×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु

१० भाद्र २०८२
१० भदौ , काठमाण्डौ ।
नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान छ। तर विदेशमा कमाएर स्वदेशको अर्थतन्त्रलाई टेको लगाउन ठूलो भूमिकानिर्वाह गर्ने युवाहरूको मानसिक र शारीरिक श्वास्थअवस्थाभने चिन्ताजनकहुँदै गएको छ ।
रोजगारीका लागि विदेश पुगेका नेपाली युवाहरुले परिवार र राज्यकै लागि धन त कमाएका छन्, तर कतिपयले भने यो क्रममा ज्यानै गुमाइरहेका छन् ।
बाँचेका कयौंले पनि विभिन्न शारीरिक समस्या लिएर फर्किर्ने गरेका छन् । वैदेशिक रोजगारीको यो सबैभन्दा कहाली लाग्दो पक्ष फेरि एक पटक उजागर भएको छ ।
फेरि एक नेपाली युवाले रोजगारका लागि नेपाल छाडेको एक सातामै विदेशी भूमिमा ज्यान गुमाएका छन् । कुवेतमा एक नेपाली युवाले व्यस्त र बीच सडकमा नै आत्महत्या गरेका छन् ।
उनले फ्लाइओभर बाट हामफालेर आत्महत्या गरेका हुन् । सुर्खेत, वीरेन्द्रनगर ४ शिव नगरका हरिबहादुर गौतमले कुवेतको महाबुल्ला स्थित २१० नम्बर फ्लाइओभरबाट ३० नम्बर मुख्य सडकमा हाम फालेर ज्यान गुमाएका हुन् ।
३३ वर्षीय गौतम ८ दिनअघि (अगस्ट १७) मात्रै कुवेत स्थित एक होटलमा सवारी चालकको रूपमा काम गर्न गएका थिए । प्रत्यक्षदर्शी हरूका अनुसार सोमबार बिहान करिब ७ बजे उनी फ्लाइओभरमा पुगेपछि लगाएका कपडा खोलेर मुख्य सडक तर्फ हामफा  लेका थिए।
व्यस्त सडक बीचमा खसेका कारण हुइँकिएर आएका गाडीले समेत उनलाई किचेको छ । कुवेतमा रहेका उनका साथीहरुका अनुसार गौतमको मानसिकअवस्था कमजोर थियो र कुवेत आएको दोस्रो दिनदेखि नै अस्वाभाविक व्यवहार देखाइरहेका थिए ।
यसबीचमा उनी २–३ दिनसम्म हराएका पनि थिए । मजदुर शिविर छोडेर हराएका उनी पुनःकम्पनीकै शिविरमा फर्किएको सहकर्मीले जानकारी दिएका छन् । घटनाको दिनबिहान सहकर्मीहरूले उनलाई अस्पताल लैजाने तयारी गरेका थिए ।
तर, अचानक भागेर पुलमा पुगेका उनले कपडा र पर्स छेउमै राखेर पुलमाथि बाट हामफाले । सडकमा यात्रा गरिरहेका हरुले उनको अस्वाभाविक गतिविधि देखेर भिडिओ खिच्न भ्याएका छन् ।
कुवेतस्थित नेपाली दूतावासले घटनाको पुष्टि गर्दै मृतकका परिवारलाई खबर गरिसकिएको र कम्पनीसँग समन्वय गरी शव नेपाल पठाउने प्रक्रिया सुरु भएको जनाएको छ ।
दूतावासका अनुसार हाल कुवेतमा नेपालीको संख्या बढेसँगै आत्महत्या, सडक दुर्घटना, अवैध मदिरा सेवन, लागुऔषधको प्रयोग तथा ओसारपसार जस्ता घटना बढेका छन् ।
श्रम विज्ञका अनुसार वैदेशिक रोजगारीमा जानु अघिको अपेक्षा र त्यहाँ पुगिसकेपछि को अवस्थाका कारण पनि कतिपय युवाहरूमा निराशा र मानसिक समस्या देखिएर आत्महत्या सम्म पुग्ने गरेका छन् ।
किनभने वैदेशिक रोजगारीमा पारिवारिक विषय र आर्थिक लगानीको विषय जोडिएको हुन्छ। ठूलो खर्च गरेर श्रम गन्तव्य देशमा पुगिसके पछि आफ्नो योग्यता र अपेक्षाभन्दा फरक कामगर्नु पर्दा पनि नेपाली श्रमिकहरूमा निराशा र मानसिक रोगको समस्या देखिने गरेको अध्ययनहरूले देखाएको छ।
चिकित्सक हरुले विदेशमा कामगर्न गएका युवामा डिप्रेशन र अन्य मानसिक समस्या देखिनुमा प्रमुखतीन कारण पहिल्याएका छन्।उनीहरुकाअनुसार वैदेशिक रोजगारीमा गएका अधिकांश युवाहरू २० देखि ४० वर्ष उमेर समूहको हाराहारीमा छन्।
यो उमेर समूहमा अलि कति बढी महत्त्वाकाङ्क्षा हुन्छ। त्यहाँ गएपछि त्यो पूरा नहुनु एउटा कारण देखिन्छ । अर्कोचाहिँ परिवारसँग छुट्टिएर बस्नुपर्ने अवस्थाहो।
या त उनीहरू वयस्क हुँदै गरेका वा भर्खरै परिवार र बालबच्चा भएका हुन्छन्। यो अवस्थामा छुट्टिएर बस्नुपर्ने अवस्थाले पनि उनीहरूमा थप समस्या ल्याउँछ।
तेस्रो कुरा चाहिँ उनीहरू यहाँ हुँदा पनि डिप्रेशन सुरु भएको, कतिपयले औषधिहरू नै खाइरहेको र त्यहाँ गएपछि यो समस्या बढेका कारण आत्महत्या सम्म पुगेको हाम्रो अनुभ वबाट देखिन्छ।
कतिपय देशमा सामाजिक सुरक्षा र कामदारको शारीरिक तथा मानसिक स्वास्थ्यलाई ख्याल गरिने भए पनि नेपाली कामदारहरूका प्रमुख श्रम गन्तव्य रहेका खाडी राष्ट्र र मलेशिया जस्ता देशहरूमा कामदारको स्वास्थ्यलाई रोजगारदाताले ख्याल नगर्ने पाइन्छ ।
बोझको काम गर्नुपर्ने, लगातार लामो समय सम्म र एकदमै तातो ठाउँमा काम गर्नुपर्ने, बस्ने ठाउँमा पनि राम्रो सुविधा नहुने र रोजगार दाताले पनि त्यसको ख्याल नगर्ने जस्ता कारणहरू खाडी राष्ट्र र मलेशियामा देखिन्छन्।
सरकारले युवाहरूलाई उनीहरू जान लागेको रोजगारीको प्रकृति, कस्तो काम गर्नुपर्छ कस्तो वातावरणमा काम गर्नुपर्छ जस्ता विषयमा बुझाउनु पर्ने श्रम विज्ञ बताउँछन्।आत्महत्याको दर उच्च देखिएकोमा विज्ञहरूले चिन्ताव्यक्त गरेका छन्।
Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top