×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

३० श्रावण २०८२
२९ साउन, काठमाण्डौ । 
पल शाहको कमब्याक चलचित्र ‘मोहर’ ले बक्सअफिसमा उत्साहजनक प्रदर्शन गरिरहेको छ। दर्शकहरूको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का कारण फिल्मले पहिलो हप्तामै आफ्नो लगानी सुरक्षित गरेको  चलचित्रको निर्माण पक्षले दाबी गरेको छ।
फिल्मको कथा पश्चिमी नेपालको एउटा गाउँबाट सुरु हुन्छ, जहाँ सरकार चन्द (अर्जुन जङ्ग शाही) नामक एक शक्तिशाली र क्रूर व्यक्तिको दबदबा छ।
उनका लागि अन्याय र अत्याचार सामान्य कुरा हो। यही गाउँमा प्रहरी इन्स्पेक्टर सिवल (पल शाह) र सिन्दुरी (नीति शाह) बीच प्रेम मौलाउँछ।कथाले मोड लिन्छ जब सिवल तालिमका लागि काठमाडौं जान्छन्।
यही मौकामा, सरकारकी आमा, महारानी (लक्ष्मी गिरी), सिन्दुरीको बुबालाई पैसाको लोभ देखाएर आफ्नो छोराका लागि सिन्दुरीको हात माग्छिन्। दबाब र विवशताका बीच सिन्दुरीको विवाह सरकारसँग हुन्छ।
महारानीले भाकल गरेकी हुन्छिन्– यदि छोरा जन्मिए उसले राज गर्नेछ, तर छोरी जन्मिए उसलाई देउकी बनाएर मन्दिरमा चढाइनेछ । दुर्भाग्यवश, सिन्दुरीले छोरी जन्माउँछिन्।
अब के सिवल गाउँ फर्किएर यो अन्यायको अन्त्य गर्लान् ? के ती नाबालक छोरी देउकी बन्नबाट जोगिएलिन्? यही प्रश्नहरूको वरिपरि फिल्मको कथा घुमेको छ।
देउकी प्रथा जस्तो संवेदनशील र गम्भीर सामाजिक विषयलाई कथाको केन्द्रमा राख्नु फिल्मको सबैभन्दा साहसिक र सबल पक्ष हो। वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीको अभिनय फिल्मको मेरुदण्ड हो।
उनको महारानीको भूमिकाले दर्शकमा गहिरो छाप छोड्छ। पल शाह, अर्जुनजंग शाही र अन्य कलाकारहरूले पनि आफ्नो भूमिकालाई न्याय दिने प्रयास गरेका छन्।
फिल्मको सिनेमाटोग्राफीमा गरिएको मिहेनत प्रस्ट देखिन्छ। केही दृश्यहरूले दर्शकलाई भावुक बनाउँछन् र उनीहरूको मन छुन सफल हुन्छन्, जसका कारण हलबाट रुँदै निस्किएका दर्शकका भिडियोहरू सामाजिक सञ्जालमा देखिएका छन्।
तर फिल्मले देउकी प्रथा जस्तो गम्भीर मुद्दा उठाए पनि यसको गहिराइमा पुग्न सकेको छैन। देउकी प्रथाको पीडा, सामाजिक संरचना र यसका असरहरूलाई कथाले केवल सतही रूपमा छोएको छ।
निर्देशक र लेखक यसलाई अझै गहिराइमा गएर प्रस्तुत गर्न चुकेको समीक्षा गरिएको छ । फिल्मको प्रेम कथा र संवादहरू केही हदसम्म पुराना देखिएका छन् ।  ‘मोहर’ले बक्सअफिसमा सुखद सुरुवात गरेको छ।
प्रदर्शनको छैटौं दिनसम्ममा फिल्मले २ करोड १० लाख ७० हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ। १ करोड ८६ लाख को बजेटमा बनेको यो फिल्मले लगानी सुरक्षित गरिसकेको छ, तर हलबाट मात्र नाफा कमाउन लगभग ४ करोडको आँकडा पार गर्नुपर्ने देखिन्छ।
दोस्रो हप्तामा भारतीय चलचित्र ‘कुली’ र ‘वार २’ को आगमनले ‘मोहर’को शो संख्यामा भारी गिरावट आएको छ। यद्यपि, ‘वार २’ को कमजोर प्रतिक्रियाको फाइदा ‘मोहर’ले उठाउन सक्ने सम्भावना छ।
अभिनेता पल शाहले विदेशी फिल्मका कारण शो कटौती भए पनि दर्शकको मायाले ‘मोहर’ हलमा बलियो भएर फर्किने विश्वास व्यक्त गरेका छन्।
‘मोहर’ले विहिबार १३१ शो र ‘सिटामोल’ले ३९ शो पाएका छन् । आजबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘वार २’ले २३९ शो पाएको छ । ‘कुल्ली’ले १८५ शो पाएको छ ।
राम्रो माउथ पब्लिसिटी भइरहेको, दर्शकहरुले रुचाइरहेको चलचित्रको शो अचानक घटाइँदा व्यापार प्रभावित हुने देखिन्छ ।  समग्रमा, ‘मोहर’ एक राम्रो सामाजिक विषयवस्तु बोकेकोचलचित्र बनेको छ ।
 यसका  कलाकारमा पल शाह, अर्जुनजंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, आदि रहेका छन् ।
बालकलाकारमा सारा शर्मा, लेखक तथा निर्देशकः ओम प्रतिक र निर्माता चुम्बनजंग शाही रहेको चलचित्र मोहर  फिल्म मेकर्स प्रालिको ब्यानरमा तयार भएको छ ।
Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top