रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

१३ भदौ ८२, शनिबार

१४ भदौ , काठमाण्डौ ।

क्रिस्टियानो रोनाल्डोको टोली अल नासरले साउदी प्रो लिगको नयाँ सिजन उत्कृष्ट शैलीमा सुरुवात गर्दै अल तावउनलाई ५–० ले हराएको छ ।

नयाँ अनुबन्धित ज्वाओ फेलिक्सले ह्याट्रिक गर्दै चम्किए । कप्तान क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गरे । अर्को नयाँ खेलाडी किङ्स्ले कोमानले पनि गोल गरे ।

Advertisement

फेलिक्स गत महिना चेल्सीबाट अल नासरमा पुगेका हुन् । डेब्यू खेलको सातौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ५४औं मिनेटमा रोनाल्डोले पेनाल्टी गोल गर्दै अन्तर दोब्बर बनाए ।

त्यसको एक मिनेटपछि कोमानले गोल गर्दै स्कोर ३–० बनाए । २५ वर्षीय पोर्तुगाली स्टार फेलिक्सले ६७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को अवस्थामा पु¥याए ।

Advertisement

अन्तिम ३ मिनेट बाँकी रहँदा उनले ह्याट्रिक पूरा गर्दै अल नासरलाई बलियो ५–० को जित दिलाए ।उता अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीले कहिले सन्न्यास लिने भनेर औपचारिक घोषणा अझै गरेका छैनन् ।

तर, उनी भन्छन– अर्को हप्ताको भेनेजुएलाविरुद्धको खेल आफ्नो घरमै हुने अन्तिम विश्वकप छनोट हुन सक्छ ।  ‘यो खेल मेरो लागि निकै विशेष हुनेछ, किनभने यो अन्तिम छनोट खेल हो,’ ३८ वर्षीय मेसीले बुधबार राति भनेका थिए ।

उनले आफ्नो क्लब इन्टर मायामीलाई ओरलान्डो सिटीमाथि जित दिलाउँदै लिग्स कपको फाइनलमा पु¥याएपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

अर्जेन्टिनाले अर्को वर्षको विश्वकपमा स्थान सुरक्षित गरिसकेको छ । अर्जेन्टिनाले आगामी बिहीबार ब्युनस आयर्सको मोनुमेन्टल स्टेडियममा भेनेजुएलाविरुद्ध खेल्नेछ ।

दक्षिण अमेरिकन छनोटको अन्तिम चरणअन्तर्गत सेप्टेम्बर ९ मा इक्वेडरविरुद्ध उसैको मैदानमा खेल्न बाँकी छ । मेसीले यसअघि नै आफू अर्को वर्षको विश्वकपपछि राष्ट्रिय टोलीबाट सन्न्यास लिने संकेत गरिसकेका थिए ।

उक्त विश्वकपमा अर्जेन्टिना कतार २०२२ मा जितेको उपाधि बचाउन मैदानमा उत्रिनेछ । सन् २०३० विश्वकपका लागि छनोट खेल २०२७ मा सुरु हुनेछ, त्यसबेला मेसी ४० वर्षका हुनेछन्।

‘मलाई थाहा छैन भेनेजुएलाविरुद्धपछि अझै मैत्रीपूर्ण खेल वा अन्य अवसरहरू आउँछन् कि आउँदैनन् । तर, यो खेल निकै विशेष छ । त्यसैले मेरो श्रीमती, छोराछोरी, बाबुआमा र दाजुभाइबहिनी सबै त्यहाँ हुनेछन्। हामी यसलाई विशेष क्षणको रूपमा बाँड्नेछौं। त्यसपछि के हुन्छ भन्ने थाहा छैन,’ मेस्सीले भने ।

मेसीको उक्त अभिव्यक्तिपछि दक्षिण अमेरिकी फुटबल महासंघले सामाजिक सञ्जालमा उनको अर्जेन्टिना जर्सीमा तस्वीर राख्दै लेखेको छ,‘द लास्ट डान्स इस कमिङ।’ त्यसैबीच, अर्जेन्टिना फुटबल संघ (एएफए) ले पनि यस अवसरलाई नगद कमाउने माध्यम बनाएको छ ।

मेस्सीको सम्भावित अन्तिम घरेलु खेलका टिकट दर बढाइएको छ । सस्तो टिकट १०० अमेरिकी डलर तोकिएको छ भने महँगो करिब ५०० डलरसम्म पर्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top