×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

विश्वकप छनोटको महाअभियानः अस्ट्रेलिया र वेस्ट इन्डिजसँग खेल्दै नेपाल

३० श्रावण २०८२
२९ साउन, काठमाण्डौ । 
अस्ट्रेलियामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालले आगामी भदौ १० देखि १४ गतेसम्म पाँच अभ्यास शृंखला खेल्ने जनाएको हो ।
नेपालले आगामी भदौ १० गते एसिटी तथा भदौ १२ गते साउथ अस्ट्रेलियासँग समान दुई दुई ट्वान्टी–२० खेल्नेछ । पहिलो खेल बिहान ४ः४५ तथा दोस्रो खेल ९ः४५ मा सुरु हुनेछ ।
त्यसैगरी नेपालले भदौ १४ गते साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने तय छ । यो खेल बिहान ५ः४५ मा सुरु हुने छ । यो अभ्यास शृंखला अघि नेपालले अस्ट्रेलियाको डार्बिनमा टप एन्ड टी–२० सिरिज पनि खेल्नेछ ।
उक्त सिरिज यही साउन २९ देखि भदौ ८ गतेसम्म हुँदैछ । त्यहाँ नेपालले अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बङ्गलादेशको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोलीले आगामी अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी–२० विश्वकप छनोटको तयारीस्वरूप उक्त खेल खेल्न लागेको हो।
 सन् २०२६ मा हुने आईसीसी पुरुष टी–२० विश्वकपमा स्थान बनाउने लक्ष्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिलेसम्मकै सबैभन्दा व्यस्त र महत्त्वपूर्ण तयारी शृङ्खलाहरू खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको तालिका अनुसार, नेपालले अस्ट्रेलियाको प्रतिष्ठित ’टप एन्ड टी–२० सिरिज’ खेल्नुका साथै वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्दै विश्वकप छनोटको अन्तिम तयारी गर्नेछ।
विश्वकप छनोटको तयारीलाई चुस्त बनाउन नेपाली टोलीले अस्ट्रेलियामा दुई फरक प्रतियोगिता खेल्नेछ। टप एन्ड टी–२० सिरिज अगस्ट १४ – २४ सम्म हुनेछ ।
यो सिरिजमा नेपालले पाकिस्तान ’ए’, बंगलादेश ’ए’ तथा बिग ब्यास लिगका एकेडेमी टिमजस्ता बलिया टोलीहरूसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालको खेल तालिकाः
अगस्ट १५मा मर्दन टेरिटोरी स्ट्राइकर्स,  १६मा बंगलादेश ‘ए’, १८मा मेलवर्न स्टार्स एकेडेमी, १९मा होबार्ट हरिकेन्स एकेडेमी,  २०मा मेलबर्न रेनेगेट्स एकेडेमी र २२मा पाकिस्तान ‘ए’विरुद्ध खेल्नेछ ।
लिग चरणका शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्, जसको फाइनल खेल अगस्ट २४ मा हुनेछ।
टप एन्ड सिरिजपछि नेपालले एसीटी  र साउथ अस्ट्रेलियासँग थप ५ अभ्यास खेल खेल्नेछ।
अगस्ट २६मा एसीटीसँग दुईवटा टी–२० खेल हुनेछन् भने   २८मा साउथ अस्ट्रेलियाविरुद्ध दुईवटा टी–२० खेल हुनेछ।
अगस्ट ३०मा साउथ अस्ट्रेलियाविरुद्ध एकदिवसीय म्याच हुनेछ ।
पारिवारिक शोकका कारण स्पिनर ललित राजवंशीको ठाउँमा शाहव आलमलाई टोलीमा समावेश गरिएको छ। ललितकी आमाको निधनपछि क्यानले यो निर्णय लिएको हो।
सोमबार अस्ट्रेलिया प्रस्थान गर्नुअघि क्यानले टोलीलाई बिदाइ गरेको थियो । अस्ट्रेलियाबाट  ट्रफी समेत सार्वजनिक भइसकेकोछ ।
अस्ट्रेलिया भ्रमणपछि नेपालले दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग ऐतिहासिक अन्तर्राष्ट्रिय टी–२० शृङ्खला खेल्नेछ।
नेपालले पहिलो पटक वेस्ट इन्डिजसँग टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न यूएईमा लागेको हो, जसले विश्वकप छनोटअघि टोलीको मनोबल उच्च बनाउने विश्वास लिइएको छ।
यी सबै तयारीको मुख्य उद्देश्य आगामी अक्टोबरमा ओमानमा हुने टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा उत्कृष्ट प्रदर्शन गर्नु हो।
प्रतियोगिता अक्टोबर ८ मा सुरु  हुनेछ ।
नेपालको समूह ’बी’ मा नेपालसँगै कुवेत र जापान छन्।  प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्सबाट शीर्ष तीन टोलीले भारत र श्रीलंकामा आयोजना हुने २०२६ को विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन्।
अस्ट्रेलिया भ्रमणका लागि नेपाली टोलीमा भने कप्तानः रोहित पौडेल, उपकप्तानः दीपेन्द्रसिंह ऐरी र सदस्यहरूमा सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र शाहव आलम रहेका छन् ।
Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top