×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

१७ भाद्र २०८२

१७ भदौ , काठमाण्डौ ।

रास्वपाले लामो गृहकार्यपछि रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारको घोषणा गर्यो । तर घोषित उम्मेदवार विवादमुक्त बन्न सकेका छैनन् । उम्मेदवार घोषणासँगै डा. लेखजंग थापाको राजनीतिकसंगै निजी जीवनसँग सम्वन्धित विवादास्पद विषयहरु बाहिर आएका छन् ।

Advertisement
Advertisement

उनीमाथि बहुविवाहको आरोप लागेको छ । दुई श्रीमतीलाई अंगालो मारेर मुस्कुराइरहेका तस्विरहरु पनि सार्वजनिक भएका छन् । यस्तै नाउपाको समानुपातिक उमेद्वारको सूचीमा पनि अझै उनको नाम रहेको भन्दै आलोचना भइरहेको छ ।

यसले थापासंगै रास्वपालाई पनि विवादमा ल्याइदिएको छ । तर थापाले भने आफ्नो पहिलो श्रीमतीसँग डिभोर्स गरेर मात्रै दोस्रो विवाह गरेको दावी गरेका छन् । रास्वपाले पनि उनको दावीमा विश्वास गरेको छ ।

आलोचना बढेपछि थापाले मंगलबार सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै आफूमाथि प्रश्न गर्नेहरूलाई आफ्नो पारिवारिक जीवन न गैरकानुनी भएको न समस्यापूर्ण नै रहेको बताएका छन् । साथै उनले दुईवटा विवाह गरेको स्वीकार गर्दै एउटा विवाह कानुनी रूपमै सम्बन्ध विच्छेद गरेको अदालती प्रमाण समेत सार्वजनिक गरेका छन् ।

‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एक जना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो’, थापाले भनेका छन्, ‘र त्योभन्दा ठूलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो जसको म बाबा पनि हो ।’

उनले साझा अभिभावकत्वको जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। ‘एउटा कालखण्डमा जीवन बिताउने वाचा गरेका सम्बन्धहरू कुनै कारणले टुट्दै गर्दा त्यस पछाडिको सम्बन्ध तितो हुनुपर्छ भन्ने मलाई लाग्दैन । सम्बन्धविच्छेद भए पनि बच्चाको भविष्य सुरक्षित बनाउन आमा–बुवाको सौहार्दपूर्ण सम्बन्ध जरुरी हुन्छ,’ उनले लेखेका छन् ।

थापाले आफ्नो निजी जीवनमाथि आएका प्रश्नलाई व्यक्तिगत नभई पार्टीमाथि भएको नियोजित आक्रमणका रूपमा व्याख्या गरेका छन्। ‘माथि आक्रमण भएको हो भने त्यो लेखजंग थापामाथि मात्र होइन, सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीमाथि हो,’ उनले भनेका छन् ।

न्युरोचिकित्सकका रूपमा १४ वर्षको पेशागत यात्रापछि सक्रिय राजनीतिमा प्रवेश गरेका थापाले आफू देशको रूपान्तरणकारी परिवर्तनका लागि लागेको बताएका छन्। ‘म नेता बन्न होइन, देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ,’ उनले भनेका छन् ।

उनले आफ्नो निजी जीवनको यो आयामबारे पार्टीलाई जानकारी दिएको र पार्टी नेतृत्वले लिएको कानुनी परामर्श समेतलाई उम्मेदवार छनोट प्रक्रियामा संलग्न गरिएको प्रस्ट पारेका छन् । उनले लेखेका छन्, रुपन्देही– ३ मा ९६ वर्षकी मेरी बुढी आमा बस्नुहुन्छ, पहिलो फ्लाइट लिएर आमालाई आफू उम्मेदवार भएको खुसी बाँडेर आशीर्वाद लिने मन थियो । सोचेको थिएँ एउटा चिकित्सकका रूपमा मैले गर्न खोजेका सत्कर्मका कुराहरू हेडलाइन बन्छन् होला र म आमालाई त्यही कुराहरू देखाएर राजनीति अब सङ्लो हुन्छ है, परिवर्तनको छनक हजुरले आफ्नै पालामा देख्नुहुन्छ है भनेर विश्वास दिलाउँछु । खैर जिन्दगी सोचे जस्तै कहाँ हुन्छ र मलाई आशीर्वाद दिन भैरहवामा मेरी आमा मलाई कुर्दै गर्दा म काठमाडौँमा मेरो निजी जीवनमाथि प्रश्न गर्नेहरू लाई उत्तर दिँदैछु । प्रश्न गर्ने सबै जनालाई हेक्का होस्, मेरो पारिवारिक जीवन न गैरकानुनी छ, न समस्यापूर्ण। म व्यक्ति लेखजङ थापामाथि आक्रमण भएको भए सायद म जवाफ पनि दिन्थिन होला। तर मैले बुझेको छु यो आक्रमण म माथि होइन ,यो बेथिति र विसङ्गतिमा रमाउनेहरू बाट समाजलाई कञ्चन बनाउन सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी माथि भएको सुनियोजित आक्रमण हो। त्यसैले मैले आफ्नो वैयक्तिक कुराहरू पनि राख्नुपर्छ । आदरणीय आमाबुबा दाजुभाइ र दिदीबहिनीहरू, एउटा व्यक्तिको जीवनमा परिस्थितिजन्य धेरै कुराहरू हुन्छन्। व्यक्तिको नियत के कुरामा भर पर्छ भने उसले त्यस्ता कुराहरूलाई लुकाउँछ वा पारदर्शी भएर सम्बन्धित सबैलाई भन्दछ । परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो। र त्योभन्दा ठुलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो जसको म बाबा पनि हो । मेरो निजी जीवनको यो आयामबारे मैले पार्टीलाई जानकारी दिएको र पार्टी नेतृत्वले लिएको कानुनी परामर्श समेतलाई उम्मेदवार छनोट प्रक्रियामा संलग्न गरिएको मेरो बुझाइ छ । एउटा कालखण्डमा जीवन बिताउने वाचा गरेका सम्बन्धहरू कुनै कारणले टुट्दै गर्दा त्यस पछाडिको सम्बन्ध तितो हुनुपर्छ भन्ने मलाई लाग्दैन । दुई व्यक्तिहरू असल हुँदाहुँदै पनि कहिलेकाहीँ सम्बन्धहरू टुट्छन्। तर ती टुटेका सम्बन्धहरूले बच्चाहरूको जीवन बरबाद हुनु हुँदैन भन्ने मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो। न्युरोचिकित्सकका रूपमा १४ वर्ष लामो मेरो यात्रामा मैले हजारौँ बालबालिकाहरूलाई नजिकबाट नियालेको छु र एउटा परिवार बिग्रँदा उनीहरूको सुसुप्त बाल मनोविज्ञानमा पर्ने असर महसुस गरेको छु । यसका आधारमा पारिवारिक सम्बन्धको असर बच्चामा पर्नु हुँदैन भन्ने कुरामा म सचेत छु । सन्तानको भविष्यका लागि उसलाई जन्म दिने आमासँग मिलेर साझा अभिभावकत्व दिनका लागि यदि मेरो सम्बन्ध सौहार्दपूर्ण छ र त्यो यदि मेरो गल्ती हो भने मलाई त्यसमा ग्लानि छैन । सम्बन्धविच्छेद भन्ने बित्तिकै के एकअर्कालाई गाली गर्नैपर्ने हो, के अर्काको अस्तित्व स्विकार्न नहुने हो, के एकअर्कासँग भेट्नै नहुने हो वा उसँग मित्रभाव राख्नै नहुने हो? यदि मेरो छोराले उसको बाबाको सम्बन्ध आमासँग सुमधुर होस् भन्ने चाहन्छ भने ऊ नाबालिग हुँदासम्म मात्र होइन म बाचुन्जेल सम्बन्धको त्यो पक्ष दरिलो बनाउन चाहन्छु। त्यसमा मलाई कसैको अनुमति लिनु पर्दैन । राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू, मेरो व्यावसायिक र सामाजिक जीवन खुला किताबझैँ सार्वजनिक छ । पेसागत सफलताले पूर्ण सन्तुष्ट भए पनि नागरिकका रूपमा म देशमा झाँगिँदै गएको विकृतिबाट असन्तुष्ट भएर राजनीतिमा आएको हुँ। देश निर्माणमा योगदान दिन सक्छु भनेर कुनै कालखण्डमा एउटा पार्टीसँगको मेरो आबद्धतालाई कानुनी विधि अनुसरण गरी टुङ्ग्याएर राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य बनेको हुँ। मेरो यात्रा औसत राजनीतिभन्दा माथि रूपान्तरणकारी परिवर्तनका लागि हो । विराट लक्ष्य लिएर हिँडेको व्यक्ति यस्ता कुनै खाले आक्रमणबाट डराउनु हुँदैन , तर मेरो व्यक्तिगत कारणले पार्टीमाथि सानो दाग पनि लागोस् भन्ने म किञ्चित चाहन्न । म नेता बन्न होइन,देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ। त्यो रूपान्तरणमा म बल हुन चाहन्छु, कमजोरी होइन । यो देशमा कति ठुलो राजनीतिक सुनामी आउँदैछ रुपन्देहीले सुनाउँदै छ । कसले भन्यो रुपन्देही –३ को उम्मेदवार म हो भनेर? रुपन्देही –३ को उम्मेदवार त पुनम, जेबी, रचना, सुलभ, ज्ञानु, मधु, पार्थिवेन्द्र, कुसुम अनि यो देशलाई माया गर्ने सबै नेपाली हो । अस्ति नक्खु कारागारमा सभापतिले हामी सबैलाई भन्नुभएको कुरा म अहिले सम्झिरहेको छु। तपाईँहरू उम्मेदवार हुनुहोस् मेरो शुभकामना छ ,यदि बन्नुभएन भने पनि यो देश एउटा सौम्य र शान्तिपूर्ण क्रान्तिका लागि अब तयार छ र तपाईँहरू त्यसको संवाहक बन्नुपर्छ। म त्यही यात्रामा अगाडि बढेको छु । रूपान्तरणको सुनामी ल्याउन हिँडेको मान्छे जस्तोसुकै त्यागका लागि पनि तयार छ । नेपालकै राजनीतिक इतिहासमा अभूतपूर्व अभ्यास मानिएको ’उम्मेदवार छनोट विधि’ अन्तर्गत ३५ दिन लामो बहुआयामिक प्रक्रियाबाट छनोट भई उम्मेदवार घोषित भएको तथ्य अवगत नै छ । तथापि मेरो पार्टीले गर्ने कुनै पनि निर्णयलाई म सहर्ष स्वागत, स्वीकार र पालना गर्नेछु ।

यसअघि हिजो नै लेखजंगले आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिन पत्रकार सम्मेलन गर्ने भनिएको थियो । तर, कुनै ठोस कारण नखुलाइकन स्थगन गरिएको थियो । तर आज भने थापाले सामाजिक संजालबाट नै आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिएका हुन् ।

यता रास्वपाले पनि सबै कुरा जानी बुझिकनै उनलाई उमेद्वार बनाएको बताएको छ । प्रवक्ता मनिष झाले उनको सम्पूर्ण विवरण हेरेर नै पार्टीले छनोट गरेकाले पुनर्विचार नहुने स्पष्ट पारेका छन् । ‘हामीले सम्पूर्ण विवरण हेरेर नै लेखजंग थापालाई छनोट गरेका हौँ । बाहिर आएको जस्तो त्रुटि भएको देखिँदैन ।

सबै विधि र प्रक्रिया पु¥याएर छनोट भएकाले उम्मेदवारको सम्बन्धमा पुनर्विचार हुँदैन’, उनले भने । महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि डा.थापाले पहिलो श्रीमतीसँग डिभोर्स गरिसकेको बताएका छन् ।

Advertisement
Advertisement

रास्वपा कार्यकर्ताहरुले भने हिजो बालकृष्ण खाँण, दीपक बोहोराले यही क्षेत्रबाट उम्मेदार बन्दा उनीहरुको दुई श्रीमतीको विषयमा प्रश्न नगर्नेहरुले अहिले चर्को बोलेको भन्दै सामाजिक सन्जालमा लेखजंगका पक्षमा जवाफ दिइरहेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top