×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सडकमा सुटकेसभित्र शव,कसले राख्यो ?माइतमै बस्थिन महिला

८ भाद्र २०८२
८ भदौ , काठमाण्डौ । 
रौतहटमा सडकपेटीमा फालिएको सुटकेसभित्र महिलाको शव फेला परेको छ। गएराति १० बजे गौर–पिपरा सडकखण्डअन्तर्गत मुडवलबा मोडनजिक संदिग्ध सुटकेस फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी नेत्रमणी गिरिका अनुसार  डोरीले बाँधिएको अवस्थामा फेला परेको सुटकेस आइतबार बिहान खोल्दा भित्र महिलाको शव रहेको पाइएको छ।
शंकास्पद लागेपछि प्रहरीले रातभर उक्त सुटकेश रुँघेको थियो । आज विहान भने  सुटकेस खोलेर हेर्दा शव भेटिएको थियो ।  सुटकेसमा  बिस्फोटक बस्तुसमेत हुनसक्ने आशंकासहित प्रहरीले रातभर  घटनास्थल सुरक्षित  राखेको थियो  ।
बिहान प्रहरीले सेनाको बम डिस्फोजल टोलीलाईसमेत साथमै लिएर गएको थियो ।शवलाई सुटकेसबाट झिकेरप्रहरीको टोलीले पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा लगेको छ ।
उक्त शव रौटहटको माधव नारायण नगरपालिका– २ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए।
कार्कीका अनुसार सुटकेसभित्र मृत अवस्थामा फेला परेकी साहको घाँटीमा डोरी र सलले बाँधिएको छ । उनको नाकमा रगतका धब्बाहरू छन्।
महिलाको अन्दाजी उमेर २५÷२६ को जस्तो देखिने डिएसपी कार्कीले बताए। शवको प्रकृति हेर्दा महिलाको हत्या शुक्रबार दिउँसो मात्रै भएको जस्तो देखिने पनि उनले बताए।
’शव धेरै पुरानो जस्तो देखिँदैन। शुक्रबार दिनभरिको घटनाजस्तो देखिएको छ। यसबारे फरेन्सिक जाँच गरेपछि थप खुल्छ,’ उनले भने।
गौर नगरपालिका– ९ मा पर्ने गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै गएराति नै स्थानीयले शंकास्पद अवस्थामा ठूलो सुटकेस देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
‘रातभर हामीले घटनास्थल सुरक्षित राख्यौँ। आइतबार बिहान मेरै कमाण्डमा खटिएको प्रहरीले खोलेर हेर्दा त्यसभित्र शव रहेछ,’ डीएसपी कार्कीले भने, ‘उनका माइती पक्षका मान्छेलाई हामीले जिल्ला प्रहरी कार्यालयमा बोलाएका छौँ। घटनाको थप अनुसन्धान हुँदैछ।’
‘सुटकेसमा जे पनि (बिस्फोटक बस्तुसमेत) हुनसक्ने आशंकासहित हामीले राति घटनास्थल सुरक्षित राख्यौँ। त्यहाँ बत्तीको राम्रो व्यवस्था पनि थिएन,’ कार्कीले भने, ‘राति हामीले त्यसलाई चलाएनौँ। राति प्रहरीले त्यहाँ ड्युटी ग¥यो। आइतबार बिहान सेनाको बम डिस्फोजल टोलीलाईसमेत साथमै लिएर हामी गएका थियौँ,’ डीएसपी कार्कीले भने।
घाँटी कसेर युवतीको हत्यापछि शव सुटकेसमा राखिएको अनुमान प्रहरीले गरेको छ। ‘तर, हत्या कसले र किन ग¥यो खुलिसकेको छैन,’ डीएसपी कार्कीले भने।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ। रुवीको विवाह भारतको मजफरपुरमा भएको स्थानीयले बताएका छन्। उनी अहिले माइती घरमै बस्दै आएकी थिइन्।
रौटहटको माधव नारायण नगरपालिका–२ महादेवपट्टीमा उनको माइती घर छ। पतिसँगको उनको सम्बन्धको विषयमा हालसम्म केही खुलेको छैन।
Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top