×

NEPAL TIMES UPDATES

Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026

अमेरिकी ट्यारिफ पछि २५ लाख भारतीय बेरोजगार बन्दै

१३ भाद्र २०८२

१३ भदौ ,काठमाण्डौ ।

अगस्ट २७ देखि संयुक्त राज्य अमेरिकाले भारतका केही प्रमुख निर्यातित वस्तुहरूमाथि ५० प्रतिशतको भारी ट्यारिफ (कर) लागू गरेपछि यसको प्रत्यक्ष र गम्भीर असर भारतीय बजारमा देखिन थालेको छ।

विशेषगरी कमनाफा र बढी श्रम लाग्ने उत्पादनहरूमा यसको नकारात्मक प्रभाव परेको छ। यसबाट सबैभन्दा बढी प्रभावितहुने प्रमुख क्षेत्रहरूमा कपडा, टेक्सटाइल, हिरा–जवाहरात, झिंगे माछा, गलैँचा र फर्निचर समावेश छन्।

नयाँ ट्यारिफ लागू भएपछि भारतको गुजरात राज्य स्थित सुरतका हिरा उद्योगका व्यापारीहरू गम्भीर चिन्तामा परेका छन्।सुरत, हिरा काट्ने र पालिस गर्नेकामका लागि विश्वभर परिचित छ।

यो शहरलाई ’विश्वको हिरा राजधानी’पनि भनिन्छ, जहाँ विश्वको करिब ९० प्रतिशत हिरा काट्ने र पालिस गर्ने काम गरिन्छ। तर, अहिले यस उद्योगमा आश्रित लाखौं मानिसहरू अनिश्चित भविष्यको सामना गरिरहेका छन्।

अमेरिकाले लगाएको ५० प्रतिशत करले व्यापारी हरूका साथै यस क्षेत्रका कामदारहरू लाई पनि निकै चिन्तित बनाएको छ। यो उच्च करका कारण हिरा उद्योग सँग सम्बन्धित २५ लाखभन्दा बढी कामदार प्रत्यक्ष रूपमा प्रभावित हुने अनुमान गरिएको छ।

सुरतको हिरा उद्योग मुख्यतया अमेरिकामा हुने निर्यातमा निर्भर भएकाले भन्सार शुल्कबाट यो क्षेत्र सबैभन्दा बढी प्रभावित भएको हो। केही विश्लेषकहरूले यदि यो शुल्क घटाइएन भने धेरै व्यापारीहरूले हिरा उद्योग छोड्न बाध्यहुने र यसले ठूलो संख्यामा मानिसहरू लाई बेरोजगार बनाउनुका साथै गम्भीर आर्थिक मन्दी निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

यद्यपि सुरत डायमण्ड एसोसिएसन र साउथ गुजरात चेम्बर अफ कमर्स जस्ता हिरा उद्योग संगठनहरूले भने अमेरिकी शुल्कले केही मन्दी ल्याएपनि समयसँगै स्थिति स्थिर हुने विश्वास व्यक्त गरेका छन्।

उनीहरूको तर्क छ कि भारतलाई हिरा उद्योगको जतिआवश्यकता छ, अमेरिकामापनित्यहीमात्रामा हिराको माग छ। त्यसैले त्यहाँका उपभोक्ता र व्यवसायीहरूले पनि यो समस्याको समाधान खोज्नेछन्।

सुरतका बजारहरूमा बिहान र साँझको समयमा हिरा कालिगढहरू काममा जाँदा वा कामबाट फर्कँदादुई पाङ्ग्रे सवारी साधनको बाक्लो ट्राफिक जामहुनु सामान्य दृश्य हो।

शहरका धेरै साना कारखानाहरूमा २० देखि २०० कामदार कार्यरत छन् भने केही ठूला कारखानाहरूमा ५०० सम्मकामदार कार्यरत छन्। सुरतमा यस्ता हजारौं कारखानाहरू छन्।

एकजना हिरा कालिगढले बीबीसीसँग भनेका छन्,“एक समय यहाँ कारीगरहरूको ठूलो भीड थियो। हालसालै धेरै मानिसलाई जागिरबाट निकालिएको छ। अब हामीलाई के हुन्छ भन्ने पनि हामीलाई थाहा छैन।“

सुरतका धेरै साना–ठूला कारखानाको अवस्था यस्तै निराशाजनक छ। २० वर्षअघि शैलेश मङ्गुकियाले एउटा मात्र पालिसिङ चक्काभएको हिरा पालिस गर्ने युनिट सुरु गरेका थिए।

बिस्तारै व्यवसाय बढ्दै गयो र उनको कारखानामा कामदारको संख्या तीनबाट बढेर ३०० पुग्यो। तर, अहिले उनको कारखानामा ७० जनामात्र बाँकी छन्। बीबीसी गुजराती सँग कुरा गर्दै उनी भन्छन्, “सबै अर्डर रद्द गरिएका छन्। हामीले कामदारहरूलाई भन्नुपर्छ कि काम छैन। यो धेरै दुःखद छ किनभने हामीकसलाई निकाल्ने र कसलाई राख्ने भनेर बुझ्नअसमर्थ छौं। तिनीहरू सबै मेरो परिवारका सदस्य जस्तै हुन्। तर अर्डरको अभावमाकामछैन र कामको अभावमामसँगउनीहरूलाई तलबदिने पैसा छैन।“

गतवर्ष अगस्टमा उनको कारखानाले हरेक महिना औसत दुई हजार हिरा प्रशोधन गरिरहेको थियो। तर यो संख्या घटेर केवल ३०० माझरेको छ। भन्सार महसुलका कारण आएको मन्दीको प्रत्यक्ष असर कामदारहरूमा पर्न थालेको छ।

कामदार सुरेश राठोडले बीबीसीगुजरातीसँग कुरा गर्दै भने, “सामान्यतयाहामी जन्माष्टमीको समयमादुई दिनमात्रबिदा पाउँछौं। यस पटक हामीलाई तलबबिना १० दिन बिदा दिइएको थियो। हामी कसरी यसरी बाँच्न सक्छौं र? तर मालिकले के गर्न सक्छ, कुनै आदेश छैन।“

सुरत डायमण्ड पोलिसर्स युनियनका उपाध्यक्षभावेश टंकले बीबीसी गुजरातीसँग कुरा गर्दै भने, “हामीलाई धेरै कर्मचारीको तलब काटिएको गुनासो आएको छ।  धेरैलाई जन्माष्टमीको समयमा जस्तै तलबबिना नै बिदादिइएको छ। यस वर्ष कर्मचारी ३–५ दिन घरमै बस्नुपरेको छ।“

उनकाअनुसार धेरै कारखानाले अगस्ट १ अघि नै सामान पठाइसकेका थिए। यस कारण उनीहरूले अहिले नयाँ अर्डर पाइरहेका छैनन्। हजारौं कामदारको आम्दानी घट्दै गएको छ र उनीहरूको दैनिक जीवनयापनमा ठूलो समस्या उत्पन्नभएको छ।

निर्यातकर्ताहरू पनि अनिश्चितताले घेरिएका छन्। उद्योगका नेताहरूले एक विशेष हिरा कार्यदल गठन गरेका छन्, जसले यस अवस्थाको समाधानखोज्ने प्रयास गर्नेछ। धेरै व्यापारीले मध्यपूर्व र युरोप जस्ता बजारमा अवसर खोजिरहेको बताएका छन् ।

केहीले बाइपास मार्गहरू मार्फत अमेरिकामा सामान ढुवानी गर्ने प्रयास पनिगरिरहेका छन्। उद्योगकाअन्यव्यक्तिहरूले आगामीदिनमाअवस्थाअझ खराब हुन सक्ने बताएका छन्।

रत्नतथा आभूषण निर्यात प्रवद्र्धन परिषद् गुजरातकाअध्यक्षजयन्तीभाई सावलिया भन्छन् अहिले दुबई, अष्ट्रेलिया र युरोप जस्ता बजारहरूमा बढी ध्यानदिनआवश्यक छ।“ उनी थप्छन्, “हाल अमेरिकामाकुलनिर्यात करिब १२ अर्ब डलर छ। यदिहामीले यो व्यवसायको आधापनिअन्य देशहरूबाट प्राप्तगर्न सक्यौं भने सुरतको हिरा उद्योगलाई बचाउन सकिन्छ।“

जसरी भारतमा विवाह र अन्य शुभ अवसरमा सुनको व्यापक प्रयोग गरिन्छ, त्यसरी नै अमेरिकामा पनि हिरा बिना शुभ अवसर पूरा हुन नसक्ने विज्ञहरूको विश्वास छ।

विश्वका १५ मध्ये १४ हिरा गुजरातमा काटिन्छन्। अमेरिका भारतीय हिरा बिनाबाँच्ननसक्ने भएकोले त्यहाँकाव्यापारीहरूले पनि यो समस्याको समाधान खोजिरहेका छन्।

रत्नतथा आभूषण निर्यात प्रवद्र्धन परिषद्का अनुसार गतवर्ष अमेरिकाले भारतबाट ११.५८ अर्ब डलरको हिरा र आभूषण आयात गरेको थियो। यसमध्ये पालिस गरिएको हिराको मूल्य ५.६ अर्ब डलर थियो।

बाँकी सुन, चाँदी, प्लेटिनम र रंगीनपत्थरहरू थिए। गतवर्ष सम्म पालिस गरिएको हिरामा कर थिएन। तर अब बढेको करले सम्पूर्ण व्यवसायलाई हल्लाएको छ।

अमेरिकाल् लगाएको ट्यारिफको निकास खोज्न मोदीजापान र चीनको भ्रमणमा निस्किएका छन् । चीनमा मोदीले चिनियाँ राष्ट्रपतिसहित रुसी राष्ट्रपतिसँग पनि भेट गर्ने छन् ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top