×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

भारतअघि ओली चीन जाँदै, मोदी पनि आउने, ओलीलाई दुर्लभ अवसर

३० श्रावण २०८२

२९ साउन, काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओली फेरि चीन जाने भएका छन् । उनी दुई सातापछि चीन भ्रमणमा जाने भएका हुन् । चीनमा हुन लागेको संघाइ सहयोग संस्था (एससिओ) को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीन जान लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

Advertisement
Advertisement

दुईदिने भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग प्रधानमन्त्री ओलीको भेट हुने सम्भावना छ । यसअघि प्रधानमन्त्री ओलीले मंसिर १७ गते चीनको चारदिने औपचारिक भ्रमण गरेका थिए ।

नेपाल सन् २०२० देखि एससिओको संवाद साझेदारको रूपमा रहँदै आएको छ । एससिओको स्थापना २००१ मा भएको हो जहाँ बेलारुस, चीन, भारत, इरान, काजाकिस्तान, किर्गिस्तान, पाकिस्तान, रूस, ताजिकिस्तान र उज्बेकिस्तान गरी १० देश सदस्य छन् ।

नेपालसहित टर्कीए, श्रीलंका, अजरबैजान, अर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेयिबा र युएईसहित १४ देशहरू भने एससिओमा संवाद साझेदार छन् ।

सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुँदैछन् । सोही बैठकमा ओलीको सी र मोदीसँग भेटवार्ता हनेछ । दुई छिमेकी राष्टका प्रमुखसँग एकैपटक भेट गर्ने दुर्लभ अवसर ओलीले प्राप्त गर्नेछन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित सदस्य राष्ट्रका शीर्ष नेताहरू सहभागी हुनेछन् । चीनबाट फर्केलगत्तै भदौ ३१ गते प्रधानमन्त्री ओली भारतको भ्रमणमा जानेछन् ।

प्रधामनन्त्रीको भारत भ्रमणअघि भदौ १ गते भारतका परराष्ट्रसचिव विक्रम मिश्री काठमाडौँ आउने भएका छन् । तर त्यसअघि नै चिनियाँ राष्ट्रपतिसंगै भारतीय प्रधानमन्त्रीसंग पनि नेपाली प्रधानमन्त्रीको भेट हुन लागेको हो ।

यसअघि सो सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेबारे परामर्श भइरहेको थियो । राष्ट्रपति नजाने भएपछि प्रधानमन्त्री जाने तयारी भएको हो ।

प्रधानमन्त्रीले यसअघि गत वर्ष प्रधानमन्त्री भएपछि पहिलो भ्रमण चीनबाटै गरेका थिए । एक वर्षको बीचमा यो दोस्रो भ्रमण हुनेछ । विश्व दुई धु्रवमा विभाजित भइरहेका बेला यसपटक चीनको यो सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।

त्यसमा विशेष भनेको अमेरिकी राष्ट्रपतिले दबाब दिइरहेका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन जानु पनि रहेको छ । मोदी चीन जानुअघि चिनियाँ विदेशमन्त्री वाङ यी’ले भारतको भ्रमण गर्ने भएका छन् ।

वाङले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग विशेष प्रतिनिधिस्तरको वार्ता गर्ने तयारी भएको छ । भारत–पाकिस्तानबीचको शत्रुतापूर्ण अवस्था र ‘अपरेसन सिन्दूर’पछि चीनबाट हुने पहिलो उच्चस्तरीय भ्रमण हुनेछ ।

भारत–पाकिस्तान युद्धका बेला पाकिस्तानले प्रयोग गरेका हतियार र ड्रोनहरू चीनबाट उपलब्ध गराइएको थियो । डोभाल र वाङबीचको वार्ताले द्विपक्षीय सम्बन्ध र लद्दाखमामा रहेको वर्तमान अवस्थाबारे पनि कुराकानी हुनेछ ।

वाङ यी सन् २०२२ मा युक्रेन युद्ध सुरु भएपछिको समयमा भारत आएका थिए । यसैबीच भारतका विदेशमन्त्री एस जयशंकर अर्को हप्ता रुसको भ्रमण गर्ने भएका छन् ।

रुसको विदेशमन्त्री सेर्गेइ लाभरोभसँग भेट गर्न २१ अगस्टमा जयशंकर रुस जान लागेका हुन् । भारतीय सञ्चार माध्यमले जनाएअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सम्भावित भारत भ्रमणको तयारीस्वरूप उनी रुस जान लागेका हुन् ।

पुटिन सन् २०२५ को अन्तिम साता भारतको भ्रमणमा आउन सक्ने बताइएको छ । केही दिनअघि भारतका सुरक्षा सल्लाहकार डोभाल रुस पुगेका थिए ।

Advertisement

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०२४ मा दुई पटक रुस गएका थिए । यता शुक्रबार भने अलास्कामा पुटिन र डोनाल्ड ट्रम्पबीच भेटवार्ता हुँदैछ ।

भर्खरको समाचार

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

सम्बन्धित खबरहरु

Scroll to Top