×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

६ भाद्र २०८२
६ भदौ , काठमाण्डौ ।
पारदर्शिता र सुशासनको वकालत गर्दै जान्नेलाई छान्ने नारासहित राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गम्भीर धक्का लागेको छ।
पार्टीको बागमती प्रदेश कमिटीअन्तर्गत प्रशिक्षण विभागको संयोजक जस्तो महत्त्वपूर्ण जिम्मेवारीमा रहेका नेता हरि कँडेल नै नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र कारोबार गर्ने  सञ्जालमा संलग्न भएको अभियोगमा पक्राउ परेका छन्।
कँडेललाई रुपन्देही प्रहरीले बिहीबार चितवनबाट पक्राउ गरी अनुसन्धानका लागि रुपन्देही लगेको हो। यो प्रकरणको जड गत साउन ३० गते रुपन्देहीको बेलहिया स्थितहोटल मुक्तिनाथ परिसरबाट एक भारतीय नागरिकको पक्राउबाट सुरु भएको थियो।
भारत, उत्तरप्रदेश कानपुरका २५ वर्षीय अभिषेक यादवलाई खानतलासी गर्दा उनको साथबाट नेपाली तथा भारतीय विश्वविद्यालयका ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र, होलोग्राम, स्ट्याम्प र अन्य सामग्री बरामद भएपछि प्रहरीले यो सञ्जालको अनुसन्धानलाई तीव्रता दिएको थियो।
पक्राउ परेका यादवले प्रहरी समक्ष दिएको बयानमाआफू केवल सहयोगी भएको र चितवनका हरि कँडेलको निर्देशनमा भारतबाट नक्कली प्रमाणपत्र र होलोग्राम छापेर ल्याउने गरेको खुलासा गरेका थिए।
यही बयानका आधारमा रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीको निर्देशनमा खटिएको टोलीले कँडेललाई चितवनबाट नियन्त्रणमा लिएको हो। रास्वपा चितवनका अध्यक्ष कृष्ण भुसालले पनि कँडेल पार्टीको बागमतीप्रदेश प्रशिक्षण विभाग संयोजक रहेको पुष्टि गरेका छन् ।
प्रहरीले यादवको साथबाट त्रिभुवन विश्वविद्यालयका १०० वटा ट्रान्सक्रिप्ट र ३६ वटा खाली प्रमाणपत्र, त्रिभुवन विश्वविद्यालय, उच्चमाध्यमिक शिक्षा परिषद् र राष्ट्रिय परीक्षा बोर्डका हजारौँ थान नक्कली होलोग्राम र स्टिकरहरू, भारतका एमिटी विश्वविद्यालय, जवाहरलाल नेहरु टेक्नोलोजिकल युनिभर्सिटी, छत्रपति साहुजी महाराज युनिभर्सिटी (कानपुर) लगायत दर्जनौँ विश्वविद्यालयका नक्कली मार्क सिट, प्रोभिजनल सर्टिफिकेट र छापहरू र एचपी कम्पनीको ल्यापटप, मोबाइल फोन, नगद तथा अन्यविद्युतीय उपकरणहरू बरामद गरेको थियो ।
कँडेल माथि नक्कली शैक्षिक योग्यताको आरोप लागेको यो पहिलो पटक भने होइन। यसअघि उनी चितवनको कालिका नगरपालिका–५ पदमपुर स्थित भीमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए।
सोही समयमा उनले भारतको कानपुरस्थित छत्रपति साहुजी महाराज विश्वविद्यालय बाट प्राप्त गरेको भनिएको स्नातकतह (बीएस्सी) को प्रमाणपत्र नक्कली भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको थियो।
अनुसन्धानबाट प्रमाणपत्र कीर्ते भएको पुष्टि भएपछि अख्तियारले उनीविरुद्ध झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी लाभलिएको भन्दै भ्रष्टाचार निवारण ऐन अनुसार विशेष अदालत, काठमाडौँमा आरोपपत्र नै दायर गरेको थियो।
यही विवादका कारण उनी प्रधानाध्यापक पदका लागि अयोग्य ठहर भएका थिए। शिक्षक पदबाट हटेपछि कँडेलले चितवनको लायन्स चोकमा ‘कलेज कोच नेपालप्रा. लि.’ नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, यही परामर्श केन्द्रको आवरणमा उनले नेपाल र भारतका विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्र बनाउने र विदेश, विशेषगरी माल्टा जान चाहनेहरू लाई बिक्री गर्ने गरेको खुलेको छ।
उनले आफ्नो नामको अगाडि ‘डाक्टर’ उपाधि समेत लेख्दै आएकाथिए, जुन अब थप शंकाको घेरामा परेको छ। प्रहरीले दुवै अभियुक्तलाई हिरासतमा राखी विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top