×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

२१ भाद्र २०८२

२१ भदौ , काठमाण्डौ ।

अमेरिकी सुरक्षा फोर्सको विशेष टोलिले सन् २०११ मा अल कायदा प्रमुख ओसामा बिन लादेनलाई पाकिस्तानमा पुगेर मार्न सफल भएको थियो । यसका लागि विशेष अपरेसन संचालन गर्दै ओसामासम्म पुगेर उनलाई समाप्त गरिएको थियो ।

लादेनलाई मार्ने टोलीबारे अहिले एउटा चकित पार्ने दाबी आएको छ । सो दाबीमा भनिएको छ, डोनाल्ड ट्रम्पले पहिलो कार्यकालमा ओसामा बिन लादेनलाई मार्ने टोलीलाई उत्तर कोरियामा गोप्य मिशनमा पठाएको थिए । तर त्यो मिशन त्यहाँ सफल भएन ।

मिरर पत्रिकाको रिपोर्ट अनुसार, अमेरिकी राष्ट्रपतिले छ वर्षअघि परमाणु वार्ता चलिरहँदा सुनुवाइ उपकरण लगाउने योजनालाई स्वीकृति दिएका थिए । उत्तर कोरियाका नेता किम जोंग उनबारे भित्री जानकारी लिने यो मिशनको योजना थियो ।

यो योजना असफल रह्यो किनकि सैनिकहरूले नागरिकको हत्या गरे । यद्यपि आधिकारिक रूपमा यो मिशनको विवरण दिइएको छैन । तर रिपोर्टमा दाबी गरिएको छ कि ’सील्स’ले महिनौं तयारी ग¥यो । उनीहरुलाई चेतावनी दिइएको थियो कि सानो गल्ती पनि विनाशकारी हुन सक्छ ।

मिशनको योजना गर्दा टाढाको एक सुनसान स्थान छानिएको थियो ताकि उनीहरु कसैको नजरमा नआउन् । टोलीले सही समय निर्धारण गर्न महिनौं खर्च गर्यो । रिपोर्टले भन्यो कि अपरेशनको लक्ष्य सरल थियो । आठ जना सील्सले गोता लगाएर सुनुवाइ गर्ने उपकरण लगाउने र बिना कुनै चिह्न छोडी समुद्रमा फर्कने ।

जसै टोलीले कालो वेटसूट, नाइट–भिजन गगल्स, हतियारहरु र गोला–बारूदका साथ जमीनमा कदम राखे, उनीहरुले तत्कालै त्यहाँ केही गडबडी भएको चाल पाए । अर्थात सो बेला अमेरिकी टोली एक्शनमा आउनासाथ एक उत्तर कोरियाली डुंगा अचानक उनीहरुका सामुने आयो ।

उनीहरुले बालेको टर्चको उज्जालो पानीमा पर्यो । अनि त्यसपछि डुंगाबाट आवाज सुनियो, जसमा चालक दलका एक सदस्य पानीमा हाम्फाल्दाको आवाज थियो । अमेरिकीहरुले ठाने कि किमका सुरक्षा बलले उनीहरुलाई देखे । त्यसपछि गोली प्रहार गरे ।

यसमा डुंगामा सवार तिनै जनाको मृत्यु भयो । त्यसपछि सील्सले फिर्ता आउने निर्णय लिए । तर गोलाबारीमा मारिएकाहरु आम नागरिक थिए र अमेरिकीहरुले सुन्नका लागि राख्ने भनिएको उपकरण पनि लगाउन पाएनन । यो मिशन प्रायः गोपनीयता कानुनमा आउँछ, त्यसैले जानकारी कमै पाइन्छ ।

मिररले व्हाइट हाउस र अमेरिकी नौसेनासँग टिप्पणी माग्दा ट्रम्पले आफूलाई यस मिशनबारे थाहा नभएको बताएका छन् । यसैबीच अहिले फेरि विदेश नीतिका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै घरमा समेत घेरिन थालेका छन् ।

उनले केही समयमै धेरै देशमा भारी ट्यारिफ लगाएका छन् । यसले विश्वमा ठूलो परिवर्तन ल्याएको छ । ट्रम्पको यो कदमका कारण उसका हिजोसम्म मित्र देश भनेकाहरु पनि अब चीन तर्फ रुझान देखाउन थालेका छन् । हालैको एससीओ शिखर सम्मेलनमा पनि भारतीय प्रधानमन्त्री पुगेका बेला बेजिङमा ठूलो सैन्य परेडमा रूस, इरान, उत्तर कोरियाका नेताहरू एकसाथ थिए ।

प्रसिद्ध पत्रकार र विशेषज्ञ फरीद जकारियाले यसले ट्रम्पको विदेश नीतिका असफलता देखाउँछ भनेका छन् । वाशिङ्टन पोस्टमा लेख्दै जकारियाले लेखेका छन्, ‘एससीओ शिखर सम्मेलनमा चीनले भारत, टर्की, भियतनाम र इजिप्ट जस्ता राष्ट्रका नेताहरुलाई आतिथ्यता दियो ।

यी सबै देशलाई केही महिना अघि मात्र पनि बेजिंगको भन्दा वाशिङ्टनको नजिक मानिन्थ्यो । तर ट्रम्पका ट्यारिफ र आक्रामक वक्तव्यले यी देशहरूलाई अमेरिकाबाट टाढा र चीनतर्फ धकेलेका छन् । यसको अर्थ यो आधुनिक विदेश नीतिको सबैभन्दा ठूलो आत्मघाती प्रहार हुनसक्छ।

ब्रिक्स समूहका मुख्य पाँच देश ब्राजील, रूस, भारत, चीन र दक्षिण अफ्रिका हुन् । यी मध्ये ब्राजील, भारत र दक्षिण अफ्रिकाले अमेरिकासंग राम्रो सम्बन्ध राखेका थिए । रूस र चीनले यो संगठनलाई अमेरिकाविरोधी बनाउन खोजे पनि यी देशले त्यो विरोध गरेका थिए ।

दशकौंसम्म वाशिङ्टनले पनि यी तीन देशसंग राम्रो सम्बन्ध राखेको थियो, तर ट्रम्पले यी सबैलाई पनि दुश्मन बनाए । ट्रम्पले भारतमा सबैभन्दा बढी ट्यारिफ लगाएका छन् । ब्राजीलमा पनि उस्तै ट्यारिफ लगाएका छन् । ब्राजीलका अधिकारीहरूलाई प्रतिबन्ध र भिसा प्रतिबन्ध लगाइयो ।

दक्षिण अफ्रिकाले ३० प्रतिशत ट्यारिफ, विदेशी सहायता र सरकारी अधिकारीहरूमा प्रतिबन्धको सामना खेपिरहेको छ । यसले ती देशहरूमा अमेरिकीप्रति आक्रोस बढाएको छ । फरीद जकारियाका अनुसार ट्रम्पको नीतिमा कुनै रणनीतिक औचित्य छैन । जसले यी देशहरूले अमेरिकाबाट दूरी बनाएका छन् ।

यही समयमा चीनले ती देशलाई आकर्षित गर्दैछ । चीनले ब्राजीलसँग प्रशान्त र अटलान्टिक तट जोड्ने रेल नेटवर्क योजना तयार गरेको छ । चिनियाँ राष्ट्रपतिले सात वर्षपछि भारतीय प्रधानमन्त्रीलाई चीन बोलाउन सफल भएका छन । व्यापार र सहयोगबाट दक्षिण अफ्रिकालाई पनि चीनले नजिक ल्याइसकेको छ ।

यता ट्रम्प प्रशासनले भन्छ कि अमेरिकी राष्ट्रपति राम्रो सम्झौताका लागि कडा बोली बोल्न रुचाउँछन् । तर प्रष्ट छ कि उनीहरूको नीतिले सामान्य जनतालाई दुख दिएको छ र रोजगारी गुमेको छ । यी सम्झौतामा पुनः वार्ता भए पनि सम्झनाहरू ताजा रहनेछन् । ती देशले सँधै सम्झनेछन् अमेरिकी व्यवहार कति खराब हुन सक्ने छ ।

अहिले अमेरिकी विदेश नीति एक व्यक्तिको मनोमानी अपमान, उपेक्षा र वैचारिक उत्साहको संग्रह बनेको छ । प्रायः ट्रम्पलाई साना देश मन पर्छन्, जहाँ उनी दबाब दिन सक्छन् वा आफ्नो वैचारिक साथीहरू हुन्छन् । उनलाई ठूला लोकतन्त्रहरू जसमा राजनीतिक संघर्ष, अहंकार र राष्ट्रवाद हुन्छन्, उनीहरुसंग ब्यवहार गर्न मन पर्दैन ।

ट्रम्पको नेतृत्वमा अमेरिकाले अल साल्भाडोर, हंगेरी, पाकिस्तान र खाडी क्षेत्रका देशसँग मित्रता कायम गरेको छ । अर्कोतर्फ भारत, ब्राजील, दक्षिण अफ्रिका, मेक्सिको, क्यानडा र यूरोपका अधिकांश देशसँग ट्रम्पको झगडा बढ्दो छ । ती देशप्रति ट्रम्पको रिस अझ खुल्ला हुँदैछ ।

ट्रम्प भन्छन् कि चीन, रूस र उत्तर कोरिया अमेरिकाविरुद्ध योजनाहरू बनाइरहेका छन् । तर उनको नीतिहरूको प्रभाव हेर्दा देखिन्छ कि ट्रम्प आफैंले धेरै पटक अमेरिकी हित र मूल्यलाई कमजोर पारेका छन् ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top