×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

ताजकिस्तानसँग ४–० ले हा¥यो नेपाल

१९ भाद्र २०८२

१९ भदौ , काठमाण्डौ ।

उता एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ । ताजकिस्तानमा गएराति भएको खेलमा नेपाली टोली ४–० ले घरेलु टोलीसँग हारेको हो ।खेलको पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा ३ गोल खायो ।

Advertisement
Advertisement

पहिलो हाफको ३९औँ मिनेटमा मुहम्मदाली अजिजबाइभको गोलमा ताजकिस्तानले नेपालविरुद्ध सुरुवाती अग्रता बनाएको थियो । खेलको ५८औँ मिनेटमा मुहम्मदालीको व्यक्तिगत दोस्रो गोलमा घरेलु टोलीले अग्रता दोब्बर पा¥यो ।

ताजकिस्तानको वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका रहमातजोडा रहमातसोहले खेलको ८९औँ मिनेटमा गोल थप्दै नेपालविरुद्धको अग्रता फराकिलो पारे । इन्ज्युरी समयको पहिलो मिनेटमा अर्का वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका सारिपोभ डालेरले गोल गरेपछि ताजकिस्तान नेपालविरुद्ध ४–० ले विजयी भयो ।

समूह केमा रहेको नेपाल अब दोस्रो खेलमा शनिबार सिरियासँग भिड्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले फिलिपिन्सविरुद्ध खेल्ने तालिका छ । एसियन कप छनोटमा सहभागी ४४ टोली ११ समूहमा बाँडिएका छन् । हरेक समूहमा ४ टोली छन् ।

हरेक समूहका विजेता टोलीले अन्तिम चरणमा स्पर्धा गर्नेछन् । यस्तै चार उत्कृष्ट समूह उपविजेता टोलीले पनि एसियन कपमा स्थान पक्का गर्नेछन् । आयोजक साउदी अरेबिया भने आयोजकका रूपमा यसअघि नै छनोट भइसकेको छ ।

यसैबीच नेपाली टोलीका आयुष घलानले ताजकिस्तानविरुद्ध खेल्न पाएनन् । २०७९ असोज ३ गते बहराइनमा बंगलादेशविरुद्ध भएको खेलमा अमर्यादित क्रियाकलाप गरेपछि एएफसीले उनलाई कारबाही गरेको हो । एएफसीको उमेर समूहको खेलमै उनले बंगलादेशका खेलाडीलाई मिडल फिंगर देखाएका थिए ।

Advertisement

सोही कारण एएफसीले उनलाई एक खेलमा प्रतिबन्ध लगाएको हो । त्यसयता एएफसीका उमेर समूहका प्रतियोगिता नखेलेका आयुषले लामो समयपछि एक खेलमा निलम्बनको सजाय भोगेका हुन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top