको बताइएको छ ।

उनी भीड र मान्छेहरूबाट डराउने स्वभावकी हुन सक्ने र यस कारणले सार्वजनिक स्थलहरूमा धेरै कम भाग लिने गर्छिन् भन्ने गरिन्छ ।उनी घरबाट बाहिर निस्कँदा शरीरका अधिकांश भाग ढाकेर हिँड्ने, रेकर्डिङ स्टुडियोमा पनि गोप्य रूपमा मात्र गीत गाउने गर्छिन्।

२० वर्षदेखि गाय क्षेत्रमा सक्रिय उनी सार्वजनिक रूपमा गायकी कार्यक्रम, कन्सर्ट वा मिडिया सामु देखिएकी छैनन् । त्यसैगरी, विष्णुको यस्तो गुमनाम जीवनको पछाडि उनका श्रीमान्ले उनीलाई बाहिरी दुनियाबाट बचाउने र संरक्षण गर्ने प्रयास गरेको चर्चा छ भने कतिपयले यो अवस्था बन्धकजस्ता शब्दमै व्याख्या गरेका छन्।

इस्तै आशंका सहितका खबर बाहिरिएपछि २०७५ सालमा नै जिल्ला प्रशासन स्याङ्जाले उनीहरु दुवै जनालाई बोलाएर जानकारी लिएको थियो । सो क्रममा उनले आफू स्वेच्छाले यस्तो जीवन बिताइरहेको र बन्धक नभएको बताएकी थिइन ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top