NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो मङ्लबार भदौ १७ , २०८२
अष्ट्रेलियाका २० शहरमा भारतीयविरुद्ध किन आन्दोलन छेडियो ? मङ्लबार भदौ १७ , २०८२
आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ? मङ्लबार भदौ १७ , २०८२
सोलुमा पहिरोले ५ घर बगायो, ६ घरमा क्षति, विद्युत र संचार अवरुद्ध मङ्लबार भदौ १७ , २०८२
सैन्य परेडमा पुटिन,किमसँगै ओली,चीनले कस्तो हतियार देखाउँदैछ ? मङ्लबार भदौ १७ , २०८२
Next
Prev

समाचार

सोलुमा पहिरोले ५ घर बगायो, ६ घरमा क्षति, विद्युत र संचार अवरुद्ध

मङ्लबार भदौ १७ , २०८२
Reading Time: 1 min read
A A
सोलुमा पहिरोले ५ घर बगायो, ६ घरमा क्षति, विद्युत र संचार अवरुद्ध
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ भदौ , काठमाण्डौ ।

लगातारको वर्षापछि थामे खोलामा आएको बाढीले ५ वटा घर बगाएको छ । गए रातिदेखि निरन्तर आएको बाढीले थामे खोला गाउँ पस्दा घरहरू बगाएको हो । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा थामे खोलाको बग्ने धार परिवर्तन भई बस्तीमा पसेको बाढीले ५ वटा घर पूर्ण रूपमा बगाएको छ भने अन्य ६ वटा घरमा आंशिक क्षति पु¥याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले जानकारी दिएका छन् ।

बाढीका कारण पोलहरूमा क्षति पुगेकाले सो क्षेत्रको विद्युत् आपूर्ति र सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । घटनापछि तत्काल उद्धार तथा राहत कार्यमा स्थानीयवासी, सुरक्षा निकाय र सरोकारवाला निकायहरू परिचालित भएको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए ।

LS Auto

लगातार वर्षा भइरहेकाले थप क्षतिको सम्भावना कायमै रहेको गाउँपालिकाका प्रशासकीय अधिकृत सुजनकुमार बुढाथोकीले बताएका छन् । स्थानीयहरूको घर बगाए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

गाउँपालिकाले थामे क्षेत्रका साथै सम्पूर्ण बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । गत वर्ष भदौमा पनि थामेमा आकस्मिक बाढी आउँदा २० भन्दा बढी घर बगाएको थियो ।

दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलामा एक्कासि बाढी आएको थियो ।यता जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको हुनाले नेपालमा मनसुन केही कमजोर रहेको छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि भित्रि रहेको छ ।

जसका कारण, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। उता डुबानमा परेका दोधरा चाँदनी नगरपालिकाका तीन वडाका विस्थापित बासिन्दा अझै घर फिर्ता हुनसकेका छैनन् ।

दुई दिनअघिदेखिको अविरल वर्षाका कारण जोगबुढा नदीमा आएको बाढीका कारण ती परिवार विस्थापित भएका थिए । बस्ती अझै डुबानमै रहेकाले विस्थापित परिवार घर फिर्ता हुन नसकेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार नदीको बाढी बस्ती पस्दा ५४ घर डुबानमा परेका छन् ।

डुबानमा परेका दुई सय १८ जनालाई सुरक्षित स्थानमा सारिएको छ । विस्थापनमा परेका परिवार नजिकको विद्यालयमा बस्दै आएका छन् । नदीको बहाव घट्दो रूपमा रहेकाले अवस्था यही रहे साँझसम्म विस्थापनमा परेका परिवार फर्कन सक्ने अवस्था रहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

डुबानमा परेर विस्थापनमा परेका नगरपालिकाको वडा नं ८ रामपुरे टापुर जर्गा टोलका २५ घरका ७० जनालाई जनज्योति माध्यमिक विद्यालयमा राखिएको छभने वडा नं ३ पटरा खल्ला टोलका १५ घरका ५५ जनालाई सरसामान र चौपायासहित जमुना आधारभूत विद्यालयमा राखिएको छ ।

त्यसैगरी, वडा नं १० शान्ति टोलका १२ घरका ४० जनालाई अम्विका माध्यमिक विद्यालयमा राखिएको छ । सोही वडाको सुन्दरनगरमा रहेको सशस्त्र प्रहरीको बिओपीमा कार्यरत २३ जनालाई ओमकार आधारभूत विद्यालय र कञ्जभोजमा कार्यरत ३० जनालाई सहरी खोप केन्द्र भवनमा सारिएको छ ।

समयमै उद्धारकार्य गरिँदा बाढीजन्य विपद्का कारण हुने अप्रिय घटना भने हुन नपाएको प्रहरी नायब उपरीक्षक बोहराले बताए । उनका अनुसार महाकाली नदीमा पानीको बहाव घट्दो क्रममा रहेको छ । आज बिहान ७ः०० बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख ७१ हजार ९१३ क्यूसेक रहेको छ ।

सीमा पुल बनवसामा चारपाङग्रे सवारीसाधन भने अझै सञ्चालन हुनसकेका छैनन् । नदीमा पानीको बहाव एक लाख क्यूसेक नाघेपछि सुरक्षाका कारण पुलमा चारपाङग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिन्छ । सोमबार साँझ ५ः०० बजे महाकाली नदीमा यस वर्षकै बढी पानीको बहाव दुई लाख ७१० क्यूसेक पुगेको थियो ।

Tags: #सोलुमा पहिरोविद्युत र संचार अवरुद्ध

लोकप्रीय

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

मङ्लबार भदौ १७ , २०८२
अष्ट्रेलियाली पूर्वपार्टनरबाट असुरक्षित

अष्ट्रेलियाका २० शहरमा भारतीयविरुद्ध किन आन्दोलन छेडियो ?

मङ्लबार भदौ १७ , २०८२
आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?

आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?

मङ्लबार भदौ १७ , २०८२

विचार

थप समाचार

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो
ताजा समाचार

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

मङ्लबार भदौ १७ , २०८२
अष्ट्रेलियाली पूर्वपार्टनरबाट असुरक्षित
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाका २० शहरमा भारतीयविरुद्ध किन आन्दोलन छेडियो ?

मङ्लबार भदौ १७ , २०८२
आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?
ताजा समाचार

आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?

मङ्लबार भदौ १७ , २०८२
सोलुमा पहिरोले ५ घर बगायो, ६ घरमा क्षति, विद्युत र संचार अवरुद्ध
ताजा समाचार

सोलुमा पहिरोले ५ घर बगायो, ६ घरमा क्षति, विद्युत र संचार अवरुद्ध

मङ्लबार भदौ १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

World News: रुसको कालो धान भारतले सेतो बनायो, भारतमा पैसा खन्याउदै जापान || Nepal Times

00:22:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

रवि छुट्ने संभावना अझै बाँकी,कैफियत प्रतिवेदन झिकाउने आदेश

बुधबार भदौ ११ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२

हालका पोस्टहरू

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

मङ्लबार भदौ १७ , २०८२
अष्ट्रेलियाली पूर्वपार्टनरबाट असुरक्षित

अष्ट्रेलियाका २० शहरमा भारतीयविरुद्ध किन आन्दोलन छेडियो ?

मङ्लबार भदौ १७ , २०८२
आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?

आईफोन १७ सिरिजका केही मोडलमा सिमकार्ड लाग्दैन, के गर्ने ?

मङ्लबार भदौ १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.