×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

चीनको तियानजिनबाट पुटिन र मोदीले विश्व हल्लाए

१६ भाद्र २०८२

१६ भदौ , काठमाण्डौ ।

चीनको बन्दरगाह सहर तियानजिनमा अहिले सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन भइरहेको छ। यस बैठकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली लगायत विश्वका धेरै महत्त्वपूर्ण नेताहरू सहभागी भइरहेका छन्।

Advertisement
Advertisement

तर सम्मेलनको केन्द्रमा छन् चिनियाँ राष्ट्रपति सी जिनपिङ, पुटिन र मोदी रहेका छन् । सम्मेलनबाट मोदी, सि जिनपिङ, पुटिन र अन्य नेताहरू एक–अर्कालाई भेटेका तस्बिरहरू सार्वजनिक भइरहेका छन्। यी तीन नेताबीचको तस्विरले विश्वकै ध्यान खिचेको छ ।

तीन नेताको तस्विर बाहिरिएसँगै अमेरिकी विदेश मन्त्री मार्को रुबियोले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “अमेरिका र भारतबीचको रणनीतिक साझेदारीले लगातार नयाँ उचाइहरू छोइरहेको छ।“ अमेरिकी विदेश सचिव मार्को रुबियोले २१ औं शताब्दीको यो सबैभन्दा निर्णायक द्विपक्षीय सम्बन्धलाई जोड दिएका छन्।

रुबियोले भनेका छन् कि “यो साझेदारी केवल कूटनीतिक वा आर्थिक सम्बन्धमा मात्र सीमित छैन, बरु दुई देशका जनताबीच लामो समयदेखि कायम मित्रतामा आधारित छ।“ उता चीनको तियानजिनमा एससीओ बैठकपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र मोदीबीच द्विपक्षीय बैठकका लागि एउटै कारमा सवार भएर प्रस्थान गरेका थिए ।

पुटिनसँगै मोदी तियानजिनको ५–तारे रिट्ज–कार्लटन होटलमा गए। सोही होटलमा दुई नेताबीच बैठक भएको छ । चीनले मोदीलाई लग्जरी कार उपलब्ध गराएको थियो तर उनी पुटिनको औरस कारमा बसे। राष्ट्रपति भ्लादिमिर पुटिन एससीओ शिखर सम्मेलनका लागि आफ्नो प्रेसिडेन्सियल कार ’औरस’ लिएर आएका छन्।

यसै कारमा उनी चीनमा यात्रा गरिरहेका छन्। उनको कारलाई चिनियाँ कूटनीतिक नम्बर प्लेट दिइएको छ। पुटिनको कारमा चिनियाँ कूटनीतिक लाइसेन्स प्लेट लागेको छ। यो कारमा अन्य सबै देशहरूमा मस्कोको नम्बर प्लेट लागेको छ। पुटिनको औरस कार रूसको अटोमोबाइल कम्पनी औरस मोटर्सले बनाउँछ।

यो रेट्रो–शैलीको लग्जरी सुविधाहरूले सुसज्जित छ। औरस तीन संस्करणहरू– स्ट्यान्डर्ड सेनेट, सेनेट लङ र सेनेट लिमोजिनमा आउँछ। यो पूर्ण रूपमा बख्तरबंद छ, जसको अर्थ यसमा गोलीको असर हुँदैन। यसलाई पुटिनको सुरक्षाको विशेष ध्यानमा राखेर तयार गरिएको हो।

पुटिनको यो कार यस वर्ष निकै चर्चामा आएको थियो, जब उनले उत्तर कोरियाली नेता किम जोङ उनलाई आफ्नो यो लक्जरी कार उपहार दिएका थिए। रूसले यस वर्ष फेब्रुअरीमा किमलाई औरसको लक्जरी सेडान दिएको थियो, जुन पुटिन आफैं प्रयोग गर्छन्। पुटिन विदेश यात्रामा जाँदा आफ्नो यो कार साथ लिएर जान्छन्।

भ्लादिमिर पुटिनसँगको द्विपक्षीय बैठकका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘हामीले युक्रेनमा चलिरहेको द्वन्द्वबारे निरन्तर छलफल गर्दै आएका छौं। हामी शान्तिका लागि भएका हालका सबै प्रयासहरूको स्वागत गर्दछौं। यो द्वन्द्व अन्त्य गर्न र स्थायी शान्ति स्थापना गर्ने बाटो खोज्नुपर्छ। यो सम्पूर्ण मानवताको पुकार हो।’

बैठकमा मोदीले पुटिनसँग भेट्नु एउटा अविस्मरणीय बैठक भएको बताए। हामीलाई धेरै विषयमा जानकारी आदानप्रदान गर्ने अवसर मिल्छ। पुटिनसँगको बैठकमा मोदीले भने, ’हामी निरन्तर सम्पर्कमा रहेका छौं। दुवै पक्षबीच नियमित रूपमा धेरै उच्चस्तरीय बैठकहरू भएका छन्। १४० करोड भारतीय यस वर्ष डिसेम्बरमा हुने हाम्रो २३औँ शिखर सम्मेलनका लागि तपाईंको व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन्। यसले हाम्रो विशेष साझेदारीको गहिराइलाई देखाउँछ।’

यसअघि एससीओ सम्मेलनमा बोल्दै मोदीले संयुक्त राष्ट्रसंघको व्यवस्थामा परिवर्तनको माग गरेका थिए। मोदीले भने, ’विश्वव्यापी संस्थाहरूमा सुधारका लागि एससीओ सदस्यहरूले आपसी सहयोग बढाउन सक्छन्। संयुक्त राष्ट्रसंघको ८० औं वार्षिकोत्सवमा हामी एकमत भएर यसको आह्वान गर्न सक्छौं।’

मोदीले यस क्रममा भने कि ग्लोबल साउथको आकांक्षालाई पुरानो फ्रेमवर्कमा कैद राख्नु आउने पुस्ताहरूसँग अन्याय हो। नयाँ पुस्ताका बहुरंगी सपनाहरूलाई हामी पुरानो जमानाको ब्ल्याक एण्ड ह्वाइट स्क्रिनमा देखाउन सक्दैनौं, यो तस्बिर बदल्नुपर्छ।

मोदीले पाकिस्तानको नाम नलिई आतंकको मुद्दालाई लिएर इस्लामाबादमाथि निशाना साँधे। मोदीले आतंकवादी गतिविधिको कडा आलोचना गरेका छन्। भारत लामो समयदेखि आतंकवादबाट पीडित रहेको बताउँदै मोदीले आफूले पहलगाममा यसको कुरूप अनुहार देखेको जिकिर गरे।प्रधानमन्त्री मोदीले त्यो आक्रमण भारतको आत्मामाथिको प्रहार मात्र नभइ हरेक देश,मानवतामा विश्वास गर्ने हरेक व्यक्तिलाई खुला चुनौती रहेको बताए।

उनले आतंकवादमाथि कुनै पनि प्रकारको दोहोरो मापदण्ड सहन नसकिने चेतावनी समेत दिए। उनले एससीओको बारेमा भारतको सोच तीन स्तम्भहरूमा सुरक्षा,कनेक्टिभिटी र अवसरमा आधारित रहेको बताए ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार चीनमा आयोजित शिखर सम्मेलनमा आफ्ना सहयोगीहरूसमक्ष युक्रेनमाथिको आक्रमणको बचाउ गर्दै पश्चिमी मुलुकलाई साढे तीन वर्ष लामो युद्ध सुरु गराएको आरोप लगाएका छन्।

यस युद्धले दशौँ हजार मानिसको ज्यान लिएको छ भने पूर्वी युक्रेनका धेरै क्षेत्र ध्वस्त पारिएका छन् । पुटिनले भने,’यो सङ्कट रुसले युक्रेनमाथि आक्रमण गर्दा उत्पन्न भएको होइन,बरु युक्रेनमा भएको कूको परिणाम हो।

जसलाई पश्चिमी देशहरूले समर्थन र उक्साएका थिए ।’उनले सन् २०१३–२०१४ को युरोपेली क्रान्तिको सन्दर्भ दिँदै त्यतिबेला रूसी समर्थक राष्ट्रपतिलाई हटाइएको बताए। त्यसपछिको प्रतिक्रियामा मस्कोले क्रिमियन प्रायद्वीपलाई आफ्नो क्षेत्रमा मिलायो र पूर्वी युक्रेनमा रुसी समर्थक पृथकतावादीलाई समर्थन दियो,जसले गृहयुद्ध भड्कायो ।

उनले भने,’संङ्कटको अर्को कारण भनेको युक्रेनलाई नाटोमा तान्ने पश्चिमी मुलुकहरूको निरन्तर प्रयास हो ।’  मस्को र बेइजिङले एससीओलाई नाटोसहित पश्चिमी नेतृत्वको राजनीतिक तथा सुरक्षा ब्लकको विकल्पका रूपमा लिएका छन् ।

पुटिनले विश्वलाई अब ‘पुरानो युरोकेन्द्रित र युरो–एटलान्टिक मोडेलको सट्टा विभिन्न देशहरूको हितलाई ध्यानमा राख्ने प्रणाली’आवश्यक भएको बताए। उनले चीन,भारत र अन्य रणनीतिक साझेदारहरूले अघि सारेका प्रस्ताव र प्रयासलाई युक्रेन संकट समाधानमा महत्त्वपूर्ण योगदानका रूपमा मूल्याङ्कन गर्ने बताए।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top