NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

भोलि बिहानसम्मको लागि देशभर निषेधाज्ञा र कफ्र्यु

बुधबार भदौ २५ , २०८२
Reading Time: 2 mins read
A A
भोलि बिहानसम्मको लागि देशभर निषेधाज्ञा र कफ्र्यु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२५ भदौ , काठमाण्डौ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज बिहान सूचना जारी गर्दै शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले  निषेधाज्ञा तथा कफ्र्युको अवधि थप गरिएको जनाएको हो।
बुधबार बेलुका पाँच बजेसम्म देशभर निषेधाज्ञा जारी रहने र साँझ पाँचबजेपछि भोलि बिहान ६ बजेसम्म कफ्र्र्यु आदेश जारी रहने सेनाले जारी गरेको सूचनामा उल्लेख छ।
यस्तै देशलाई निकास दिन नयाँ सरकार गठनका लागि पनि सेनाले वार्ताका लागि आह्वान गरेको छ । यसबीच नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र जेन–जी प्रतिनिधिहरूबीच छलफल भएको छ ।
मध्यराति भएको छलफलमा जेन–जीको तर्फबाट करिब २० जना प्रतिनिधि सामेल रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनीहरूबीच राष्ट्रपति रामचन्द्र पौडेलको सहभागितामा वार्ता गर्ने गरी छलफल भएको थियो ।
वार्तामा बस्नका लागि नेपाली सेनाले जेनजी समूहसँग प्रतिनिधिको नाम बिहान ८ बजेभित्र पठाउन आग्रह गरेको थियो । सेनाको यो सन्देश प्राप्त गरेपछि जेनजीका विभिन्न समूहभित्र अहिले छलफल भइरहेको छ ।
उनीहरुले राजनीतिका अलावा अर्थतन्त्रका पनि जानकार व्यक्ति पठाउने विषयमा छलफल गरिरहेका छन्। हामी नेपाल समूहमा केहीबेरअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत छलफलमा थिए।
गत चुनावमा डडेल्धुरामा चुनाव लडेर चर्चामा आएका युवा सागर ढकालको नाम पनि छलफलमा छ। उनी हाल धनगढीमा छन्। उक्त समूहले रास्वपा सांसद सुमना श्रेष्ठसँग पनि कुराकानी गरेको थियो।
तर श्रेष्ठले आफू पार्टी विशेषमा आबद्ध भएकाले जेनजीका तर्फबाट वार्तामा बस्न असमर्थ रहेको जनाएकी छन्।यस्तै आन्दोलनमा सक्रिय भएका जेनजीका अन्य समूहभित्र पनि प्रतिनिधि पठाउने विषयमा कुराकानी भइरहेको छ।
वार्तामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह जेनजीका तर्फबाट प्रस्तुत हुन्छन् या बेग्लै सहभागिता जनाउँछन् भन्ने यकिन भइसकेको छैन।
हिजो मंगलबार मात्र राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गर्दै वार्तामा आउन आह्वान गरेका थिए।  त्यस्तै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भिडिओ सन्देश जारी गरी आन्दोलन रोकेर वार्तामा आउन आग्रह गरेका थिए।
नेपाली सेनाको सहजीकरणमा वार्ता गर्ने र निकासको खोजी गर्ने तयारी भइरहेको छ। बालेन शाहले संसद विघटन गरेपछि सेना प्रमुखसँग वार्ता हुनुपर्ने र जेनजी प्रतिनिधिसहितको नागरिक सरकार बन्नुपर्ने सामाजिक सञ्जालमा लेखेका थिए।
त्यसैले वार्ताको ढाँचा र निकासको मार्गचित्र अहिलेसम्म स्पष्ट भइसकेको छैन। यता नेपाली सेनाले हिजो राति १० बजेदेखि सुरक्षा आफूले जिम्मा लिएको जनाएको छ ।
जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले कारबाही सुरु गरेको हो । काठमाडौँका विभिन्न स्थानबाट अराजक गतिविधि गरेका केही युवाहरूलाई पक्राउ गरेको छ भने देशैभरि भीड नगर्न, सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड नगर्न पनि आग्रह गरिरहेको छ ।
आज बिहानैदेखि सडकमा सेनाले जनताको जीउ धन र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि सबैलाई माइकिङ गर्दै आग्रह गरिरहेको हो । कसैले क्षति पु¥याइरहेको थाह पाए सेनालाई सूचना दिन पनि आग्रह नेपाली सेनाले गरिरहेको छ ।
जेनजीले पनि आन्दोलनका क्रममा केही तत्त्वहरूले लुटपाट गर्ने र सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रयास गरिरहेको भन्दै लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारेको पारिसकेको छ ।
सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुननदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ ।
सूचना निर्देशनालयले आज जारी गरेको सूचनामा  सुरक्षा संयन्त्र पुग्नुअगावै स्थानीय समुदायले एकजुट भई स्थितिको  खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ ।
देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरुमा उछृङ्खल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरु आफ्नो समुदायमा देखिएमा यथाशीघ्र नेपाली सेनाको ९८६३०२९०२९ नम्बरमा सन्देश पठाउन सेनाले अनुरोध गरेको हो ।
प्रदर्शनकारीहरुको तोडफोड र आगजनीबाट काठमाडौंका प्रमुख सरकारी निकायहरु ध्वस्त भएपछि मंगलबार रातिदेखि सेना परिचालन भएको छ।
सैनिक टोलीले काठमाडौंका प्रमुख र सहायक सडकमा गस्ती गर्नुका साथै सर्वसाधारणहरुको आवतजावतमा निगरानी गर्न थालेका छन्। हिँड्डुल गर्नेहरुलाई उनीहरुले सोधपुछ र केरकारपछि मात्रै हिँड्न दिएका छन् ।
पुतली सडकको पद्मोदय चोकदेखि सिंहदरबार गेट रणमैदान जस्तो देखिउको छ । नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा मंगलबार दिउँसो लगाइएको आगो आज बुधबार बिहानसम्म पनि बलिरहेको छ ।
सिंहदरबार भित्र प्रवेश गर्न नेपाली सेनाले रोक लगाएको छ । अहिले नेपाली सेनाले सिंहदरबार भित्र आफ्ना जवानलाई कवाज खेलाइरहेको देखिन्छ ।
गएराति काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुटपाटका घटना भएका छन् । लुटपाटमा संलग्न २१ जना पक्राउ परेका छन् । काठमाडौं तथा भक्तपुरका विभिन्न इलाकाहरु (राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाका) बाट लुटपामा संलग्न २१ जना पक्राउ परेका हुन् ।
उनीहरुलाई नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको हो । काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन–जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् ।
सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ । आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ ।
प्रदर्शनकारीले आगो लगाएको संसद भवनमा सेनाले सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ । अन्य सरकारी एवं संवैधानिक निकायहरूमा पनि सेना लगायत सुरक्षाकर्मीहरू परिचालित हुन थालेका छन् ।
धरानका उप–महानगरपालिका मेयर हर्क साम्पाङले काठमाडौंलाई नयाँ नेतृत्व चुन्न हतार नगर्न चेतावनी दिएका छन् । काठमाडौंमा राजनीतिक निकासका लागि जेनजी आन्दोलनका प्रतिनिधिसँग वार्तामो कुरा चलिरहेको बेला बुधबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै साम्पाङले उक्त चेतावनी दिएका हुन् ।
‘नेपाल काठमाण्डौँ मात्रै होइन, जेन–जी त्यहाँ मात्रै छैनन्, नयाँ नेतृत्व चुन्दा हतार नगर्नू,’ उनले लेखेका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बुधबार हुने औपचारिक वार्ताको तयारी स्वरुप प्रधानसेनापति अशोक सिग्देलले मध्यराति केही जेनजी प्रतिनिधिलाई जंगीअड्डा बोलाएका थिए ।
पशुपतिनाथ मन्दिर क्षेत्रमा अराजक समूह पुगेर ढोकामा तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनाको टोली खटिएको छ।
सैनिक प्रवक्ता राजाराम बस्नेतले नेपाली सेनाको टोली त्यहाँ पुगिसकेको अनलाइनखबरसँग पुष्टि गरे। जेनजी प्रदर्शनकारीका अगुवाहरुले चाहिँ साँझ प्रदर्शनमा घुसपैठ भएको बताएका छन्।
ललितपुरको जावलाखेलमा प्रहरी र प्रदर्शनकारीबीच गएराति झडप भएको छ।  मंगलबार राति जावलाखेलस्थित प्रहरी कार्यालयमा प्रदर्शनकारीहरू छिर्न खोजेपछि प्रहरीले रोक्ने प्रयतन्न गरेको थियो।
त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।  झडपका क्रममा प्रहरीले अश्रुग्यास र गोली प्रहार गरेको थियो।
झडपमा घाइते भएकामध्ये २० जनालाई अलका अस्पताल पु¥याइएको थियो।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले धैर्य गर्दै संयमित बन्न आह्वान गर्दै ‘हामी फेरि उठ्नेछौं’ भनेर सामाजिक सन्जालमा लेखेका छन्।
कवि नेत्रलाल अभागीको चर्चित कविता फेसबुकमा पोस्ट गर्दै यसो भनेका हुन्। ‘धैर्य गरौं, संयमित बनौं, हामी फेरि उठ्ने छौं,’ उनले लेखेका छन्। सोमबार सुरू भएको जेनजी आन्दोलनपछि मंगलबार उग्र बनेको थियो।
आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले विभिन्न प्रशासनिक भवन आगजनी गरेका छन्। सिंहदरबार र सर्वोच्च अदालतको आगजनी बुधबार बिहानसम्म नियन्त्रणमा आएको छैन।  शीर्ष नेताहरूको निजी घर र मन्त्रीका क्वार्टर समेतमा आगजनी भएको थियो।
राष्ट्रपति भवनमा आन्दोलनकारीले लगाएको आगो नियन्त्रणमा आएको छ । मङ्गलवार दिउँसो आन्दोलनकारीले आगो नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा आए पनि अझै धुवाँ आइरहेको छ ।
भवनभित्र रहेको संरचना सबै जलेर नष्ट भएपछि आगो निभेको हो । आन्दोलनकारीले शीतल निवासमा आगजनी गरेका थिए । अहिले भवनका सेनाले सुरक्षा दिइरहेको छ भने त्यहाँ वरपर सवारीसाधनलाई सोधपुछ गरेर मात्र प्रवेश दिइरहेका छन
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो ।
आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ ।
देशको विषय परिस्थितिले गर्दा हुन नसकेको उडानका कारण आन्तरिकतर्फ विभिन्न गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन नसकेको कम्पनीले जनाएको छ । टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ ।
LS Auto
Tags: #आज सेनासंग जेनजीको वार्ता

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.