×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रहरीको गोली लागेर एक जनाको मृत्यु, देशभर आक्रोश

२३ भाद्र २०८२
२३ भदौ , काठमाण्डौ ।
देशैभरि अहिले तातो माहोल छ । सामाजिक सञ्जाल माथि सरकारको प्रतिबन्धर देशमा व्याप्त भ्रष्टाचार विरुद्ध सडकमा उत्रिएका जेन–जी पुस्ताको प्रर्दशनमा प्रहरीले ब्यापक दमन गरेको  छ।
योआन्दोलनले दुःखदमोड लिएको छ । प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको ज्यान गएको छ। उनको परिचय खुल्नबाँकी नै छ,नयाँबानेश्वर स्थित सिभिल अस्पतालमा उपचारका क्रममाउनको मृत्यु भएको हो।
अहिले ७०–८० जना घाइतेको सिभिल र अन्य अस्पतालमा उपचार भइरहेको छ। सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् ।
उनको परिचय खुल्न बाँकी छ ।यसबारे विस्तृत विवरण आउन बाँकी छ । माइतीघर बाट सुरु भएको प्रदर्शन बानेश्वर पुग्दा अनियन्त्रित भएको थियो । युवाहरूले संसद भवनको पर्खाल नाघेर भित्र पसे, गेट नम्बर २ को पर्खाल नै भत्काइदिए ।
लगभग सयजना प्रदर्शनकारी संसद भवन परिसर भित्र छिरेका थिए। त्यहाँ प्रहरी र प्रदर्शनकारी बीच ’मुठभेड’ भयो। प्रहरीले निकै प्रयासपछि उनीहरू लाई बाहिर निकाल्न सफलभयो, तर उनीहरू संसद भवन भित्रभने छिर्न पाएनन्।
स्थिति यति तनावग्रस्त बन्यो कि काठमाडौँ प्रशासनले दिउँसो १२ः ३० बजेदेखि राति १० बजे सम्म कफ्र्यू आदेश जारी गर्यो। सुरुमा बानेश्वर–तीनकुने क्षेत्रमामात्रै कफ्र्यू लगाइएको मा पछि त्यसलाई विस्तार गरेर शीतल निवास, लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्र सम्म पुर्याइएको छ।
कफ्र्यूको बाबजुद पनि आन्दोलनकारीले प्रदर्शन गरिरहेपछि नेपाली सेना परिचालन गरिएको छ। आन्दोलनकारीको अवरोधका कारण सेनालाई अघि बढ्न पनिगाह्रो भइरहेको छ! प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले रबर बुलेट पनि चलाएको छ, जसमा तीनजना घाइते भएका छन्।
संसद भवनको गेट नम्बर १ र २ मा आन्दोलनकारीले आगजनी पनि गरेका थिए, जुनप्रहरीले तत्काल निभाएको छ। सुरक्षाकर्मी पनि घाइते भएका छन् ।
संसद भवन परिसरबाट प्रदर्शनकारी लाई लखेट्ने क्रममा सशस्त्रप्रहरी हवल्दार कुमार लामा र जवानमिलन गुरुङ घाइते भएका छन्। उनीहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ।
यो आक्रोश काठमाडौँमामात्र सीमित छैन। झापाको दमकमापनि’जेन–जी’ले प्रदर्शन गरेका छन्, जहाँप्रहरीको गोलीलागेर कमलगाउँपालिका वडा नम्बर ५ का प्रकाश भट्टराई घाइते भएका छन्।
दमकमा त धेरै बाइकमा आगजनी पनि भएको छ! इटहरीमा पनि गोली चलेको खबर छ। जनकपुरधाम र वीरगञ्जमायुवाहरूले नगर परिक्रमागर्दै कोणसभा गरेका छन्।
उनीहरूले “जेन–जी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ“, “अबको पालो युवाको“, “युवाहरू अनलाइन, नेताहरू अफलाइन“ जस्ता नारा लगाएका छन्।
वीरगञ्जमा सहभागी सरण गुप्ताले यो कुनै व्यक्तिविरुद्ध नभई भ्रष्टाचार र बेथिति विरुद्धको आन्दोलन भएको बताएका छन्। रोमीअन्सारीले यो आन्दोलन सडकमा मात्र सीमित नरहने र युवाले देश बनाउने जिम्मेवारी आफ्नो काँधमालिएको सन्देश दिएका छन्।
यस आन्दोलनका कारण राष्ट्रियसभाको बैठक पनिभदौ २५ गतेसम्मकालागि स्थगितगरिएको छ। संघीय संसद् सचिवालयले ’विशेष कारणबस’ भन्दै बैठक स्थगित गरेको सूचनाजारी गरेको छ।अहिले नयाँबानेश्वर क्षेत्रको स्थिति अत्यन्तै तनावपूर्ण छ।
माइतीघरमा’हामीनेपाल’ संस्थाले घाइतेहरूको प्राथमिकउपचार गरिरहेको छ। यो ’जेन–जी’को आन्दोलनमादुखद् घटना भएको छ ।  यसले नेपालको राजनीतिमा कस्तो मोड ल्याउँछ, त्यो हेर्न बाँकी नै छ।
तर, एउटा कुरा निश्चितछ ।नेपालको युवापुस्ता अब चुपलागेर बस्नेवाला छैनन् ।
Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top