×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-16-2026 || Nepal Times
Mar 16, 2026
Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
प्रधानमन्त्री सुशीलाले जेजे मागिन् त्यही पुग्यो, नपुग्दो केही छैन्|| Nepal Times
Mar 16, 2026
Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026
Playing
Top 15 Afternoon News || Mar-15-2026 || Nepal Times
Mar 15, 2026
Playing
रास्वपाका समानुपातिक सांसद आज फाइनल, मन्त्री बालेनले रोज्ने ? || Nepal Times
Mar 15, 2026
Playing
भारतका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल || Nepal Times
Mar 15, 2026
Playing
यु द्धको अन्त्य अब Tehranको हातमाः राख्यो २ सर्त || Nepal Times
Mar 15, 2026
Playing
एमाले नेतृत्वले कारबाही गर्ने आधार छैन्, अब रिसेट गर्नैपर्ने || Nepal Times
Mar 15, 2026

सी–पुटिनबीच अमर हुने चर्चा, लिक भयो आयुबारेको कुरा

१९ भाद्र २०८२

१९ भदौ , काठमाण्डौ ।

के मानिसले १५० वर्षसम्म सामान्य जीवन बिताउन सक्नछन् ? के मानिसको अमर हुने चाहाना कहिल्यै पूरा होला ? यो प्रश्न अहिले विश्वभर सोधिन थालिएको छ र यो एकाएक आएको पनि होइन । विश्वका दुई शक्तिशाली देशका शक्तिशाली नेताबीच अमर रहने विकल्पबारे कुराकानी भएपछि यसको विश्वभर चर्चा भइरहेको छ ।

Advertisement

बेजिंगमा चिनियाँ राष्ट्रपति सि जिंगपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमर रहने विकल्पबारे कुराकानी गरेको खुलेको छ । उनीहरुबीच भएको गोप्य कुराकानी माइक्रोफोनमा रेकर्ड भएपछि यो छलफल चर्किएको हो । बुधबार, जब भ्लादिमिर पुटिन चिनियाँ राष्ट्रपति सी जिनपिङसँग काँधमा काँध मिलाएर हिँडिरहेका थिए, लाइभ टेलिकास्ट माइकले उनीहरूको कुराकानी कैद गर्यो ।

जसमा दुवै नेताबीच मानव अंग प्रत्यारोपण र १५० वर्षसम्म मानिस बाँच्ने सम्भावनाबारे छलफल भएको थियो । बुधवार पुटिन, सी जिनपिङ र उत्तर कोरियाली तानाशाह किम जोङ उन दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्षको सम्झनामा बेइजिङमा आयोजित सैन्य परेडमा हिँडिरहेका बेला उक्त कुराकानी रेकर्ड गरिएको थियो ।

चीनको राज्य प्रसारक सीसीटीभीले समाचार एजेन्सी एसोसिएटेड प्रेस र रोयटर्सको साथसाथै विश्वव्यापी मिडिया आउटलेटहरूमा घटनाको प्रत्यक्ष प्रसारण गरेको थियो । सीसीटीभीले यो कभरेजलाई टिभीमा ४० करोडभन्दा भन्दा बढी पटक हेरिएको बताएको छ ।

जबकि अनलाइनमा १.९ अर्ब पटक हेरिएको थियो । पुटिन र सी जिनपिङ तियानमिन स्क्वायरको मञ्चमा पुग्दा पुटिनका दोभाषेले चिनियाँ भाषामा भनेका छन्, ‘बायोटेक्नोलोजी निरन्तर विकास भइरहेको छ । मानव अंगहरू लगातार प्रत्यारोपण गर्न सकिन्छ । तपाईं जति लामो समय बाँच्नुहुन्छ, त्यति नै जवान रहनुहुनेछ र अमरता पनि प्राप्त गर्न सक्नुहुन्छ।’

यसको जवाफमा सी जिनपिङले भने, ‘केही मानिसहरु यस शताब्दीमा मानिस १५० वर्षसम्म बाँच्न सक्ने अनुमान गर्छन्।’ यस कुराकानीका क्रममा किम जोङ उन मुस्कुराउँदै पुटिन र सीलाई हेर्दै थिए । सीसीटीभीबाट प्रशारण भएको भिडियोमा पुटिनले रुसी भाषामा स्पष्ट रूपमा बोलेको सुन्न सकिँदैन । तर, पुटिनले पछि आफू र चिनियाँ राष्ट्रपतिबीच बुधबार यस विषयमा छलफल भएको पुष्टि गरे ।

बेइजिङमा पत्रकारहरूले लीक भएको कुराकानीबारे सोध्दा पुटिनले भने, ‘मलाई लाग्छ कि हामी परेड हेर्न गएका बेला अध्यक्षले यस विषयमा कुरा गर्नुभएको हो । स्वास्थ्य सुधारका आधुनिक साधनहरू, चिकित्सा उपकरणहरू, अंगहरू प्रतिस्थापन गर्ने शल्यक्रियाहरू पनि, मानवतालाई आशा दिन्छ कि सक्रिय जीवन आजको भन्दा फरक तरिकामा जारी रहनेछ।’

यसमा अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार पुटिन र सीले कुराकानी गर्दा उनीहरूको माइक अन नै थियो । तर माइक अन छ भन्ने विषयमा पुटिन र सीले हेक्का नराखेको भनिएको छ । सीले अहिलेको प्रविधिको युगमा ७० वर्षको मान्छे पनि बच्चै हुने बताएका थिए ।

’उहिले मानिसहरू मुस्किलले ७० वर्ष बाँच्थे। तर यो आधुनिक समयमा ७० वर्षमा पनि बच्चा नै हो,’ उनले भनेका थिए । जबाफमा पुटिनले मानव अंग प्रत्यारोपण गरी मानिसलाई अमर बनाउन सकिने भनेका थिए । ’स्वास्थ्य विज्ञानसम्बन्धी प्रविधि धेरै विकसित भइसक्यो। तत्काल मानव अंग प्रत्यारोपण गर्न सकिन्छ।अंग प्रत्यारोपणले मानिसहरूलाई उनीहरूको उमेरभन्दा कमको देखाउँछ। अमरत्व नै पनि सम्भव हुन सक्छ,’ पुटिनले भनेका थिए ।

त्यसपछि सीले चाँडै नै मानिसहरूलाई १५० वर्षसम्म बाँच्न सक्ने र त्यो अनुसारको प्रविधिको विकास गर्न सकिने बताएका थिए । दुवै जनाले अनुवादकमार्फत एक अर्कालाई आफूले भन्न खोजेको कुरा बुझाइरहेका थिए । एकै लहरमा हिँडेका उत्तर कोरियाली नेता किम जोङले पनि उनीहरुको कुरालाई आफ्नो अनुवादकमार्फत बुझिरहेका थिए ।

किमले उनीहरूको कुरा चासो दिएर सुने पनि कुनै प्रतिक्रिया दिएनन् । दीर्घजीवनबारे पछिल्लो समय पुटिनले अत्यधिक चासो देखाउँदै आएका छन्। उनले आफ्नो स्वास्थ्य मन्त्रालयलाई जीवन बढाउने विषयलाई मुख्य प्राथमिकता दिन निर्देशन दिएका छन् ।

रूसको प्रमुख ऊर्जा कम्पनी रोसआटमले अघिल्लो वर्ष मानव अङ्ग ’प्रिन्ट’ गर्ने प्रविधि विकास गरिरहेको जनाएको भनेर न्युयोर्क टाइम्सले लेखेको छ । तर वैज्ञानिकहरूले अंग प्रतिस्थापनमार्फत मात्र जीवन दीर्घ बनाउन सकिने कुनै प्रमाण नभएको बताएका छन् ।

मानवीय मस्तिष्क भने उमेरसँगै प्राकृतिक रूपमा परिवर्तन भइरहने भएकाले त्यसको विकल्प नभएको भनिएको छ । पुटिन र सी दुवै ७२ वर्षका भए । यो संवादले उनीहरूमा अझै लामो समयसम्म सत्तामा रहने चाहना रहेको संकेत गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

चीनका शासकहरू सामान्यतया लामो समयसम्म बाँचेका छन् । अघिल्ला नेता देङ स्याओपिङको ९२ वर्षको उमेरमा निधन भएका थिए भने उनका उत्तराधिकारी च्याङ चेमिन ९६ वर्षसम्म बाँचेका थिए । पुटिनले भने २०२० मा संविधान संशोधन गरी सन् २०३६ सम्म सत्तामा रहन सक्ने व्यवस्था मिलाएका छन्।

त्यतिबेला उनको उमेर ८३ वर्ष पुग्नेछ । कोभिड–१९ महामारीका बेला उनले आफूलाई भेट्न चाहनेहरूलाई दुई सातासम्म क्वारेन्टिनमा बस्नुपर्ने शर्तसमेत लगाएका थिए । यसले पनि उनको स्वास्थ्यप्रतिको असाधारण ध्यान रहेको देखाउँछ ।

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top