विराटनगरलाईनै स्थायी राजधानी बनाउन माग गर्दै ६३ संघ संस्थाद्धारा ज्ञापनपत्र

विराटनगर, असोज १८
१ नं. प्रदेशको स्थायी विराटनगरलाई नै बनाउन माग गर्दै विराटनगरका ६३ वटा विभिन्न सामाजिक संघ संस्थाले १ नम्बर प्रदेशसभाका सभामुख र मुख्यमन्त्रीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

पर्याप्त पूर्वाधार र सामथ्र्यका आधारमा राजधानी बन्न विराटनगर नै उपयुक्त भएको उनीहरुको तर्क छ । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघको अगुबाईमा विभिन्न संघ संस्थाले राजधानी हुने आधार सहित ज्ञापनपत्र बुझाएका हुन् ।

उद्योगी व्यावसायीहरुले राजधानीको पर्याप्त आधार हुँदा हुँदै अन्यत्र लगे संघीयता र समृद्धिको नारा सार्थक नहुने भन्दै सभामुख भण्डारीको ध्यानाकर्षण गराएका थिए । ज्ञापन पत्र बुझ्दै सभामुख प्रदीपकुमार भण्डारीले विराटनगरका सरोकारवाले उठाएका उपयुक्त सुझावको विषयमा सम्बन्धीत ठाउँमा जानकारी दिने बताए ।

Advertisement

यस्तै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले राजधानीको विषयमा संसदले ठोस निर्णय गर्ने भएको कारण अहिले नै आत्तिन नहुने बताए । प्रदेशको नाम र राजधानीको टुंगो लगाउन नेकपाको संसदीय दलमा छलफल भइसकेको छ भने नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ ।

प्रदेशसभाको २ तिहाई मतले प्रदेशको नाम र राजधानीको टुंगो लगाउने संवैधानिक व्यवस्था छ । सरकारले संसदको यही अधिवेशनमा यो विषयलाई टुंग्याउने तयारी गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top