×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी

२२ भाद्र २०८२

२२ भदौ , काठमाण्डौ ।

डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको अमेरिका र निकोलस मादुरोको नेतृत्वमा रहेको भेनेजुएलाबीच तनाव बढ्दै गएको छ । पछिल्लो पटक अमेरिकाले भेनेजुएलाको तट नजिकै सैन्य बल उपस्थित गराएको छ भने जहाजमा हमला गरेर भेनेजुएलाका झण्डै एक दर्जनलाई लागूऔषध कारोबारी भन्दै इन्काउन्टर गरेको छ ।

Advertisement
Advertisement

यसबीच फेरि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका जेटहरू खसालिदिने चेतावनी दिएका छन् । उनले आफ्नो देशको नौसैनिक जहाजमाथि उडेर खतरनाक स्थिति पारेमा भेनेजुएलाका जहाजहरूलाई खसालिने चेतावनी दिएका हुन् ।

दुई दिनमा दोस्रोपटक भेनेजुएलाले दक्षिण अमेरिकाको तटस्थित अमेरिकी जहाजनजिक सैन्य विमान उडाएपछि ट्रम्पले यस्तो चेतावनी दिएका अधिकारीहरूले सीबीएस न्युजलाई बताएका छन् । ट्रम्प प्रशासनका अधिकारीका अनुसार, हालै अमेरिकाले एउटा गिरोहद्वारा सञ्चालित भेनेजुएलाबाट आएको लागुऔषध बोकेको जहाजमाथि आक्रमण गर्दा ११ जनाको मृत्यु भएको थियो ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आफ्नो देशमाथि लगाइएका अमेरिकी आरोप सत्य नभएको बताएका छन् । दुई देशबीचको मतभेदले सैन्य द्वन्द्वलाई औचित्य नदिएको उनले उल्लेख गरेका छन् । उनले भेनेजुएला सधैँ वार्ता र संवादका निम्ति तयार रहेको बताएका छन् ।

आफ्नो देशले सम्मान चाहेको उनको भनाइ छ । शुक्रबार ओभल अफिसमा पत्रकारले ‘भेनेजुएलाका जेटहरू फेरि अमेरिकी जहाजमाथि उडे के हुन्छ ?’ भनेर सोधेका थिए । जवाफमा ट्रम्पले ‘भेनेजुएला समस्यामा पर्ने’ बताए। ट्रम्पले आफ्नो छेउमा उभिएका सैन्य जनरललाई संकेत गर्दै स्थिति बिग्रिएमा जे पनि गर्न सक्ने उल्लेख गरे ।

जनवरीमा सत्तामा फर्किएदेखि ट्रम्पले ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्धको प्रयासलाई लगातार तीव्र बनाएका छन् । भेनेजुएलाको तटमा अमेरिकाले हालै मात्र युद्धपोतहरू तैनाथ गरेको छ । मादुरोले अमेरिकामाथि सैन्य धम्कीमार्फत सत्ता परिवर्तन खोजेको आरोप लगाएका छन् ।

यता अमेरिकी विश्व च्यानल सीएनएनले ल्याटिन अमेरिकी मुलुक भेनेजुएलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमला गर्नेबारेमा सोचेको उल्लेख गरेको छ । शनिबार प्रकाशन भएको सीएनएनको समाचारअनुसार अमेरिकाले भेनेजुएलको सीमानामा चार हजारभन्दा धेरै जलसेनाहरू परिचालन गरेको र भेनेजुएलाभन्दा एक हजार किलोमिटरको दूरीमा रहेको अमेरिकी शिविर पोएर्तो रिकोमा १० थान एफ– ३५ युद्ध विमान लगिएको भन्दै भेनेजुएलामा हमला हुन सक्ने बताइएको छ ।

ट्रम्पले सार्वजनिक रुपमा भेनेजुएलामा हमला गर्ने बताएका छैनन् तर उनका विदेशमन्त्री मार्को रुबिओले अमेरिकाले लागुऔषध कार्टेल भएका जुनसुकै क्षेत्रमा हमला गर्न सक्ने बताएको सीएनएनले उल्लेख गरेको छ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई लागुऔषधको नाइके भन्दै आएको छ ।

मदुरोको पक्राउमा सहयोग गर्नेलाई अमेरिकाले पाँच करोड डलर इनाम दिने ट्रम्पका महान्यायधीवक्ता पाम बोन्डीले गत महिना बताएका थिए । खासगरी ल्याटिन अमेरिका क्षेत्रबाट अमेरिकामा लागुऔषध पुगेको र त्यो निर्यातको नाइके भेनेजुएलाका राष्ट्रपति मदुरो भएको आरोप लाउँदै आएको छ ।

मदुरोले भने इराकमा मानवताविरुद्धका हतियार भएको भन्ने नाराजस्तै भेनेजुएलामा पनि त्यस्तै प्रोपोगाण्डा गरिएको शुक्रबार बताएका छन् । अमेरिकाले आक्रमण गर्ने हल्ला चलेसँगै मदुरोले ४५ लाख मिलिसिया खटाएका छन्। ८० लाख भेनेजुएलालीहरू अमेरिकाले आक्रमण गरेमा लड्न तयार भएको मदुरोले उल्लेख गरेका छन् ।

अहिले भेनेजुएलामा मदुरोका पक्षधरहरूले राष्ट्रिय झण्डा फहराएर विभिन्न गस्ती तथा परेड गरिरहेका छन् । जुलुसहरू पनि उत्तिकै निस्किएका छन् । भेनेजुएलामा भएका पछिल्ला चुनावको अमेरिकाले मान्यता दिएको छैन । ट्रम्पले पनि सन २०२४ को चुनावालाई ‘अनौठो’ भनेका छन् ।

Advertisement

खासगरी अमेरिकामा आउने लागुऔषधको सञ्जाल भत्काउने भन्दै सैन्य शक्ति परिचालन गरिएको हो । लागुऔषधका नाइके भनेर मदुरोलाई तोकिएपछि भेनेजुएलामा आक्रमण गरेर सत्ता ढाल्ने अभियानको रुपमा धेरैले अर्थ लगाएका छन् । तेलमा धनी भेनेजुएलाको प्राकृतिक स्रोतमा अमेरिकी कम्पनीहरूको व्यापारिक स्वार्थ भएको बताइन्छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top