×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

२५ भाद्र २०८२
२५ भदौ , काठमाण्डौ ।
काठमाडौं उपत्यका लगायत देशभरका मुख्य शहरहरूमा शान्ति सुरक्षा कायम गर्न र अराजक गतिविधि नियन्त्रण गर्न नेपाली सेना परिचालन गरिएको छ।
मंगलबारको जेन्जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी पछि सुरक्षा निकायहरू उच्च सतर्कतामा छन्। सेनाले माइकिङ गर्दै अनावश्यक रूपमा घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिरहेको छ भने आकस्मिक सेवामा संलग्न व्यक्तिलाई परिचयपत्र काआधारमा आवतजावतको अनुमति दिएको छ।
सिंहदरबार स्थित संसद भवन, सर्वोच्च अदालत, जिल्लाअदालत काठमाडौं, सरकारी वकिलको कार्यालय, वैद्य खाना, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतका सरकारी तथा संवैधानिक निकायहरूमा भएको आगजनी र तोडफोडबाट ठूलो क्षतिपुगेको छ।
सडकमा जताततै सवारी साधनहरू जलेको र ढुंगा, इँट्टा, सिसाका टुक्राहरू छरिएका देखिन्छन्।आजबिहान पुरानो बानेश्वर, नयाँबानेश्वर, पुतलीसडक र सिंहदरबार आसपासका सडकमा सामान्य आवतजावत देखिएपनि किराना, तरकारी पसल र डेरीहरू भने सञ्चालनमा आएका छन्।
सडक सरसफाइपनि सुरु भएको छ। नेपाली सेनाले देशभर आज साँझ ५ बजे सम्म निषेधाज्ञा र भोलि बिहान ६ बजे सम्मकफ्र्यू आदेश जारी गरेको छ। सेनाले अपराध जन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरेको छ।
काठमाडौँ उपत्यका सहित देशभर नेपाली सेना सहितका सुरक्षा फौज देशमाशान्ति सुरक्षा कायम गर्न परिचालन भएका छन् ।  सेनाको गस्ती टोलीद्वारा टोल–टोलमा खोलिएका पसलहरू पनिबन्दगर्न आग्रह गरिरहेका छन् ।
नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । ऐतिहासिक, सामाजिक, सांस्कृतिक, धार्मिक स्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल  सुरक्षाफौज लाई खबर सेनाले पुनःआग्रह गरेको छ ।
हाल यहाँका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।  यद्यपि मानिस र सवारी साधनको उपस्थिति न्यून छ। प्रदर्शनकारीले सार्वजनिक र निजी सम्पत्तिमा झोसेको आगो निभाउने प्रयासमा सुरक्षाकर्मी छन् ।
उता संयुक्त राष्ट्रसंघमा महासचिव एन्टोनियो गुटेरेसले नेपालको अवस्थालाई नजिकबाट नियालिरहेको भन्दै हिंसालाई रोक्न संयमता अपनाउन, गहन अनुसन्धान गर्न र रचनात्मक संवादगर्न आग्रह गरेका छन्।
उनले मानवअधिकार कानुनको पालना गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पनि आह्वान गरेका छन्।’नेपालको अवस्थालाई मैले नजिकबाट नियालिरहेको छु। हिंसालाई थप बढ्नबाट रोक्नकालागिगहन अनुसन्धान, संयम र रचनात्मक बाटो तय गरेर संवादगर्न आग्रहगर्दछु,’ उनले भनेका छन्।
उनले मानवअधिकार कानुनको पालना गर्न पनि आह्वान गरेका छन्। जीवनर सम्पत्तिको सम्मान गर्दै शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गर्न पनि उनले आग्रह गरेका छन्।
प्रधानसेनापति अशोक सिग्देलले जेन्जी समूहसँग वार्ता गर्ने तयारी गर्दै आन्तरिक छलफल गरिरहेका छन्। उनले मंगलबार भिडियो वक्तव्य जारी गर्दै आन्दोलन स्थगित गरी वार्तामा आउन आह्वान गरेका थिए।
सेनाले २७ जना अराजक गतिविधिमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ भने उनीहरूको साथबाट ३३ लाख ७० हजार रुपैयाँ र ३१ नाल हतियार समेत बरामद गरेको छ।
घाइते भएका २३ जना नेपाल प्रहरी र ३ जना गैरसैनिक व्यक्तिहरूको सैनिक अस्पतालहरूमा उपचार भइरहेको छ। ३ वटा वारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भइरहेको छ।
यस्तै सर्वोच्च अदालतमा भएको आगजनीका कारण सुनुवाइहरू निश्चित कालका लागि स्थगित गरिएको छ। यतामंगलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलआज साँझ ६ बजेसम्म नखुल्ने भएको छ ।
विमानस्थलका साथै काठमाडौं उपत्यकाको आकाशमा धुवाँको मुस्लो बढेपछि आज साँझ सम्म विमानस्थल बन्द रहने भएको हो। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको छ ।
तर, आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन् । यसअघि आज मध्याह्न १२ः०० बजेसम्मका लागि विमानस्थल बन्द गर्ने निर्णय भएको थियो ।
उडान ठप्प हुँदाहवाई यात्रु अलपत्र परेका छन् । वायुसेवा सञ्चालक सङ्घले जस्तो सुकै विषम परिस्थितिमा पनि आमजनतालाई सेवादिने प्रतिवद्धता जनाएको छ।
सङ्घका अध्यक्ष मनोज कार्कीले आज एक विज्ञप्ति जारी गर्दै सङ्घका सदस्य कम्पनीहरु सदैव आम जनसमुदायको सेवामा तत्पर रहने जानकारी गराएका हुन्।
सङ्घले यहीभदौ २३ गते जेनजी प्रदर्शनका क्रममा युवा माथि भएको दुःखद् घटना र त्यसबाट सृजित हिंसा प्रति गहिरो चिन्ता र दुःख व्यक्त गर्दै उक्त दुर्घटनामा दिवंगत भएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ।
साथै घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ। यसैबीच सङ्घले छुट्टै विज्ञप्ति निकालेर उडान सञ्चालनमा रहेका हेलिकप्टरबाट कुनै पनि राजनीतिज्ञ, मन्त्री लगायतलाई उडान सेवा नदिएको दाबी गरेको छ।
Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top