×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ 

२३ भाद्र २०८२
२३ भदौ , काठमाण्डौ ।
सामाजिक संजालप्रतिबन्धलगायत सरकारका केही निर्णयहरु र भ्रष्टाचारको विरोधमा नेपालमा पहिलोपटक सडकमा ‘जेन–जी’ पुस्ता उत्रिएको छन्। आज विहानै देखि काठमाडौंको माइतीघर सहितका देशका विभिन्न शहरहरुमा यो पुस्ताले प्रदर्शन जारी राखेको छ।
माइतीघरमा हजारौंको संख्यामा प्रदर्शनकारीहरु स्कुल ड्रेस र किताब सहित जम्मा भएका छन् । प्रदर्शन स्थलमा भीड बढ्ने क्रमजारी छ भने युवाहरुको प्रर्दशन नयाँबानेश्वर तर्फ अघि बढेको छ  ।
सडक ढाकेरै प्रर्दशन भएका कारण यातायात आवतजावत अवरुद्ध भएको छ । नेपालमा बढ्दै गएको भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायन लगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन् ।
नेपालमा बढ्दै गएको भ्रष्टाचार र नेताका परिवारका सदस्यको रवाफिलो शैलीको विरोध गर्दै जेनजी पुस्ता सडकमा उत्रिएको हो ।यस पटकको आक्रोश ‘डिजिटल नेटिभ्स’ मा देखिएको छ ।
काठमाडौंमा बृहत् प्रदर्शनमा रहेका जेनजी पुस्ता अहिले सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरु सडकमै नाचगान गरेर शान्तिपूर्ण विरोधमा रहेका छन् ।
माइतीघरमा उनीहरूले ’गाउँ–गाउँबाट उठ बस्ति–बस्तिबाट उठ’, ’जाग लम्क चम्क है नौ जवान हो’, ’यो नेपालीशीर उचाली’ जस्ता देशप्रेमले ओतप्रोत भएका गीतहरू बजाएर सँग सँगै गाएका थिए।
सँगै ’वीआर द मुभमेन्ट, वी फर दिमुभमेन्ट’ जस्ता नाराहरू लगाएका छन्। ’हामी कर तिर्ने तर त्यो कर जनताका लागि प्रयोग भएन। राजनीतिज्ञहरू सबै जनाहामीले तिरेको पैसाले विदेश घुमिरहेका छन्।
पहिले राम्रो जीवनशैली नभएकाहरू पनि नेता बनेपछि भव्य जीवनशैली देखियो। तर हामी जनता जस्ताको तस्तै रहे,’ उनीहरुले भनिरहेका छन् ।
यसबीचहिजो सामाजिक संजालबाट समर्थन जनाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आज जेनजीको प्रदर्शनस्थलमा घुम्ती शौचालय राखिदिएका छन ।
सामाजिक सञ्जालबन्द गराउने सरकारको निर्णय र भ्रष्टाचार विरुद्ध माइतीघर मण्डलामा भेलाभएर प्रदर्शन गरिरहेका हरुको सुविधाका लागि महानगरपालिकाले निःशुल्क प्रयोग गर्न मिल्ने घुम्ती शौचालय राखिदिएको हो ।
यताराष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका जेनजीहरूले राष्ट्रभक्ति गीत गाएका छन् ।  उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका छन् ।
कतिपय स्कुल–कलेजको ड्रेसमा देखिएका छन् ।‘ असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्रआवाजहाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् ।
जेन–जीबिच सुरुमा एकले अर्कोलाई आह्वानगर्दै सामाजिक सञ्जाल तथा विभिन्न प्लाटफर्म मार्फत सुरु भएको यो अभियानमाअहिले हजारौँ युवाले ऐक्यबद्धता जनाएका छन् ।
नेक्स जेन नेपाल लगायत विभिन्न ग्रुपबाट यो अभियानका लागि युवाहरू गोलबद्ध भइरहेका छन् । कैयौँ अभिभावकले नै आफ्ना छोराछोरीलाई उक्तअभियानमा सहभागी हुन सार्वजनिक रूपमै सन्देश जारी गरेका छन् ।
जेन–जीयुवा सत्तामा हुनेहरूको रवैयाबाट हैरान छन् । राज्यको तालाचाबी बोकेकाहरूले भ्रष्टाचार गरेका र सुशासनको धज्जी उडाएका त थिए नै, हुँदाहुँदै नागरिकको मुखसमेत थुन्नथालेपछि उनीहरूआक्रोशित बनेका हुन् ।
अहिले सामाजिक सञ्जालबन्द छ, यसमाहाम्रो बढी आपत्तिहो । भ्रष्टाचार र माथिल्लो पदमा राजनीतिकनियुक्तिहुनुहुँदैनभन्ने मुद्दा पनिहामीले उठाएका छौँ ,’प्रदर्शनमाआएकाहरु भन्छन्, ‘समूह–समूहमिलेर युवाहरू एकै ठाउँमा जुटेका हौं ।’
उनीहरुले  भ्रष्टाचार, दण्डहीनता, ढिलासुस्ती, हैरानीविरुद्ध सडकमा आएको बताएका छन् । पछिल्लो समय केहीयुवाले नेपालमै बसेर सामाजिक सञ्जालबाटै कमाउने गरेकोमा त्यसलाई बन्द गरेर उनीहरूको रोजीरोटी खोसिएको पनि उनी हरुको गुनासो छ ।
आज २० हजारभन्दा धेरै जेन–जी सडकमा उत्रिने अनुमान प्रदर्शनकारी हरुको छ । पुरानो पुस्ताका कतिपयले जेन–जीलाई सामाजिक सञ्जालमा मात्रै कराउने, देशप्रति चिन्तान भएको, कृत्रिमतामा रमाइरहेको भनेर हेप्ने गरेका छन् ।
तर यो पुस्तादेशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक, आविष्कार लगायत क्षेत्रका सवालमाकति संवेदनशील छ भन्ने एउटा सन्देश हुन सक्छ सोमबारको प्रदर्शन ।
किनभने जेन–जी पहिलोपटक संगठित भएर सडकमा उत्रिएको छ  । यस्तै जेन–जीले ‘नेपो बेबीअभियान ’पनि चलाउँदै आएका छन् । यो अभियान मार्फत राजनीतिक परिवारवाद, करको दुरुपयोग र नेताको सन्तानको विलासी जीवनशैली माथि प्रश्न उठाइएको छ ।
उता सामाजिक सञ्जालबन्दगर्ने केपी ओली सरकारको कदमविरुद्ध नै जेन–जीले प्रदर्शन गर्न लागेकाले एमाले यसप्रति असन्तुष्ट छ । एमालेका केही नेताले त जेन–जी माथि आपत्तिजनक  अभिव्यक्ति नै दिएका छन् ।
प्रमुख सत्तारूढ कांग्रेसको संस्थापनपक्षयसबारे मौन छ । अन्य ठुला दल र नेता तथा कलाकार हरूले भने जेन–जीको प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन् ।
Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top