×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

आज गण्डकीदेखि पश्चिममा ठूलो वर्षा

३० श्रावण २०८२

२९ साउन, काठमाण्डौ ।

हाल देशमा मनसुनको न्यून चापीय रेखा तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement
Advertisement

महाशाखाका अनुसार मनसुन पूर्वमा भन्दा पश्चिममा सक्रिय भएको छ । जसअनुसार आज दिउँसो गण्डकीदेखि पश्चिममा ठूलो पानी पर्ने सम्भावना छ ।

गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका एक÷दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेश प्रदेश र अरु केही ठाउँमा मध्यम खालको पानी पर्नेछ ।

राति गण्डकी प्रदेशका पहाडी तथा तराईलगायत बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही ठाउँमा मध्यम पानी पर्ने महाशाखाले जनाएको छ ।

गएराति पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । ६ घण्टामा डोटी, बाजुरा, अछाम र भोजपुरमा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकासहित केही ठाउँमा अहिले पनि पानी परिरहेको छ । यसबीच बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ मा रहेको बिच्छ्या खोलाको बाढीले २ वटा घर पुरेको छ ।

बाढीले ४ वटा घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बाढीले झोलुङ्गे पुल र बिच्छ्या मावि, १ नम्बर वडा कार्यालय भवन लगायत अरु १७ वटा सरकारी संरचनामा क्षति पुगेको र अरु १५ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

बाढीबाट मानवीय क्षति भने भएको छैन । बिच्छ्या खोला र कुवाडी खोला आसपास बसोबास गर्ने बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ । उता उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको ढी–सुर्खाङ खोलामा रहेको पक्की मोटरेबल पुल बाढी पहिरोका कारण क्षतिग्रस्त भएको छ ।

अस्ति रातिदेखिको पानीले ढी–सुर्खाङ खोलामा अचानक आएको बाढीले सुर्खाङ, यारा, घारा र दामोदरकुण्ड जोड्ने सडकको पक्की पुल पूर्णरूपमा क्षति भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले ध्ये खोलादेखि सुर्खाङ, ढी, यारा, घारा र दामोदरकुण्ड सडक खण्डमा अर्को सूचना नआएसम्म गाडी आवतजावतमा रोक लगाएको छ । यस्तै बझाङमा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

बित्थडचिर गाउँपालिका–१, पैरामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । बिहीबार बिहान करिब ९ बजे उक्त स्थानमा पहिरो खसेको हो । वर्षासँगै सडकमाथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

रोल्पामा पनि पहिरोले मुख्य सडक अवरुद्ध भएको छ । त्रिवेणी गाउँपालिका–२, दुईखोलीमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। वर्षासँगै सडकमाथिबाट पहिरो खस्दा घोराही–थबाङ सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरोले डडेलधुरामा भीमदत्त राजमार्ग पनि अवरुद्ध भएको छ । अमरगढी नगरपालिका–७, भालुमारेमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

वर्षासँगै सडकमाथिबाट पहिरोसहित रुख ढलेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । जाजरकोटमा पनि मुख्य सडक अवरुद्ध भएको छ ।

नलगाड नगरपालिका–११, छहराभीरमा जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडकमाथिबाट ढुंगासहितको पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यता मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घासखण्डमा पहिरो खस्दा यो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । रुरुक्षेत्र गाउँपालिका–३, बाख्रेभीरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुका अनुसार, पहिरो पन्छाउने प्रयास जारी छ । निरन्तरको वर्षाले काममा अवरोध भएको छ ।

यसबीच बाढी महाशाखाले आज बिहान मापन गर्दा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदी तथा कन्काई, कमला, पूर्वी राप्ती. पश्चिम राप्ती र बबई नदीको बहाब सतर्कता तहभन्दा तल नै छ तर दिउँसो बढ्ने सम्भावना रहेको जनाएको छ।

जिल्लाका दृष्टिले डोटी डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ ।

Advertisement

साथै आज इलाम, झापा, पाँचथर, मोरङ, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, उदयपुर, गोरखा, लमजुङ, कास्की, पर्वत, गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु, बागलुङ, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया, रोल्पा, सल्यान, रुकुम–पश्चिम, जाजरकोट, दैलेख, कालीकोट, बाजुरा, बाझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले उल्लेख गरेको छ ।

भर्खरको समाचार

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

सम्बन्धित खबरहरु

Scroll to Top