×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

भोलि बिहानसम्मको लागि देशभर निषेधाज्ञा र कफ्र्यु

२५ भाद्र २०८२
२५ भदौ , काठमाण्डौ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज बिहान सूचना जारी गर्दै शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले  निषेधाज्ञा तथा कफ्र्युको अवधि थप गरिएको जनाएको हो।
बुधबार बेलुका पाँच बजेसम्म देशभर निषेधाज्ञा जारी रहने र साँझ पाँचबजेपछि भोलि बिहान ६ बजेसम्म कफ्र्र्यु आदेश जारी रहने सेनाले जारी गरेको सूचनामा उल्लेख छ।
यस्तै देशलाई निकास दिन नयाँ सरकार गठनका लागि पनि सेनाले वार्ताका लागि आह्वान गरेको छ । यसबीच नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र जेन–जी प्रतिनिधिहरूबीच छलफल भएको छ ।
मध्यराति भएको छलफलमा जेन–जीको तर्फबाट करिब २० जना प्रतिनिधि सामेल रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनीहरूबीच राष्ट्रपति रामचन्द्र पौडेलको सहभागितामा वार्ता गर्ने गरी छलफल भएको थियो ।
वार्तामा बस्नका लागि नेपाली सेनाले जेनजी समूहसँग प्रतिनिधिको नाम बिहान ८ बजेभित्र पठाउन आग्रह गरेको थियो । सेनाको यो सन्देश प्राप्त गरेपछि जेनजीका विभिन्न समूहभित्र अहिले छलफल भइरहेको छ ।
उनीहरुले राजनीतिका अलावा अर्थतन्त्रका पनि जानकार व्यक्ति पठाउने विषयमा छलफल गरिरहेका छन्। हामी नेपाल समूहमा केहीबेरअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत छलफलमा थिए।
गत चुनावमा डडेल्धुरामा चुनाव लडेर चर्चामा आएका युवा सागर ढकालको नाम पनि छलफलमा छ। उनी हाल धनगढीमा छन्। उक्त समूहले रास्वपा सांसद सुमना श्रेष्ठसँग पनि कुराकानी गरेको थियो।
तर श्रेष्ठले आफू पार्टी विशेषमा आबद्ध भएकाले जेनजीका तर्फबाट वार्तामा बस्न असमर्थ रहेको जनाएकी छन्।यस्तै आन्दोलनमा सक्रिय भएका जेनजीका अन्य समूहभित्र पनि प्रतिनिधि पठाउने विषयमा कुराकानी भइरहेको छ।
वार्तामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह जेनजीका तर्फबाट प्रस्तुत हुन्छन् या बेग्लै सहभागिता जनाउँछन् भन्ने यकिन भइसकेको छैन।
हिजो मंगलबार मात्र राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गर्दै वार्तामा आउन आह्वान गरेका थिए।  त्यस्तै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भिडिओ सन्देश जारी गरी आन्दोलन रोकेर वार्तामा आउन आग्रह गरेका थिए।
नेपाली सेनाको सहजीकरणमा वार्ता गर्ने र निकासको खोजी गर्ने तयारी भइरहेको छ। बालेन शाहले संसद विघटन गरेपछि सेना प्रमुखसँग वार्ता हुनुपर्ने र जेनजी प्रतिनिधिसहितको नागरिक सरकार बन्नुपर्ने सामाजिक सञ्जालमा लेखेका थिए।
त्यसैले वार्ताको ढाँचा र निकासको मार्गचित्र अहिलेसम्म स्पष्ट भइसकेको छैन। यता नेपाली सेनाले हिजो राति १० बजेदेखि सुरक्षा आफूले जिम्मा लिएको जनाएको छ ।
जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले कारबाही सुरु गरेको हो । काठमाडौँका विभिन्न स्थानबाट अराजक गतिविधि गरेका केही युवाहरूलाई पक्राउ गरेको छ भने देशैभरि भीड नगर्न, सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड नगर्न पनि आग्रह गरिरहेको छ ।
आज बिहानैदेखि सडकमा सेनाले जनताको जीउ धन र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि सबैलाई माइकिङ गर्दै आग्रह गरिरहेको हो । कसैले क्षति पु¥याइरहेको थाह पाए सेनालाई सूचना दिन पनि आग्रह नेपाली सेनाले गरिरहेको छ ।
जेनजीले पनि आन्दोलनका क्रममा केही तत्त्वहरूले लुटपाट गर्ने र सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रयास गरिरहेको भन्दै लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारेको पारिसकेको छ ।
सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुननदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ ।
सूचना निर्देशनालयले आज जारी गरेको सूचनामा  सुरक्षा संयन्त्र पुग्नुअगावै स्थानीय समुदायले एकजुट भई स्थितिको  खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ ।
देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरुमा उछृङ्खल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरु आफ्नो समुदायमा देखिएमा यथाशीघ्र नेपाली सेनाको ९८६३०२९०२९ नम्बरमा सन्देश पठाउन सेनाले अनुरोध गरेको हो ।
प्रदर्शनकारीहरुको तोडफोड र आगजनीबाट काठमाडौंका प्रमुख सरकारी निकायहरु ध्वस्त भएपछि मंगलबार रातिदेखि सेना परिचालन भएको छ।
सैनिक टोलीले काठमाडौंका प्रमुख र सहायक सडकमा गस्ती गर्नुका साथै सर्वसाधारणहरुको आवतजावतमा निगरानी गर्न थालेका छन्। हिँड्डुल गर्नेहरुलाई उनीहरुले सोधपुछ र केरकारपछि मात्रै हिँड्न दिएका छन् ।
पुतली सडकको पद्मोदय चोकदेखि सिंहदरबार गेट रणमैदान जस्तो देखिउको छ । नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा मंगलबार दिउँसो लगाइएको आगो आज बुधबार बिहानसम्म पनि बलिरहेको छ ।
सिंहदरबार भित्र प्रवेश गर्न नेपाली सेनाले रोक लगाएको छ । अहिले नेपाली सेनाले सिंहदरबार भित्र आफ्ना जवानलाई कवाज खेलाइरहेको देखिन्छ ।
गएराति काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुटपाटका घटना भएका छन् । लुटपाटमा संलग्न २१ जना पक्राउ परेका छन् । काठमाडौं तथा भक्तपुरका विभिन्न इलाकाहरु (राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाका) बाट लुटपामा संलग्न २१ जना पक्राउ परेका हुन् ।
उनीहरुलाई नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको हो । काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन–जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् ।
सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ । आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ ।
प्रदर्शनकारीले आगो लगाएको संसद भवनमा सेनाले सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ । अन्य सरकारी एवं संवैधानिक निकायहरूमा पनि सेना लगायत सुरक्षाकर्मीहरू परिचालित हुन थालेका छन् ।
धरानका उप–महानगरपालिका मेयर हर्क साम्पाङले काठमाडौंलाई नयाँ नेतृत्व चुन्न हतार नगर्न चेतावनी दिएका छन् । काठमाडौंमा राजनीतिक निकासका लागि जेनजी आन्दोलनका प्रतिनिधिसँग वार्तामो कुरा चलिरहेको बेला बुधबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै साम्पाङले उक्त चेतावनी दिएका हुन् ।
‘नेपाल काठमाण्डौँ मात्रै होइन, जेन–जी त्यहाँ मात्रै छैनन्, नयाँ नेतृत्व चुन्दा हतार नगर्नू,’ उनले लेखेका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बुधबार हुने औपचारिक वार्ताको तयारी स्वरुप प्रधानसेनापति अशोक सिग्देलले मध्यराति केही जेनजी प्रतिनिधिलाई जंगीअड्डा बोलाएका थिए ।
पशुपतिनाथ मन्दिर क्षेत्रमा अराजक समूह पुगेर ढोकामा तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनाको टोली खटिएको छ।
सैनिक प्रवक्ता राजाराम बस्नेतले नेपाली सेनाको टोली त्यहाँ पुगिसकेको अनलाइनखबरसँग पुष्टि गरे। जेनजी प्रदर्शनकारीका अगुवाहरुले चाहिँ साँझ प्रदर्शनमा घुसपैठ भएको बताएका छन्।
ललितपुरको जावलाखेलमा प्रहरी र प्रदर्शनकारीबीच गएराति झडप भएको छ।  मंगलबार राति जावलाखेलस्थित प्रहरी कार्यालयमा प्रदर्शनकारीहरू छिर्न खोजेपछि प्रहरीले रोक्ने प्रयतन्न गरेको थियो।
त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।  झडपका क्रममा प्रहरीले अश्रुग्यास र गोली प्रहार गरेको थियो।
झडपमा घाइते भएकामध्ये २० जनालाई अलका अस्पताल पु¥याइएको थियो।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले धैर्य गर्दै संयमित बन्न आह्वान गर्दै ‘हामी फेरि उठ्नेछौं’ भनेर सामाजिक सन्जालमा लेखेका छन्।
कवि नेत्रलाल अभागीको चर्चित कविता फेसबुकमा पोस्ट गर्दै यसो भनेका हुन्। ‘धैर्य गरौं, संयमित बनौं, हामी फेरि उठ्ने छौं,’ उनले लेखेका छन्। सोमबार सुरू भएको जेनजी आन्दोलनपछि मंगलबार उग्र बनेको थियो।
आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले विभिन्न प्रशासनिक भवन आगजनी गरेका छन्। सिंहदरबार र सर्वोच्च अदालतको आगजनी बुधबार बिहानसम्म नियन्त्रणमा आएको छैन।  शीर्ष नेताहरूको निजी घर र मन्त्रीका क्वार्टर समेतमा आगजनी भएको थियो।
राष्ट्रपति भवनमा आन्दोलनकारीले लगाएको आगो नियन्त्रणमा आएको छ । मङ्गलवार दिउँसो आन्दोलनकारीले आगो नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा आए पनि अझै धुवाँ आइरहेको छ ।
भवनभित्र रहेको संरचना सबै जलेर नष्ट भएपछि आगो निभेको हो । आन्दोलनकारीले शीतल निवासमा आगजनी गरेका थिए । अहिले भवनका सेनाले सुरक्षा दिइरहेको छ भने त्यहाँ वरपर सवारीसाधनलाई सोधपुछ गरेर मात्र प्रवेश दिइरहेका छन
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो ।
आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ ।
देशको विषय परिस्थितिले गर्दा हुन नसकेको उडानका कारण आन्तरिकतर्फ विभिन्न गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन नसकेको कम्पनीले जनाएको छ । टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ ।
Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top